आयल निगमको जग्गा डिजिटल म्यापिङ प्रविधिबाट नापजाँच

नापी कार्यालय झापाले शनिबार बिहानदेखी डिजिटल म्यापिङ प्रविधि प्रयोग गरेर जग्गा नापजाँच सुरु गरेको हो ।

367B408218B985F-icon.png
15views
CBD4405D5542A0E-jhapa-oli2024-10-26-12-00-15.jpeg

काठमाडौं । झापाको मेचीनगरस्थित नेपाल आयल निगमको २३ बिघा ३ कठा १३ धुर जग्गा डिजिटल म्यापिङ प्रविधिबाट नापजाँच सुरु भएको छ । नापी कार्यालय झापाले शनिबार बिहानदेखी डिजिटल म्यापिङ प्रविधि प्रयोग गरेर जग्गा नापजाँच सुरु गरेको हो ।

नापी अधिकृतहरुका अनुसार टोटल स्टेशन (टिएस) प्रविधिबाट नापजाँच भइहरहेको छ । यो प्रविधिको प्रयोगले जग्गाको यकिन नाप आउने र विवाद पनि समाधान हुने अपेक्षा छ ।

सात वर्षअघि निगमलाई जग्ग बिक्री गरेका साबिकका धनीहरु छत्रबहादु्र उनको बिहिनी रिता कार्कीले पुनः सोही जग्गा हडप्न आफ्नो हकदाबी गर्दै जिल्ला अदालत, झापाको गत चैतमा रिट दायर गरेका थिए । उक्त रिटको सुनुवाइ गर्दै अदालतले विवाद निरुपणका लागि जग्गा पुनः नापजाँच गर्न आदेश दिएको थियो ।

अदालतको आदेशपछि शनिबार बिहानदेखी नापी कार्यालय, मालपोत कार्यालय र प्रहरी प्रसाशनको रोहबरमा जग्गाको नापजाँच भइरहेको निगमको संचालक समिति सदस्य तथा आधिकाकि ट्रेड युनियनका अध्यक्ष विरेन्द्र चन्दले जानकारी दिए ।  

यसअघि ५ र ६ असोजमा पनि अदालतको आदेशपछि जग्गाको नापजाँच भएको थियो । त्यतिखेर हातले फित्ता तानेर नापजाँच गर्दा यकिन नाप नआएपछि अहिले डिजिटल प्रविधि उपयोग गरिएको हो ।

सो जग्गामा सिलगुढीदेखी ५० किलोमिटर लामो पाइपलाइन बिछ्याएर भण्डारण गृह बनाउने योजना छ । विवाद छिटो समाधान भए भारतीय सहयोगमा बन्ने पाइपलाइन र भण्डारण गृहको योजना अगाडि बढाउन सजिलो हुने परियोजना प्रमुख प्रदिप यादवले बताए । सो जग्गामा १८ हजार नौ सय किलोलिटर क्षमताको भण्डारण गृह भारतले बनाइदिने सम्झौता भएको छ ।

आयल निगमको जग्गा डिजिटल म्यापिङ प्रविधिबाट नापजाँच

किन गरिन्छ ‘प्रोपर्टी भ्यालुएसन’ ?

लुम्बिनी सेरामिक्स्को लेमिनार टायल्सलाई आईएसओ प्रमाणपत्र

काभ्रेको तामाङ एकीकृत बस्ती बजेट अभावले दुई वर्षदेखि अलपत्र

यस्तो हुन्छ सामाजिक सुरक्षा कोषबाट ऋण लिँदा भर्नुपर्ने फारम (नमुनासहित)

सिआइटीबाट ८% ब्याजदरमा आवास कर्जा, अन्य योजनामा कुनको कति ?

भदौको तुलनामा असोजमा बढ्यो कित्ताकाट

६ महिनामा १९२ अपार्टमेन्ट किनबेच, अशोजमा २३ मात्रै

BC1F9A3786EB2AE-11028C130CF8EE5-WhatsApp Image 2023-04-18 at 20.16.50.jpg

भदौको तुलनामा असोजमा बढ्यो कित्ताकाट

938AAA0ED984AB8-images.jpeg

साउनमा घरजग्गा क्षेत्रमा कर्जा प्रवाह सुस्त

C4D84DAD0B9759C-Gundu.jpeg

भदौमा ९ महिनायताकै कम घरजग्गा किनबेच, ब्याजदर घटेपनि बढेन कारोबार