किन घट्दैछ उपत्यकामा घरजग्गा कारोबार ?

गत आवको पहिलो त्रैमासमा ११ हजार ३४२ लिखत पारित भएकोमा यस वर्षको सोही अवधिमा १० हजार ७३८ लिखत पारित

367B408218B985F-icon.png
461views
BC48ACD776EEDC9-11028C130CF8EE5-WhatsApp Image 2023-04-18 at 20.16.50.jpg

काठमाडौं । देशकै रियल इस्टेटको हब मानिने काठमाडौं उपत्यकामा घरजग्गा कारोबार सुस्ताउन थालेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा घरजग्गा किनबेच निरन्तर ओरालो लागिरहेको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकले देखाउँछ ।

घरजग्गा कारोबार संख्यामा उपत्यकाका मालपोत कार्यालयलाई झापा, मोरङ, सुनसरी, धनुषा, चितवन, दाङ, बाँके, कैलालीका मालपोतले पछाडि पार्न थालेका छन् । 
चालु आवको पहिलो त्रैमासमा उपत्यकाका नौ मालपोत कार्यालयबाट १० हजार ७३८ घरजग्गाको लिखत पारित भएको छ । जबकी, गत आवको सोही अवधिमा उपत्यकाभित्र ११ हजार ३४२ लिखत पारित भएका थिए ।

चालु आवको पहिलो महिना साउनदेखि नै घरजग्गा किनबेच निरन्तर घट्दै गइरहेको विभागको तथ्यांकले देखाउँछ । साउनमा उपत्यकाभित्र तीन हजार ४१२ घरजग्गको लिखत पारित भएको देखिन्छ । अघिल्लो महिना असारमा (गत आर्थिक वर्षको अन्तिम महिना) चार हजार नौ सय घरजग्गाको लिखत पारित भएको थियो ।

भदौ र असोजमा घरजग्ग कारोबार झनै घटेको छ । विभागका अनुसार भदौमा तीन हजार ६२३ र असोजमा तीन हजार १९४ घरजग्गाको लिखत पारित भएको विभागले जनाएको छ । 

पहिलो त्रैमासमा उपत्यमाभित्र घरजग्गा कारोबार घटेपनि राजश्व भने सामान्य बढेको छ । गत आवको पहिलो तीन महिनामा चार अर्ब ३६ करोड रुपैयाँ राजश्व संकलन भएकोमा यस वर्षको सोही अवधिमा चार अर्ब ५० करोड रुपैयाँ राजश्व संकलन भएको छ ।चा

लु आवको साउनमा एक अर्ब ५६ करोड रुपैयाँ, भदौमा एक अर्ब ४५ करोड रुपैयाँ र अशोजमा एक अर्ब ४८ करोड रुपैयाँ राजश्व संकलन भएको विभागको तथ्यांक छ । 
पछिल्लो समय अविरल वर्षाका कारण उपत्यकाका खोला किनारका बस्तीहरु डुबानमा पर्दा पनि कारोबार प्रभावित भएको आंकलन छ । ११ र १२ असोजमा परेको अविरल वर्षाका कारण उपत्यकाभित्र रहेका खोला किनाराका अधिकांश वस्तीहरु डुबानमा परे । 

नख्खु खोलाको भेल उर्लिँदा ललितपुरमा पुरै बस्ती नै बगायो ।

त्यसो त पछिल्लो समय उपत्यकामा खाली जग्गा कम हुँदै जाँदा कारोबार पनि घट्दै गइरहेको देखिन्छ । त्यसमाथि घरजग्गाको मूल्य पनि अचाक्ली महंगो छ । लामो समय घरजग्गा कारोबार मन्दीमा फस्दा पनि उपत्यकामा घरजग्गाको मूल्य खासै नघटेको व्यवसायी बताउँछन् । 

देशमा नैराश्यताको वातावरण बढ्दै जाँदा गैरआवासीय नेपालीहरुले काठमाडौंमा घरजग्गा जोड्न छाडिसकेको देखिन्छ । उल्टै काठमाडौंका घरजग्गा बिक्री गरेर पैसा हुन्डीमार्फत लैजान थालेको व्यवसायीको जिकिर छ ।

पछिल्लो समय बैंकमा तरलता फालाफाल हुँदा कर्जाको ब्याजदर ८ प्रतिशतसम्म झरिसकेको छ । बैंक तथा वित्तीय संस्थाहरुले पनि सस्तो ब्याजदरका आकर्षक कर्जा स्किम ल्याउन प्रतिस्पर्धा गरिरहेका छन् । सरकार र राष्ट्र बैंकले घरजग्गा कारोबार चलायनमा बनाउन एकपछि अर्को नीतिगत सहजीकरण गर्दै आइरहेको देखिन्छ । 

तैपनि, घरजग्गा कारोबार बढ्न नसकेको विभागको तथ्यांकले देखाउँछ ।

किन घट्दैछ उपत्यकामा घरजग्गा कारोबार ?

आयल निगमको जग्गा डिजिटल म्यापिङ प्रविधिबाट नापजाँच

किन गरिन्छ ‘प्रोपर्टी भ्यालुएसन’ ?

लुम्बिनी सेरामिक्स्को लेमिनार टायल्सलाई आईएसओ प्रमाणपत्र

काभ्रेको तामाङ एकीकृत बस्ती बजेट अभावले दुई वर्षदेखि अलपत्र

यस्तो हुन्छ सामाजिक सुरक्षा कोषबाट ऋण लिँदा भर्नुपर्ने फारम (नमुनासहित)

सिआइटीबाट ८% ब्याजदरमा आवास कर्जा, अन्य योजनामा कुनको कति ?

भदौको तुलनामा असोजमा बढ्यो कित्ताकाट

BC1F9A3786EB2AE-11028C130CF8EE5-WhatsApp Image 2023-04-18 at 20.16.50.jpg

भदौको तुलनामा असोजमा बढ्यो कित्ताकाट

CB1AFEB65A1757D-71E608F2955B252-Suncity-Apartment-final.jpg

६ महिनामा १९२ अपार्टमेन्ट किनबेच, अशोजमा २३ मात्रै

533EFCE25DBC6DA-4B4BE918D4B5CCE-2BE72C71445B602-E8688A935C27BD7-home.jpg

ब्याजदर घट्दा पनि बढेन घरजग्गा कारोबार, असोजमा साढे ३० हजार लिखत पारित