साढे दुई अर्बका तीन ठूला पोपर्टी किनबेच

महामन्दीकै बिच पनि कर्पोरेट भवन, सपिङ मल, होटेल, उद्योग, विलासी बंग्ला, ठूलो क्षेत्रफलका जग्गाहरु फाट्टफुट्ट किनबेच भइरहेको घरजग्गा व्यवसायी बताउँछन्

367B408218B985F-icon.png
507views
74200234344F072-biratnagar cover.jpg

काठमाडौं । रियल इस्टेट क्षेत्रमा मन्दी छाएपनि फाट्फुट्ट ठूला प्रोपर्टीहरु किनबेच भइरहेका छन् । महामन्दीकै बिच पनि कर्पोरेट भवन, सपिङ मल, होटेल, उद्योग, विलासी बंग्ला, ठूलो क्षेत्रफलका जग्गाहरु किनबेच भइरहेको घरजग्गा व्यवसायी बताउँछन् ।

काठमाडौं उपत्यका र मोफसलका ठूला सहरहरुमा महंगा प्रोपर्टी किनबेच हुने गर्छन् । मन्दी लम्बिदै गएपछि मूल्य घटाएरै ठूला प्रोपर्टीहरु बिक्रीमा राख्न थालिएको छ । अहिले नगद हुनेहरुले व्यापक मोलमोलाइ गरेर आफ्नै मूल्यमा प्रोपर्टी फुत्काउन सक्छन् ।

हामी काठमाडौं, काभ्रे र विराटनगरमा खरिद बिक्री भएका महंगो मूल्यका प्रोपर्टीको बारेमा जानकारी गराउँदै छौं ।

विराटनगरमा ४८ कट्ठा जग्गा सवा अर्बमा बिक्री

हालै विराटनगरको रत्ना होटेलसँग जोडिएको प्रिमियम मूल्यको प्लटिङ एकमुष्ठ बिक्री भएको छ । दीपक मलहोत्राको टिमले ४८ कट्ठा जग्गामा तयार पारेको प्लटिङ झापाका होटेल व्यवसायी प्रकाश गोतामेले एक अर्ब २५करोडभन्दा बढी मूल्यमा एकमुष्ठ खरिद गरेका हुन् ।

व्यवसायी मलहोत्राले बैंकको ऋण तिर्नका लागि जग्गा बिक्री गरे । झापाका व्यवसायीले यही मौकामा एकमुष्ठ जग्गा खरिद गरेका हुन् ।

करिव पाँच वर्षअघि अहिलेका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालासँग ४८ कट्ठा जमिन खरिद गरेर मलहोत्रासहित ध्रुब घिमिरे, सुरेन्द्र बहादुर सिंहलगायतको लगानी रहेको ट्यालेन्ट रिक्युटमेन्ट एन्ड हाउजिङ प्रालिले स्मार्ट प्लानिङ गरेको थियो ।

विराटनगरको केन्द्रमा व्यवस्थित बस्ती विकास गर्नका लागि भन्दै जग्गा खरिद गरेर प्लानिङ गरेका थिए । तर, नगद प्रवाह र बैंकको ब्याजदरले समस्या आएपछि जग्गा बिक्री गर्ने निष्कर्षमा मलहोत्रा पुगेका हुन् ।
त्यहाँ ६९ घडेरी तयार पारिएको थियो । घडेरीको मूल्य प्रतिधुर २० लाखदेखि ३० लाख रुपैयाँसम्म तोकिएको थियो । प्लटिङमा ८ धुरदेखि एक कट्ठासम्मका घडेरी उपलब्ध थिए ।

सवा अर्बमा जग्गा खरिद गर्ने गोतामेले झापाको बिर्तामोडमा पाँचतारे किङ्सबरी होटेल सञ्चालन गर्छन् ।

