भदौको तुलनामा असोजमा बढ्यो कित्ताकाट

असोजमा घरजग्गा कारोबार र राजश्व संकलन घटेपनि कित्ताकाट करिव साढे ११ हजारले बढेका छन् ।

367B408218B985F-icon.png
152views
BC1F9A3786EB2AE-11028C130CF8EE5-WhatsApp Image 2023-04-18 at 20.16.50.jpg

काठमाडौं । भदौको तुलनामा असोजमा कित्ताकाट सामान्य बढेको छ । भदौमा देशभर ६१ हजार ३३२ कित्ताकाट भएकोमा असोजमा ७२ हजार ९५८ कित्ताकाट भएका छन् ।

असोजमा घरजग्गा कारोबार र राजश्व संकलन घटेपनि कित्ताकाट करिव साढे ११ हजारले बढेका छन् । 

अघिल्लो महिना भदौको तुलनामा कित्ताकाट बढे पनि गत वर्षको सोही महिनाको तुलनामा भने निकै कम हो । गत असोजमा एक लाख ६ हजार ३६९ कित्ताकाट भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ ।

०७९ असोजमा भने अत्यन्तै कम १९ हजा १७८ कित्ताकाट भएको विभागको तथ्यांक छ । त्यतिबेला भर्खर भूमि व्यवस्थापन ऐन २०७९ जारी भएको र देशैभर कित्ताकाट ठप्प भएको समय थियो ।

भदौको तुलनामा असोजमा कित्ताकाट बढ्नुको कारण पनि कित्ताकाट खुला गरिनु हो । सरकारले भूउपयोग नियमावली दोस्रो पटक संसोधन गरेर कित्ताकाट खुला गरेको थियो । तर, भदौमा भने भूउपयोग नियमावली संशोधन नगरिएको हुँदा कित्ताकाट ठप्प भएको थियो ।

असोजमा उपत्यकामा ८ हजार कित्ताकाट

असोज महिनामा उपत्यकाभित्रका तीन जिल्लामा आठ हजार ८० कित्ताकाट भएका छन् । ललितपुरमा २२ सय ४९, भक्तपुरमा २१ सय ७३ कित्ताकाट हुँदा काठमाडौंका ६ वटा मालपोत कार्यालयबाट तीन हजार ६७८ कित्ताकाट भएको विभागको तथ्यांक छ । 

बेलवारी मालपोतबाट सबैभन्दा धेरै कित्ताकाट

असोजमा मोरङको बेलवारी मालपोत कार्यालयबाट सबैभन्दा धेरै कित्ताकाट भएको विभागले जनाएको छ । बेलवारी मालपोतबाट एक महिनामा २९ सय ३७ कित्ताकाट भएका छन् ।

यस्तै, धनुषाको जनकपुरधामबाट २८ सय २८, सुनसरीको इनरुवा मालपोतबाट २४ सय २८, पर्साबाट २३ सय ४७, ललितपुरको लगनखेलबाट २२ सय २५, भक्तपुरमा २१ सय ७३ कित्ताकाट भएका छन् ।

झापाको भद्रपुरमा १९ सय ६३, कैलालीको धनगढीमा १८ सय ७३, सप्तरीको राजविराजमा १८ सय ६३, रुपन्देहीको बुटवलमा १७ सय ७५, बाँकेमा १७ सय ६१ कित्ताकाट भएको विभागले जनाएको छ ।

भदौको तुलनामा असोजमा बढ्यो कित्ताकाट

६ महिनामा १९२ अपार्टमेन्ट किनबेच, अशोजमा २३ मात्रै

जीर्णोद्वारपछि चिटिक्क देखियो गलकोट दरबार

ब्याजदर घट्दा पनि बढेन घरजग्गा कारोबार, असोजमा साढे ३० हजार लिखत पारित

बैकबाट ऋण लिएर घर किन्नेहरु घटे

कसरी छान्ने गुणस्तरीय निर्माण सामाग्री ? सुरक्षित भण्डारण कसरी गर्ने ?

नवरात्रको छैटौँ दिन: आज स्कन्दमाताको पूजा आराधना गरिँदै

भूकम्पको इपिसेन्टर बारपाकमा देखिन छाडे परम्परागत ढुंगाका घर

533EFCE25DBC6DA-4B4BE918D4B5CCE-2BE72C71445B602-E8688A935C27BD7-home.jpg

ब्याजदर घट्दा पनि बढेन घरजग्गा कारोबार, असोजमा साढे ३० हजार लिखत पारित

F68A2755942B170-5971C5A52A808CC-FB89AC35CF6D453-807C2BF20DB9472-CE4D9B49BB8B3BE-A54C5DD579A9A2F-4222943AE6649CA-news cover.jpg

बैकबाट ऋण लिएर घर किन्नेहरु घटे

938AAA0ED984AB8-images.jpeg

साउनमा घरजग्गा क्षेत्रमा कर्जा प्रवाह सुस्त