तपाईंको कोठालाई व्यवस्थित र फराकिलो देखाउन हल्का रंगको पेन्ट, भित्ताबाट टाढा राखिएको फर्निचर, गोलाकार डिजाइन, ठाडो सजावट र विभिन्न खण्डहरूमा विभाजन गर्ने तरिका प्रयोग गर्न सकिन्छ ।
लामो र साँघुरो बैठक कोठालाई सजाउनु सजिलो छैन । यसले तपाईंको डिजाइन छनोटलाई सीमित बनाइदिन सक्छ । कम क्षेत्रफल र आयताकार स्वरूप भएकाले आफुले सोँचेबमोजिम सजाउन सकस हुन सक्छ ।
अझ तपाईंका बच्चाहरू छन् भने उनीहरुलाई खेल्न र रमाइलो गर्न अतिरिक्त ठाउँ आवश्यक पर्छ ।
त्यसो भए यस समस्याको समाधान कसरी गर्ने ?
भित्ता भत्काएर कोठा ठूलो बनाउन सम्भव नहुन सक्छ । तुरुन्तै ठूलो घर वा अपार्टमेन्टमा सर्नु पनि असम्भव हुन सक्छ । यस्तो अवस्थामा तपाईंसँग एउटै विकल्प रहन्छ– उपलब्ध ठाउँको अधिकतम उपयोग गर्दै चतुर तरिकाले कोठालाई फराकिलो देखिने गरी भ्रम सिर्जना गर्ने ।
तपाईंको कोठालाई व्यवस्थित र फराकिलो देखाउन हल्का रंगको पेन्ट, भित्ताबाट टाढा राखिएको फर्निचर, गोलाकार डिजाइन, ठाडो सजावट र विभिन्न खण्डहरूमा विभाजन गर्ने तरिका प्रयोग गर्न सकिन्छ ।
लामो र साँघुरो बैठक कोठा सजाउने सुझावहरू
यहाँ केही उपायहरू छन्, जसले तपाईंको बैठक कोठालाई आकर्षक र व्यवस्थित बनाउन सक्छ ।
१. सही रंग छनोट गर्नुहोस्
कोठाको रंग संयोजनले त्यसको आकारलाई असर गर्छ । इन्टेरियर डिजाइनरहरूले विभिन्न रंग संयोजनको प्रयोग गरेर कोठालाई जीवन्त, उज्यालो, र ठूलो देखाउने प्रयास गर्छन् ।
साँघुरो कोठाको लामो भित्ताहरूमा हल्का रंगहरु (हल्का सेतो वा क्रीम) प्रयोग गर्न सकिन्छ । छोटो भित्ताहरूमा गाढा रंग जस्तै निलो वा हरियोको गहिरा छायाँ प्रयोग गर्दा कोठाले वर्गाकार जस्तो देखिन्छ ।
२. फर्निचर भित्ताबाट टाढा राख्नुहोस्
फर्निचरलाई भित्तामा टाँसेर राख्नु एक ठूलो डिजाइन गल्ती हो । सट्टामा, बैठक कोठाको बीच भागमा आरामदायी बस्ने व्यवस्था गर्नुहोस् ।
लामो भित्तामा सोफा राख्ने सट्टा यसलाई ठाडो रूपमा राख्न सकिन्छ । टेबल र कुर्सीलाई परस्पर सामिप्यतामा मिलाएर राख्दा उत्तम हुन्छ । यस्ता कोठाहरुमा हलुका फर्निचर छनोट गर्नुहोस्, जसले कोठालाई अलि खुला बनाउँछ ।
३. गोलाकार डिजाइनको प्रयोग गर्नुहोस्
गोलाकार किनार भएका फर्निचरले कोठालाई सन्तुलित देखाउने मात्र होइन, सानो ठाउँलाई ठूलो देखाउन पनि मद्दत गर्छ ।
गोलाकार कफी टेबल वा काँचको टेबल छनोट गर्नुहोस् । गोलाकार छोटो कुर्सी थप्नुहोस्, जसले रंगीन सौन्दर्य दिन्छ । गोलाकार ढाँचाका भित्ते सजावटहरू, राउन्ड ल्याम्पसेडहरू वा गोलाकार कार्पेट प्रयोग गर्नुहोस् ।
४. भित्तामा गोलाकार ऐना टाँस्नुहोस्
ऐनाले प्रकाशलाई प्रतिबिम्बित गरेर कोठालाई ठूलो देखाउने भ्रम सिर्जना गर्छ । गोलाकार ऐना प्रयोग गर्दा छोटो भित्ताको बीचमा राख्नुस्, जसले अर्को छेउको भित्तालाई नजिक देखाउन मद्दत गर्छ ।
५. कोठालाई विभिन्न खण्डमा विभाजन गर्नुहोस्
यदि तपाईंको बैठक कोठा लामो छ भने यसलाई विभिन्न उपयोगका लागि छुट्टाछुट्टै भागमा विभाजन गर्न सक्नुहुन्छ । एक भागमा बैठक क्षेत्र, अर्को भागमा भोजन (डाइनिङ) क्षेत्र राख्न सकिन्छ । किताब राख्ने र टिभी राख्न छुट्टाछुट्टै ठाउँ सिर्जना गर्न सकिन्छ ।
६. ठाडो स्थानको अधिकतम उपयोग गर्नुहोस्
उचाइयुक्त किताबको शेल्फ वा भित्तामा टाँसिने क्याबिनेट प्रयोग गर्नुहोस् । कोठालाई अग्लो देखाउन, भुइँदेखि सिलिङसम्म लम्बिएका पर्दा प्रयोग गर्नुहोस्।