नक्सालमा ४४ करोडमा भवन किनबेच

चिनियाँ इभी ब्रान्ड बीवाइडीको नेपाली बिक्रेता साइमेक्स इंकले नक्साल नारायणचौरमा रहेको भवन खरिद गरेको छ । कर्पोरेट अफिस बनाउने उद्देश्यसहित साइमेक्सले ४४ करोडमा भवन खरिद गरेको बताइएको छ ।
सहकारीले लिलामीमा राखेको जग्गा र भवन साइमेक्सले लिलाम बढाबढमा खरिद गरेको हो । त्यहाँ २४ आना जग्गासहित पाँचतले भवन छ । साढे ४१ करोडमा खरिद गरेको भवनको पास खर्चलगायतका प्रकृया पुरा गर्दा ४४ करोड पुगेको हो ।

सो भवन कर्पोरेट अफिसले भाडामा लिइरहेका थिए । अब स्तरोन्नती गरेर बीवाइडीको केन्द्रीय कार्यालय तयार हुँदैछ ।

पछिल्लो समय नेपालमा बीवाइडीको बिक्री उच्च छ । क्यास फ्लो बढी भएको साइमेक्स इंकले अचल प्रोपर्टीमा लगानी बढाउँदै गएको छ ।

७० करोडमा डीएमआर किनबेच

साइमेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठको समूहले फागुन ०८० तिर गैरआवासीय नेपाली भुवन भट्टको काभ्रे पाँचखालस्थित धुलिखेल माउन्टेन रिसोर्ट (डीएमआर) खरिद गरेको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए)का पूर्वअध्यक्ष भट्ट स्वामित्वको बीबी होल्डिङ्स कम्पनीमार्फत रिसोर्ट सञ्चालन हुँदै आएको थियो । यो रिसोर्ट करिव ७० करोडमा किनबेच भएको बताइएको छ ।

यो रिसोर्ट सन् १९८१ मा स्थापना भएको थियो । बीबी होल्डिङसले सन् २०१३ मा खरिद गरेपनि राम्रोसँग सञ्चालन गर्न सकेको थिएन । २२० रोपनी क्षेत्रफलमा फैलिएको रिसोर्टमा ४२ वटा भिल्ला रहेका छन् ।

एक वर्षमा तीन लाख ८२ हजार घरजग्गा रोक्का, तीन लाख फुकुवा

विदेशीलाई अपार्टमेन्ट खरिद गर्न पाउने व्यवस्था गर्न नेपाली कांग्रेसलाई चेम्बरको सुझाव

नारायणगढ–बुटवल सडकः दाउन्नेमा रातका समयमा सवारी आवागमन वैशाख ३१ सम्म रोकिने

यस्ता छन् व्यवस्थित शहर तथा वस्ती विकासमा ‘खनाल आयोग’ले औंल्याएका १९ समस्या र चुनौतीहरु

वैशाख कृष्ण औंसी: आज आमाको मुख हेर्ने पर्व मनाइँदै

ग्लोबल वार्मिङले मुस्ताङमा सुक्न थाल्यो खानेपानीका मुहान

भूकम्पको दशक: भत्किएका संरचनाहरू अझै अधुरा

बालेनको ८ बुँदे खुलासा : यसरी हुन्छ महानगरलाई काठमाडौं टावरमा अर्बौं क्षति

136A5B82547A933-74AAED69AE5164D-4d714748c6afc4a5d9f0d0c1437e8037e4177215.jpg

काठमाडौंमा किन बनेनन् नयाँ घर ?

C6D4A91FA5B5C50-gharjagga-770x515.jpg

०८१ लाई फर्केर हेर्दाः घरजग्गा किनबेच, राजश्व असुलीदेखि कित्ताकाटसम्म वृद्धि

C7ECAC6A5C7A699-ChatGPT Image Apr 8, 2025, 11_35_00 AM.png

ठूला प्रोपर्टी किनबेच बढ्दै, होटल, कम्पलेक्सदेखि कर्पोरेट भवनसम्म किनबेच