बालुवाटारमा खुल्यो तीन करोडमा मेलुङ थकाली

बालुवाटार क्षेत्रमा ग्राहकहरूको बढ्दो मागअनुसार आउटलेट विस्तार गरिएको सञ्चालक लामाको भनाई छ ।

367B408218B985F-icon.png
78views
DAC819972C3E664-cdbea75f-faba-48c6-a8ab-e3faf2b8ee63.jpeg

काठमाडौं । थकाली खानाका पारखीहरूका लागि खुशीको खबर ! रेस्टुरेन्ट चेन मेलुङ थकालीले भीआइपी एरिया बालुवाटारमा आफ्नो आठौं आउटलेट सञ्चालनमा ल्याएको छ । 

करिब ३ करोड रुपैयाँको लगानीमा निर्मित यस आउटलेटको मुख्य उद्देश्य नेपाली मौलिक स्वादको प्रवद्र्धन गर्नु रहेको छ । दोलखाका वसन्त लामाले दुई वर्षअघि सिनामंगलस्थित एयरपोर्ट छेवैबाट सेवा सुरु गरेको थिए, जुन अहिले आठ ठाउँमा विस्तार भइसकेको छ । 

बालुवाटार क्षेत्रमा ग्राहकहरूको बढ्दो मागअनुसार आउटलेट विस्तार गरिएको सञ्चालक लामाको भनाई छ ।

विशेष परिकार र मौलिक स्वाद

रेस्टुरेन्टमा १०० भन्दा बढी परिकार उपलब्ध छन् । दोलखाबाट ल्याइने तामाकोशीको ताजा माछा र फापरको ढिडो मुख्य आकर्षण हुन् । दोलखाको रैथाने परिकारलाई प्रवद्र्धन गर्न उनको उद्देश्य छ । 

सञ्चालक लामाका अनुसार स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै गुन्द्रुक, भटमास, टिमुर, जिम्बु, बेसारजस्ता सामग्री पनि दोलखाबाटै ल्याइन्छ । अर्थात् रेष्टुरेन्टमा मुस्ताङ र दोलखाको मिश्रित स्वाद पाइने छ ।

पछिल्लो समय नक्साल र बालुवाटार क्षेत्र रेष्टुरेन्टको हब बनेको छ । उपत्यकाका बासिन्दा खाना खानका लागि नक्साल वा बालुवाटार पुग्ने गरेका छन् । यसैले बालुवाटारमा आउटलेट खोल्न कस्सिएको उनको भनाई छ । यो मेलुङ थकालीको सबैभन्दा ठूलो र एक्सक्लुसिभ आउटलेट हो ।

मौलिक सांस्कृतिक झल्को दिने भौतिक संरचना

बालुवाटारमा पुरानो घरलाई स्तरोन्नती गरेर रेष्टुरेन्ट सञ्चालनमा ल्याइएको छ । रेष्टुरेन्टभित्र पस्दा पुरानो गाउँमा पसेको अनुभूति हुन्छ । मौलिकता थप्न रेष्टुरेन्टको सजावटमा माने, ढुंगाका संरचना र दाउरा प्रयोग गरिएको छ । 

रेष्टुरेन्टका भुइँहरु ढुंगाले छापिएको हुँदा चित्ताकर्षक देखिन्छ । रेष्टुरेन्टमा गाउँमा रहेको चर्चित धारोको नामकै धारो राखिएको छ ।

मेलुङ गाउँपालिका–३ घ्याङ सुकाठोकरका वडाअध्यक्ष समेत रहेका लामाले आफ्नो मेलुङ गाउँपालिकालाई रेष्टुरेन्टमा उतारेका गरेका छन् । रेष्टुरेन्टका कोठाहरु मेलुङ गाउँपालिकाका सातवटा वडाको नामबाट राखिएको छ, जसले मेलुङ नै पुगेको अनुभूति दिलाउँछ । 

तपाइँले मेलुङ थकालीमा पवटी, सुकाठोकर, घ्याङ, भेड्पु, डाडाखर्क, मेलुङ,  बिरौटा कक्ष देख्न सक्नुहुन्छ । आफ्नो गाउँलाई सहरमा प्रवद्र्धन गर्ने उद्देश्यसहित वडाका नामहरु समावेश गरेको उनको भनाई छ ।

धेरै सिट क्षमता र सुविधायुक्त पार्किङ

बालुवाटारको व्यस्त माहोलमा पनि फुर्सदका क्षण रमाउन चाहने ग्राहकका लागि मेलुङ थकाली उत्कृष्ट गन्तव्य बन्ने विश्वास सञ्चालक लामाको छ । २५० जना अटाउने क्षमता रहेको रेस्टुरेन्टमा ३० वटा चारपांग्रे सवारी साधन पार्किङ गर्न सकिने ठाउँछ । 

‘भित्र पेट फुल, बाहिर गाडी फुल’ अवधारणासहित सञ्चालनमा ल्याइएको मेलुङ थकाली रेष्टुरेन्टले बिहान ८ बजेदेखि राति १२ बजेसम्म ग्राहकलाई सेवा दिने बताइएको छ । 

सञ्चालक लामाका अनुसार सम्भवतः एलिसपछि बालुवाटार क्षेत्रमा यति ठूलो पार्किङ स्पेस भएको रेष्टुरेन्ट मेलुङ थकाली नै हो । 

इभी गाडी चढ्ने ग्राहकहरुका लागि रेष्टुरेन्ट परिसरमै फास्ट चार्जिङको सुविधा पनि उपलब्ध हुनेछ । पछिल्लो समइ इभी चढ्ने ग्राहक बढ्दै गएको हुनाले फास्ट चार्जिङ स्टेसन राख्न लागेको लामाको भनाई छ ।

नयाँ विस्तारको योजना

हालसम्म मेलुङ थकालीले एयरपोर्ट, शंखमुल, गठ्ठाघर, बनेपा, बौद्ध र अत्तरखेलमा आफ्ना आउटलेट सञ्चालन ल्याइसकेको छ । 
निकट भविष्यमा ललितपुर र माछापोखरीमा समेत नयाँ आउटलेट खोल्ने योजना रहेको लामाले बताए ।

बालुवाटारमा खुल्यो तीन करोडमा मेलुङ थकाली

'बुटवललाई सबैको रोजाइको सहर बनाउन लागिपरेका छौँ ' [अन्तर्वार्ता]

साढे दुई अर्बका तीन ठूला पोपर्टी किनबेच

यस्तो छ पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी

यी हुन् विश्वका गगनचुम्बी भवनहरु

पृथ्वी राजमार्गको विमलनगर खण्ड एक महिना आंशिक बन्द हुने

सिमेन्ट निर्यात २०% ले खस्कियो, सात महिनामा एक अर्ब ६४ करोडको निर्यात

धेरै घरजग्गा कारोबार हुनेमा मोरङ पहिलो, काठमाडौं चौथो स्थानमा, मनाङ र मुस्ताङ पुछारमा

9A924C74B81B5BC-gandaki_province1691914550_1024.jpg

गण्डकी प्रदेशमा पनि घट्यो घर–भवनको नक्सा पास

D2DD82ABE38BF6C-Project news.jpg

औद्योगिक सहर वीरगञ्‍जमा अपार्टमेन्ट कल्चर हुर्कन नपाउँदै मन्दीको मारमा

DAD3C9812481A61-SK-Nepal.jpg

कोरियाको चेओरवन सहर र ललितपुर महानगरबीच भगिनी सम्बन्ध कायम गर्ने तयारी