रौतहटमा डेढ अर्बमा फाइबर सिमेन्ट बोर्ड उद्योग तयार

सिमेन्ट फाइबर बोर्डको आयात प्रतिस्थापन गरि निर्यातसम्म गर्ने समूहको योजना छ

367B408218B985F-icon.png
129views
D14BB14240BCF85-fiber.jpg

काठमाडौं । आइएमई समूहले रौतहटमा सिमेन्ट फाइबर बोर्ड उद्योग स्थापना गरेको छ ।

बिजयपुर फतवामा स्थापित 'एभरेष्ट फाइबर बोर्ड' उद्योग वैशाखदेखि सञ्चालनमा आउने बताइएको छ। यही समुहले महोत्तरी गौशालामा पेपर उद्योग सञ्चालनमा ल्याएको छ ।

यो सँगै सेवा क्षेत्रमा केन्द्रित आइएमई समूह उत्पादनमुलक क्षेत्रमा प्रवेश गरेको छ ।

चार बिघा क्षेत्रफलमा फैलिएको फाइबर सिमेन्ट बोर्डको उत्पादन क्षमता दैनिक ७० हजार रहेको छ । अहिले उद्योगमा मेसिनरी जडान कार्य भइरहेको छ । छिट्टै परीक्षणको काम सकेर उत्पादनमा जाने समूहले जनाएको छ ।

यो देशकै पहिलो अत्याधुनिक सिमेन्ट फाइबर बोर्ड रहेको बताइएको छ । स्वदेशमै गणस्तरीय फाइबर बोर्ड उत्पादन गर्ने उद्देश्यसहित देशमै पहिलो अत्याधुनिक उद्योग सञ्चालनमा ल्याउन लागेको समूहका अध्यक्ष चन्द्र ढकालले बताए । 

तीन बिगाहामा उद्योग र एक बिगाहामा कच्चा पदार्थ रहने छ । अहिले ७० हजार बर्गफिट बोर्ड उत्पादन क्षमता रहेपनि बजार मागअनुसार क्षमता अभिवृद्धि गर्न सकिने बताइएको छ ।

अहिले बार्षिक दुई अर्बभन्दा बढीको सिमेन्ट फाईबर बोर्ड आयात हुने गरेको छ । सिमेन्ट फाइबर बोर्डको आयात प्रतिस्थापन गरि निर्यातसम्म गर्ने समूहको योजना छ ।

उद्योगमा सन् २०२२ को चिनियाँ लेटेस्ट प्रविधिको मेसिन जडान छ । 

उद्योगको उत्पादनमा करिव ५० प्रतिशत सिमेन्ट र अरु ५० प्रतिशत फाइबर लगायत अन्य कच्चा पदार्थ प्रयोग हुने बताइएको छ। ९५ प्रतिशतभन्दा बढी स्वदेशी कच्चा पदार्थ प्रयोग हुने दाबी छ ।

उद्योगबाट ४ देखि ३० मिलिमिटरसम्मका सिमेन्ट फाइबर बोर्ड उत्पादन हुनेछन् । सिमेन्टमा फाइबर मिसाएर बोर्ड तयार गरिन्छ ।

फाइबर सिमेन्ट प्रुफ र ननवाटर प्रुफ दूबैमा उपलब्ध हुने बताइएको छ ।


 

रौतहटमा डेढ अर्बमा फाइबर सिमेन्ट बोर्ड उद्योग तयार

बैंकबाट नयाँ कर्जा लिनेभन्दा पुरानो चुक्ता गर्ने धेरै, घरजग्गा रोक्काभन्दा फुकुवा बढी

युरोपमा भाडाको घरमा बस्नेहरु सबैभन्दा धेरै जर्मनीमा, कुन देशमा कति ?

रोयल थिम’सहित जी–रामायण होटल सञ्‍चालनमा

आज शेर्पा समुदायले ग्याल्पो ल्होसार पर्व मनाउँदै

थाहा पाइराख्नुहोस्, लामो र साँघुरो बैठक कोठा सजाउने ६ उपायहरु

बन्दीपुरमा १७ तलाको होटेल जेठदेखि सञ्चालन हुने, सवा ६ अर्ब लगानी

बालुवाटारमा खुल्यो तीन करोडमा मेलुङ थकाली

74200234344F072-biratnagar cover.jpg

साढे दुई अर्बका तीन ठूला पोपर्टी किनबेच

E637815ACAC79D5-263A0F732896932-orientalcolonykulehwor-750.jpg

माघमा फेरी घट्यो अपार्टमेन्ट खरिद बिक्री

6FEBB5BDD61B78B-A5EB41EEB6CBE9E-pokhara-1737719404.jpg

निरन्तर बढिरहेको घरजग्गा कारोबारमा लाग्यो ‘ब्रेक’, माघमा किनबेच घट्दा राजश्व उठ्ती यथावत