साउनमा घरजग्गा क्षेत्रमा कर्जा प्रवाह सुस्त

बैंकबाट कर्जा लिएर आफ्नो आवासीय आवश्यकता पूरा गर्नेहरू बढेपछि व्यक्तिगत घरकर्जा वृद्धि भएको देखिएको छ । तर, रियल इस्टेट क्षेत्रको स्थिरताले यस क्षेत्रमा जोखिम कम गर्न र संयम अपनाउने रणनीति लिएको देखिन्छ ।

367B408218B985F-icon.png
374views
938AAA0ED984AB8-images.jpeg

काठमाडौं । आर्थिक वर्षको पहिलो महिना साउनमा बैंक तथा वित्तीय संस्थाहरुले घरजग्गा क्षेत्रमा कर्जा प्रवाह बढाउन सकेनन् । अर्थतन्त्रमा देखिएको अनिश्चितताका कारण उपभोक्ताहरु ‘पर्ख र हेर’को अवस्थामा रहेको हुँदा कर्जा प्रवाह बढ्न नसकेको हो ।

नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको वित्तीय विवरणअनुसार साउन महिनामा व्यक्तिगत आवासीय घरकर्जा ६९ करोड रुपैयाँ थपिएको छ भने रियल इस्टेट कर्जा १२ अर्ब मात्र थपिएको छ । अघिल्लो आवको साउनको तुलनामा समिक्षा महिनामा प्रवाह भएको व्यक्तिगत आवासीय घरकर्जा अत्यन्तै कम हो ।

अघिल्लो साउनमा व्यक्तिगत आवासीय घरकर्जा ११ अर्ब २४ करोड रुपैयाँ थपिएको छ । रियल इस्टेट कर्जा भने अघिल्लो साउनमा ९ अर्ब ३२ करोड ऋणात्मक रहेकोमा यस वर्ष १२ करोड धनात्मक देखिएको छ ।

आव ०८१/८२ को साउनसम्ममा व्यक्तिगत आवासीय घरकर्जा ३ खर्ब ८७ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ । जुन अघिल्लो महिना असारको तुलनामा ०.२ प्रतिशतले वृद्धि भएको हो ।

तर, रियल इस्टेट कर्जामा भने खासै परिवर्तन भएको देखिँदैन । साउन महिनामा रियल इस्टेट कर्जा २ खर्ब ६८ अर्ब २५ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो महिना असारको तुलनामा १२ करोड १५ लाख रुपैयाँले मात्र वृद्धि हो । 

बैंकबाट कर्जा लिएर आफ्नो आवासीय आवश्यकता पूरा गर्ने बढेपछि व्यक्तिगत घरकर्जा वृद्धि भएको देखिएको छ । तर, रियल इस्टेट क्षेत्रको स्थिरताले यस क्षेत्रमा जोखिम कम गर्न र संयम अपनाउने रणनीति लिएको देखिन्छ । 

बैंक तथा वित्तीय संस्थाहरूले आगामी दिनमा घरजग्गा क्षेत्रमा ऋण प्रवाहमा के कस्तो नीति अपनाउने छन् भन्ने विषयले कर्जाको विस्तारलाई देखाउनेछ ।

विदेशीलाई अपार्टमेन्ट खरिद गर्न पाउने व्यवस्था गर्न नेपाली कांग्रेसलाई चेम्बरको सुझाव

नारायणगढ–बुटवल सडकः दाउन्नेमा रातका समयमा सवारी आवागमन वैशाख ३१ सम्म रोकिने

यस्ता छन् व्यवस्थित शहर तथा वस्ती विकासमा ‘खनाल आयोग’ले औंल्याएका १९ समस्या र चुनौतीहरु

वैशाख कृष्ण औंसी: आज आमाको मुख हेर्ने पर्व मनाइँदै

ग्लोबल वार्मिङले मुस्ताङमा सुक्न थाल्यो खानेपानीका मुहान

भूकम्पको दशक: भत्किएका संरचनाहरू अझै अधुरा

बालेनको ८ बुँदे खुलासा : यसरी हुन्छ महानगरलाई काठमाडौं टावरमा अर्बौं क्षति

काठमाडौंमा किन बनेनन् नयाँ घर ?

136A5B82547A933-74AAED69AE5164D-4d714748c6afc4a5d9f0d0c1437e8037e4177215.jpg

काठमाडौंमा किन बनेनन् नयाँ घर ?

C6D4A91FA5B5C50-gharjagga-770x515.jpg

०८१ लाई फर्केर हेर्दाः घरजग्गा किनबेच, राजश्व असुलीदेखि कित्ताकाटसम्म वृद्धि

A849A3FD60CAB53-Grande Tower.jpg

०८१ मा अपार्टमेन्ट किनबेच ३५ प्रतिशतले वृद्धि