काभ्रेको तामाङ एकीकृत बस्ती बजेट अभावले दुई वर्षदेखि अलपत्र

काभ्रेको मण्डनदेउपुरस्थित तीनधारामा तामाङ संस्कृतिमार्फत आन्तरिक तथा बाह्य पर्यटन प्रवर्धन गर्ने उद्देश्यले होम–स्टेसहितको नमूना तामाङ बस्ती निर्माण सुरु गरिएको थियो

367B408218B985F-icon.png
137views
4CC328EE97EB745-Tamang-Home's_Kavre-1729738493.jpg

मण्डनदेउपुर नगरपालिका–१० चण्डेनीस्थित तीनधारामा निर्माणाधीन नमूना एकीकृत बस्ती निर्माण बजेट अभावका कारण दुई वर्षदेखि रोकिएको छ। 

बस्ती निर्माणको काम ०७४ सालमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणद्वारा तीन वर्षमा सक्नेगरी काम थालिएको थियो। ‘कोरोना–प्रभाव’लगायत कारण ढिलासुस्ती हुँदै आएको उक्त बस्ती निर्माण  बजेट अभावले दुई वर्षदेखि रोकिएको हो। 

योजनाअन्तर्गत छ वटा घर बन्न बाँकी छन्भने बनेका घरहरूको ‘फिनिसिङ’ गर्न बाँकी छ। नमूना बस्ती निर्माण योजनाअन्तर्गत ३० घर र एक सामुदायिक भवन निर्माण गर्नुपर्ने हो। बजेट अभावमा दुई वर्षदेखि निर्माण रोकिएको निर्माण समितिले जनाएको छ। उक्त बस्ती निर्माण सम्पन्न हुनुअघिनै प्राधिकरणको म्याद सकिएपछि त्यहाँ घर निर्माणसँगै फिनिसिङको कामसमेत अलपत्र भएको हो। 

बाँकी काम पूरा गर्न नगर कार्यालयले ४० लाख सहयोग दिने जनाए पनि अघिल्लो आर्थिक वर्षदेखिनै रकम निकासा नहुँदा बस्ती निर्माणको रोकिएको हो । बस्तीका परिकल्पनाकार एवं स्थानीय अगुवा रामबहादुर लामाका अनुसार नगरको सहयोगबाट बस्तीको बाँकी काम सक्ने योजना बनाइए पनि रकम निकासा नहुँदा अलपत्र भएको हो। सरकारको योजनअनुसारनै तामाङ संस्कृतिमार्फत आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ‘होम–स्टे’सहितको नमूना तामाङ बस्तीको निर्माण थालिएको थियो। 

नगरप्रमुख टोकबहादुर वाइबाले अघिल्लो चरणमा लगेको पेश्की फछ्र्याेट भएपछि मात्रै बस्तीको लागि निर्णय गरिएको रकम निकासा गर्न सकिने बताउँदै आएका छन्। यसअघि नगरले १० लाख सहयोग गरेको थियो। उक्त सहयोगबाट जस्तापातालगायत निर्माण सामग्री खरीदका कागजपत्र नगरमा पेस गरिएको समितिले जनाएको छ। प्राधिकरणबाट पनि समयमा रकम निकासा नहुँदा बस्ती निर्माण समितिले ऋण गरेर निर्माणलाई निरन्तरता दिएको निर्माण समितिका अध्यक्ष आइतमान तामाङले बताए। 

केही वर्षअघिसम्म स्थानीयस्तरमै पटकपटक ५४ लाख ऋण लिएर र जनश्रमदानले बस्ती निर्माणको कामलाई निरन्तरता दिइएको उनले बताए। प्राधिकरणबाट  दुई करोड ८० लाख रुपैयाँ रकम निकासा भएको उनले जानकारी दिए। उनका अनुसार उक्त रकमबाट एकीकृत बस्तीमा पहूँच सडक तथा अन्य सांस्कृतिक संरचना बनाउन खर्च भएको छ। 

काभ्रेपलाञ्चोकको मण्डनदेउपुरस्थित तीनधारामा तामाङ संस्कृतिमार्फत आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले होम–स्टेसहितको नमूना तामाङ बस्ती निर्माण सुरु गरिएको थियो। तीनकोठे एकतले एकै डिजाइनका एक घर निर्माण गर्न जनश्रमदान बाहेक १३ लाख लाग्ने अनुमान गरिएको थियो। बस्ती निर्माणार्थ जनश्रमदानमा पनि स्थानीय निकै महिना खटेका थिए। स्थानीय युवा विरेश तामाङले सुन्दर बस्ती बनाउने योजनामा सबैले जनश्रमदानमार्फत साथ दिएका बताए। स्थानीय पञ्चकुमारी तामाङ एकीकृत बस्ती निर्माण सुरु भएपछि डेढसय दिन खटेकी थिइन्। 

