भदौमा ९ महिनायताकै कम घरजग्गा किनबेच, ब्याजदर घटेपनि बढेन कारोबार

घरजग्गामा लगानी गर्न सर्वसाधार अझै विश्वस्त हुन नसकेको घरजग्गा कारोबारीको बुझाई छ

367B408218B985F-icon.png
274views
C4D84DAD0B9759C-Gundu.jpeg

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमा कर्जाको ब्याजदर निरन्तर घटे पनि घरजग्गा किनबेच बढ्न सकेन । भदौ महिनामा पछिल्लो नौ महिनायताकै सबैभन्दा कम घरजग्गा कारोबार भएको छ ।

भदौ महिनामा देशभर साढे ३६ हजार ६ सय घरजग्गाको लिखत पारित भएको छ । यो संख्या ०८० पुसयताकै सबैभन्दा कम भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक छ ।

०८० कार्तिकमा २६ हजार ४६ घरजग्गाको लिखत पारित भएकोमा अर्को महिना मंसिरमा ४१ हजार ८५१ घरजग्गाको लिखत पारित भएका थिए । त्यसयता निरन्तर बढिरहेको घरजग्गा कारोबार ०८१ असारयता निरन्त घटिरहेको छ ।

०६१ जेठमा दुई वर्षयताकै उच्च कारोबार (६१,१६१) भएकोमा असारमा ४६ हजार १७९, साउनमा ४३ हजार ८३५ घरजग्गाको लिखत पारित भएको विभागको तथ्यांक छ । नयाँ सरकार बनेपछि घरजग्गा कारोबार पनि सुधार हुँदै जाने अपेक्षा गरिएकोमा उल्टै घटिरहेको छ । 

नयाँ सरकार बनेपछि शेयर बजारमा भने उछाल नै आयो । तर, घरजग्गा कारोबार तंग्रिन नसकेको तथ्यांकले देखाउँछ ।

पछिल्लो समय बैंकमा पर्याप्त तरलता थुप्रिदा ब्याजदर घट्दै गइरहेको छ । बैंक तथा वित्तीय संस्थाहरुले बोलाएर कर्जा लिन आग्रह गर्न थालेका छन् । एकल बिन्दू ब्याजदरमै घरकर्जाका स्किम बैंकले ल्याइरहेका छन् ।

तर, घरजग्गामा लगानी गर्न सर्वसाधार अझै विश्वस्त हुन नसकेको घरजग्गा कारोबारीको बुझाई छ ।

घरजग्गा कारोबार घटेसँगै राजश्व संकलन पनि घटेको छ । भदौमा देशभरका मालपोत कार्यालयबाट तीन अर्ब ६९ करोड रुपैयाँ राजश्व संकलन भएको छ । यो रकम ०८० चैतयताकै सबैभन्दा कम हो ।
 

भदौमा ९ महिनायताकै कम घरजग्गा किनबेच, ब्याजदर घटेपनि बढेन कारोबार

घरजग्गा क्षेत्रको कुल कर्जामध्ये एनआइसी एशियाको मात्रै १३.४४% हिस्सा ! कुन बैंकको कति लगानी ?

पानीको मुहान सुकेपछि रित्तियो मुस्ताङको ध्ये गाउँ

फेरी घट्यो बैंकको ब्याजदर, अशोजमा २ बैंकले मात्र बढाए

निर्माण क्षेत्र तंग्रिन नसक्दा चितवनका सबै इँटा उद्योग बन्द

बागलुङमा साढे १८ सय रोपनी जग्गामा चक्लाबन्दी, बाँझो जग्गा हराभरा

तनहुँमा एक अर्ब लगानीमा खुल्यो ‘सिद्धार्थ होटल दमौली’

आक्रमक फैलिदै भाटभटेनी, तीन दिनको अन्तरमा दुई स्टोर शिलन्यास, तीन अर्ब लगानी हुँदै

5A6F53E8DF8ED9C-1726373707-N4NeI.jpg

बागलुङमा साढे १८ सय रोपनी जग्गामा चक्लाबन्दी, बाँझो जग्गा हराभरा

F795B99112758A6-CB93765BE37C685-BD6F306C9069F5C-Land-Plooting-final.jpg

कित्ताकाटमा सहजीकरण गर्न महासंघको माग

99E28BE37D67682-Gundu.jpeg

२१% पालिकाको भूमिमात्रै पूर्ण वर्गीकरण, ६२० पालिकामा फेरी रोकियो कित्ताकाट