बैंकबाट नयाँ कर्जा लिनेभन्दा पुरानो चुक्ता गर्ने धेरै, घरजग्गा रोक्काभन्दा फुकुवा बढी

तथ्यांकले बैंकको नाममा मालपोत कार्यालयमा घरजग्गा धितो राखेर नयाँ ऋण लिनेहरुभन्दा पुरानो कर्जा चुक्ता गरेर धितो फुकुवा गर्नेहरुको अनुपात धेरै देखाएको छ

367B408218B985F-icon.png
288views
7E5C8BC82213D99-4485248A7232C69-FB89AC35CF6D453-807C2BF20DB9472-CE4D9B49BB8B3BE-A54C5DD579A9A2F-4222943AE6649CA-news cover.jpg

काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट घरजग्गा धितो राखेर नयाँ कर्जा लिनेभन्दा चुक्ता गर्ने धेरै देखिएका छन् । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकले कर्जा चुक्ता।असुली धेरै देखाएको हो ।

चालु आर्थिक वर्षको पहिलो सात महिनामा दुई लाख ३१ हजार २०४ घरजग्गा रोक्का राखिएकोमा एक लाख ८३ हजार ३० घरजग्गा फुकुवा भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ ।

जबकी, गत आर्थिक वर्षको सोही अवधिमा दुई लाख २४ हजार ७७४ घरजग्गा रोक्का राखिएकोमा एक लाख ४७ हजार ८२३ घरजग्गा फुकुवा भएको देखिन्छ ।

तथ्यांकले बैंकको नाममा मालपोत कार्यालयमा घरजग्गा धितो राखेर नयाँ ऋण लिनेहरुभन्दा पुरानो कर्जा चुक्ता गरेर धितो फुकुवा गर्नेहरुको अनुपात धेरै देखाएको छ ।

नेपालमा बैंक तथा वित्तीय संस्थाहरुले ऋण प्रवाह गर्दा सुरक्षणका लागि धितोको रुपमा घरजग्गा नै राख्‍ने गर्छन । कुल कर्जाको दुई तिहाई भन्दा धेरै कर्जा रकम घरजग्गा धितो राखेर प्रवाह भएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।

रोक्का र फुकुवा दुबै वृद्धि

यस वर्ष घरजग्गा रोक्का र फुकुवा दुबै बढेको देखिन्छ । बढ्दो तरलता र घट्दो ब्याजदरका कारण बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा लगानी बढ्न थालेपछि घरजग्गा रोक्का र फुकुवा पनि बढ्न थालेको हो ।
गत आवको पहिलो सात महिनामा अघिल्लो आवको सोही अवधिको तुलनामा घरजग्गा रोक्का र फुकुवा दुबै बढेको देखिएको हो ।

तैपनि, अझै घरजग्गा किनबेच उल्लेख्य बढ्न सकेको छैन । बैंक तथा वित्तीय संस्थाहरुले धितो राखेको जग्गा लिलाम बिक्री गर्न नसकेर आफै सकार्नुपरेको छ । जसले गर्दा बैंकमा गैरबैंकिन सम्पत्ति थुप्रिदै गइरहेको छ ।

बैंक तथा वित्तीय संस्थाहरु पनि पुरानो कर्जा असुलीमा आक्रमक ढंगले लागिरहेका छन् । यसैले पनि घरजग्गा रोक्का राख्ने भन्दा पनि फुकुवा गर्नेहरुको संख्यामा उच्च वृद्धि देखिएको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार ०८० असारसम्म बैंक तथा वित्तीय संस्थाहरुमा १८ अर्ब ६९ करोड रुपैयाँ बराबरको गैरबैंकिङ सम्पत्ति रहेको थियो । त्यो सम्पत्ति ०८१ पुस मसान्तसम्म बढेर कुल ३८ अर्ब ५९ करोड रुपैयाँ बराबरको थुप्रिन पुगेको छ ।

कर्जा लिन लागेको बैंकको नाममा सम्बन्धित क्षेत्रको मालपोत कार्यालय वा बैंकमा गएर घरजग्गा धितो बन्धक राखेपछि मात्र ऋण पाइन्छ ।