‘गाउँमा एकै ठाउँमा चिटिक्कका घर बनाएर बस्ने र पर्यटक ल्याउने भनेपछि हामी सबै गाउँले काम गर्न जान्थ्यौं पैसा छैन भनेर काम रोकिएको  दुई वर्ष भैसक्यो,’ पञ्चकुमारीले भनिन्। उनले आफूलाई भूकम्पपीडितबापत आवास निर्माणका लागि सहयोग संस्थाबाट आएको पहिलो किस्ताको ५० हजार पनि प्राधिकरणको सहमतिअनुसारनै पाँच वर्ष अघिनै बस्ती निर्माणका निम्ति प्रदान गरेकी थिइन्। त्यसपछि सरकारसँग सम्झौता गरी तीनधाराका ३० भूकम्पपीडित परिवारलाई पहिलो किस्ताको आवास निर्माण अनुदान दिने कारितास् नामक संस्थाले बाँकी किस्ता उपलब्ध नगराएपछि ऋण लिएर स्थानीयले बस्ती निर्माणलाई निरन्तरता दिँदै आएका थिए। 

विसं २०७७ चैतमा सरकारी निकायबाट विभिन्न शीर्षकमा एक करोड ४० लाख रुपैयाँ निकासा हुँदा  ऋणले पिरोलिएका तीनधाराका बासिन्दाले कामलाई तीव्र पारेका थिए। बस्ती निर्माणका लागि स्थानीय ३० भूकम्पपीडितको आवास निर्माणका लागि आएको पहिलो किस्ताको ५० हजार पनि खर्चिएको हो। बस्ती निर्माण कार्ययोजनाअनुसार ३० घरले अनिवार्य होम–स्टेका लागि एउटा कोठा व्यवस्था गर्नुपर्ने सम्झौता भएको थियो। 

नमूना बस्तीमा ४० लाख रुपैयाँमा एक सामुदायिक भवन निर्माण भएको छ। उक्त सामुदायिक भवनमा विवाह, व्रतबन्ध, घेवा, तामाङ रीतिरिवाज, संस्कृति झल्काउने तामाङले पुज्ने देवीदेवता, जाँतो, ढिकी, डम्फु, ढ्याङग्रोलगायतका सामाग्री सङ्ग्रह गरिने तथा तिनका बारेमा जानकारी दिने योजना थियो। 

६ घरको एक ‘ब्लक’ बनाएर छुट्टाछुट्टै पाँच ब्लकमा ३० वटा घर बनाउने योजनाले पूर्णता नपाउँदा तीनधाराका बासिन्दा खिन्न भएका छन्। रासस

लुम्बिनी सेरामिक्स्को लेमिनार टायल्सलाई आईएसओ प्रमाणपत्र

काभ्रेको तामाङ एकीकृत बस्ती बजेट अभावले दुई वर्षदेखि अलपत्र

यस्तो हुन्छ सामाजिक सुरक्षा कोषबाट ऋण लिँदा भर्नुपर्ने फारम (नमुनासहित)

सिआइटीबाट ८% ब्याजदरमा आवास कर्जा, अन्य योजनामा कुनको कति ?

भदौको तुलनामा असोजमा बढ्यो कित्ताकाट

६ महिनामा १९२ अपार्टमेन्ट किनबेच, अशोजमा २३ मात्रै

जीर्णोद्वारपछि चिटिक्क देखियो गलकोट दरबार

ब्याजदर घट्दा पनि बढेन घरजग्गा कारोबार, असोजमा साढे ३० हजार लिखत पारित

CB1AFEB65A1757D-71E608F2955B252-Suncity-Apartment-final.jpg

६ महिनामा १९२ अपार्टमेन्ट किनबेच, अशोजमा २३ मात्रै

7FB98387A46D196-63d0fdae871e645f96601c50_VrdfRizXgXp0CmlzLIvAh_laFuP5RCSbgkcl4erHzYfevIensfbsEHZC4TTEjyzjFxgQimz8Y21BxH8-JuXZxEmPn9pfGo_CfXtBLqxzHPnX_rE1n6vvRDkyiVbfEeUl-bGJzVKDaDfY4sch9njrukoNm_IHxA5qIzagurIJR6pkUkcBl3gYuYDB.jpeg

कसरी छान्ने गुणस्तरीय निर्माण सामाग्री ? सुरक्षित भण्डारण कसरी गर्ने ?

9019A7574F7E066-khurkot-bajar-in.jpg

घर कस्तो ठाउँमा बनाउने ? कहाँ नबनाउने ?