बन्दीपुरमा १७ तलाको होटेल जेठदेखि सञ्चालन हुने, सवा ६ अर्ब लगानी

होटलबाट माछापुच्छ्रेदेखि लाङटाङसम्मको हिमशृङ्खला र अन्य मनोरम दृश्यावलोकन गरी मज्जा लिन सकिने छ

367B408218B985F-icon.png
225views
5A8415852DC6C71-480556308_1202819154737528_5276985776561634442_n.jpg

तनहुँ । बन्दीपुरमा निर्माणाधीन पाँचतारे होटल बन्दीपुर हिल अन्तिम चरणमा पुगेको छ ।  सत्र तले कुइन टावर नामकरण गरिएको सो होटल आगामी जेठ महिनाबाट सञ्चालनमा ल्याउने तयारी गरिएको छ । 

बन्दीपुर–४ बरालथोकमा निर्माणाधीन सो होटलबाट माछापुच्छ्रेदेखि लाङटाङसम्मको हिमशृङ्खला र अन्य मनोरम दृश्यावलोकन गरी मज्जा लिन सकिने छ । त्यसैगरी, बजार क्षेत्रलाई हेर्न सकिन्छ, जुन पर्यटकका लागि पृथक र रोचक अनुभव हुनसक्ने बताइएको छ । 
 
बन्दीपुर हिलले प्याकेजका रूपमा र्याफ्टिङ, रकक्लाइमिङ, जीपलाइन स्काइसाइक्लिङलगायत साहसी खेलको गन्तव्यका रूपमा विकास गर्न लागेको बन्दीपुर हिलका महाप्रबन्धक रोमनमान श्रेष्ठले जानकारी दिए । उनका अनुसार  होटलमा ८० कोठा रहने छन् । परियोजनाले तल्लो स्टेशनमा तीन अर्ब ८३ करोड लगानी गरिसकेको छ । परियोजनाको कुल लागत ६ अर्ब २९ करोडमध्ये करिब ४ अर्ब ३३ करोड बराबरको काम सम्पन्न गरिसकेको बताइएको छ ।

बन्दीपुर–४ ठुलढुंगास्थित केबलकारको तल्लो स्टेशन ८० रोपनी क्षेत्रफलमा होटलसहितका मनमोहक उद्यान निर्माण गरिएको छ, जुन पृथ्वीराजमार्ग सडक छेउमा रहेको छ । रासस

आज शेर्पा समुदायले ग्याल्पो ल्होसार पर्व मनाउँदै

थाहा पाइराख्नुहोस्, लामो र साँघुरो बैठक कोठा सजाउने ६ उपायहरु

बन्दीपुरमा १७ तलाको होटेल जेठदेखि सञ्चालन हुने, सवा ६ अर्ब लगानी

बालुवाटारमा खुल्यो तीन करोडमा मेलुङ थकाली

'बुटवललाई सबैको रोजाइको सहर बनाउन लागिपरेका छौँ ' [अन्तर्वार्ता]

साढे दुई अर्बका तीन ठूला पोपर्टी किनबेच

यस्तो छ पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी

यी हुन् विश्वका गगनचुम्बी भवनहरु

B4B93347DB5B4CF-890aeb8d-d88b-4817-a03f-267d849d9b97.jpg

आइएमई ग्रुपले बागलुङमा खोल्यो ३० करोडमा ‘इला कम्फोर्ट’ होटल

E82AC3EDBD6D9D1-1.JPG

यस्तो बन्यो डेढ अर्बमा बेस्ट वेस्टर्न होटेल

818BC004B8A4D0D-Hotel Barahi 2.jpg

होटल बाराही काठमाडौंको क्रिसमस केक मिक्सिङ