एक वर्षमै थपिए चारवटा पाँचतारे होटेल

पर्यटन विभागबाट भैरहवाको सिद्धार्थ भिलासा, धुमबाराहीको अकामा, लाजिम्पाटको दुसित प्रिन्सेस र बुढानिलकण्ठको लेमन ट्री प्रिमियर होटेलले पाँचतारा स्तरको मान्यता प्राप्त गरेका छन् ।

367B408218B985F-icon.png
733views
93371737F74CE74-hotel image news.jpg

काठमाडौं । चालु आर्थिक वर्षमा तीनवटा पाँचतारे होटेलले पाँचतारा स्तरको मान्यता पाएका छन् । पर्यटन विभागले भैरहवाको सिद्धार्थ भिलासा, लाजिम्पाटको दुसित प्रिन्सेस, धुम्बाराहीको अकामा र बुढानिलकण्ठको

लेमन ट्री प्रिमियरलाई पाँचतारा स्तरमा वर्गीकरण गरेको हो ।

यी चार होटेलमा होटेलमा तीन सय ९९ कोठा छन्, जसमध्ये सिद्धार्थ भिलासामा ८५, दुसित प्रिन्सेसमा १०७, अकामामा १०५ र लेमन ट्री प्रिमियरमा १०२ कोठाहरु छन् । 

यो सँगै पर्यटन विभागबाट पाँचतारा स्तरको स्तर वर्गीकरण भई इजाजतपत्र पाउने होटेलहरु २३ पुगेका छन् । जसमध्ये झापाको मेची क्राउन प्लाजा पाँचतारा डिलक्स होटेल हो । 

पाँचतारेमध्ये फुलवारी रिसोर्ट, सांग्रिला होटेल, अन्‍नपूर्ण होटेल हाल सञ्चालनमा छैनन् । कोभिडयता बानेश्‍वरको एभरेष्ट होटेल पनि पूर्ण क्षमतामा सञ्‍चालनमा छैन ।

कोभिड महामारी, मन्दीलगायत कारणले अन्य क्षेत्रमा लगानी हुन नसके पनि देशैभर विश्‍वस्तरका लक्जरी होटेलहरु सञ्‍चालनमा आइरहेका छन् । यस्तै, ठूलो संख्यामा होटेल तथा रिसोर्ट निर्माणाधिन अवस्थामा छन् । 

साढे दुई दशकको हस्पिटालिटी अनुभव भएको सिद्धार्थ हस्पिटालिटी ग्रुपले भैरहवामा ‘सिद्धार्थ भिलासा’ सञ्‍चालनमा ल्याएको हो । करिब ५ बिगाहामा फैलिएको होटेलमा साना/ठूला गरी  पाँचवटा कन्फ्रेरेन्स हल र

पाँचवटै रेस्टुरेन्ट रहेका छन् । साढे दुई अर्ब लगानीमा सञ्‍चालनमा आएको होटेलमा १५ सयजना क्षमताको देशकै ठूलो ब्यांक्वेट हल रहेको छ । 

धुमबाराहीको अकामा होटेलले चार वर्षअघि सञ्‍चालनमा आएको हो । नौ रोपनी क्षेत्रफलमा फैलिएको होटेलमा गैरआवासीय नेपालीहरुको लगानी छ । होटल ल्हासा इन्टरनेसल समूहले अढाई अर्ब लगानीमा

लाजिम्पाटमा दुसित प्रिन्सेस होटेल सञ्‍चालनमा ल्याएको हो ।

वर्णबास बन्यो बुटिक होटेल
०८० माघदेखि सञ्‍चालनमा आएको वर्णबास होटेलले पर्यटन विभागबाट लक्जरी बुटिक होटेलको मान्यता पाएको छ । 

व्यवसायी एवं सांसद राजेन्द्र बजगाईंले करिव एक अर्ब रुपैयाँ लगानी गरेर सञ्‍चालनमा ल्याएको वर्णबास होटेलमा ४८ कोठा छन्, जसमध्ये ६ वटा प्रेसिडेन्सियल स्वीट र १८ वटा स्वीट हुन् 

सुदूरपश्‍चिम प्रदेशमा पनि घर निर्माण सुस्त, नक्सा पासमा १४% गिरावट

नेपालगञ्‍जमा घर बीमा कार्यक्रम कार्यान्वयन

बढ्दै छ काठमाडौंमा घरजग्गा कारोबार

एक वर्षमै थपिए चारवटा पाँचतारे होटेल

अब घरजग्गा किनबेचमा पनि ‘राष्ट्रिय परिचयपत्र’ अनिवार्य

घरभाडालाई आम्दानी देखाएर विदेश पढ्न जानेले ५ प्रतिशत कर तिर्नुपर्ने

कोशीमा इँटा, सिमेन्ट र डन्डी उद्योग संकटमै, इँटाको ८.१%, सिमेन्टको १६.३% मात्रै क्षमता उपयोग

चालु आर्थिक वर्षमा सिमेन्ट–क्लिंकरको निर्यात चार अर्ब पुग्दै

6889A2E5352AA0B-437546203_798071355705585_1216174890648570779_n.jpg

जेठमा ३० युनिट अपार्टमेन्ट किनबेच

2B8F707A072233C-F13327BD3AC6BBC-B4B0F531F2F6C6B-kittakaat-final.jpg

घरजग्गा किनबेचसँगै कित्ताकाट पनि बढ्यो, जेठमा एक लाख ६५ हजार कित्ताकाट

A0733E1E84F563D-441990088_3339617796182871_2938736267162562224_n.png

बाराही होटेलको नवौं तलामा 'इन्फिनिटी लाउञ्‍ज एण्ड बार'