पुरै कर्जा चुक्ता भइसकेपछि मालपोत वा बैंकमै गएर घरजग्गा फुकुवा गर्न सकिन्छ । बैंकको नाममा रोक्का राखेको जग्गा बिक्री वा नामसारी गर्न पाइँदैन । यदि ऋणीले समयमै कर्जा चुक्ता गर्न नसकेमा बैंकहरुले सोही धितो लिलाम बिक्री गरी कर्जा असुल उपर गर्ने कानुनी व्यवस्था छ ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा तरलता फालाफाल रहेको छ । यस्तै, तरलता पर्याप्तता बढेपछि बैंकमा कर्जाको ब्याजदर पनि एकल बिन्दूमा झरेको छ । बैंकले सिंगल डिजिट ब्याजदरमै कर्जा उपलब्ध गराउन प्रतिस्पर्धामा उत्रिएका छन् । सरकार र राष्ट्र बैंकले नीतिगत रुपमा घरजग्गा कारोबारलाई सहज बनाउँदै गइरहेका छन् ।

कुन महिना कति रोक्का फुकुवा

भूमि व्यवस्था विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो सात महिनामा दुई लाख ३१ हजारभन्दा बढी घरजग्गा रोक्का र एक लाख ८३ हजारभन्दा बढी घरजग्गा फुकुवा भएको देखिन्छ ।

साउनमा २९ हजार ६५९ घरजग्गा रोक्का हुँदा २९ हजार ७५ घरजग्गा फुकुवा भएका छन् । भदौमा ३६ हजार ८१९ घरजग्गा रोक्का भएकोमा २५ हजार २६१ घरजग्गा फुकुवा भए भने अशोजमा ३२ हजार ७३६ घरजग्गा रोक्का र २० हजार ९२३ घरजग्गा फकुवा भएका छन् ।

कात्तिकमा २५ हजार ३० घरजग्गा रोक्का हुँदा २१ हजार ८०५ घरजग्गा फुकुवा भएका छन् । मंसिरमा ३५ हजार १४६ घरजग्गा रोक्का र २७ हजार ४९५ घरजग्गा फुकुवा भएका थिए । पुसमा ३८ हजार ३८६ घरजग्गा रोक्का हुँदा २९ हजार १४१ घरजग्गा फुकुवा भए भने माघमा ३३ हजार ४२८ घरजग्गा रोक्का हुँदा २९ हजार ३३० घरजग्गा फुकुवा भएको भूमि व्यवस्था विभागको तथ्यांक छ ।

एक वर्षमा तीन लाख ८२ हजार घरजग्गा रोक्का, तीन लाख फुकुवा

विदेशीलाई अपार्टमेन्ट खरिद गर्न पाउने व्यवस्था गर्न नेपाली कांग्रेसलाई चेम्बरको सुझाव

नारायणगढ–बुटवल सडकः दाउन्नेमा रातका समयमा सवारी आवागमन वैशाख ३१ सम्म रोकिने

यस्ता छन् व्यवस्थित शहर तथा वस्ती विकासमा ‘खनाल आयोग’ले औंल्याएका १९ समस्या र चुनौतीहरु

वैशाख कृष्ण औंसी: आज आमाको मुख हेर्ने पर्व मनाइँदै

ग्लोबल वार्मिङले मुस्ताङमा सुक्न थाल्यो खानेपानीका मुहान

भूकम्पको दशक: भत्किएका संरचनाहरू अझै अधुरा

बालेनको ८ बुँदे खुलासा : यसरी हुन्छ महानगरलाई काठमाडौं टावरमा अर्बौं क्षति

B7002182355CA19-10EE07A48AD3C2F-kitta.jpg

चैतमा घरजग्गासँगै कित्ताकाट पनि बढ्यो, के अब नयाँ वर्षदेखि लय समाउला ?

FB68CCC54E723D0-1ACA909F34EF8CA-7E5C8BC82213D99-4485248A7232C69-FB89AC35CF6D453-807C2BF20DB9472-CE4D9B49BB8B3BE-A54C5DD579A9A2F-4222943AE6649CA-news cover.jpg

आठ महिनामा ८% थपियो रियल इस्टेट कर्जा, व्यक्तिगत घरकर्जा प्रवाह सुस्त

7D0752C2D37F277-2BE72C71445B602-E8688A935C27BD7-home.jpg

रियल इस्टेट कारोबार स्थिर, वृद्धिदर ३.१ प्रतिशत मात्रै