सुदूरपश्‍चिम प्रदेशमा पनि घर निर्माण सुस्त, नक्सा पासमा १४% गिरावट

तर, घरजग्गा रजिष्ट्रेशन २० प्रतिशत बढेको छ भने रजिष्ट्रेसन वापतको राजश्व संकलन ३.३५ प्रतिशतले बढेको छ

367B408218B985F-icon.png
541views
C3DF49DB1E6DB33-Tikapur-city-Final.jpg

काठमाडौं । सुदूरपश्‍चिम प्रदेशमा पनि घर तथा भवन निर्माण सुस्त बनेको छ । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा घर तथा भवनको नक्सा पास संख्या १४.७७ प्रतिशतले घटेको नेपाल राष्ट्र बैंकको अध्ययनले देखाएको छ । गत आवको सोही अवधिमा घर तथा भवनको नक्सा पास २७.७३ प्रतिशतले घटेको थियो ।

राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको सुदूरपश्‍चिम प्रदेशको प्रदेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनमा सबैभन्दा धेरै ५२७ घर तथा भवनको नक्सा पास भएको देखिन्छ । बैतडी र डोटी जिल्लामा एउटै घर तथा भवनको नक्सा पास भएको छैन ।

पछिल्ला वर्षहरुमा मन्दीका कारण देशैभर निजीदेखि सरकारी सिंगो निर्माण क्षेत्र नै सुस्ताएको छ । व्यक्तिगत घर, टहरा, भवन, अपार्टमेन्ट, हाउजिङ, कमर्सियल कम्पलेक्स सबै निर्माण रोकिएको तथ्यांकले देखाउँछ । 

देशैभरका मान्छेको पहिलो रोजाइमा पर्ने काठमाडौं उपत्यकामा पनि दुई÷तीन वर्षयता घर तथा भवन निर्माण बढ्न सकेको छैन । 

घरजग्गा किनबेचमा सुधार
निर्माण क्षेत्र मन्दीमै रहे पनि घरजग्गा किनबेच भने बढ्न थालेको छ । जेठमा देशभरी ६१ हजारभन्दा बढी घरजग्गा किनबेच भएका थिए, जुन पछिल्लो दुई वर्षयताकै सबैभन्दा उच्च रहेको छ ।

सुदूरपश्‍चिम प्रदेशमा पनि चालु आवको पहिलो ६ महिनमा समग्र घरजग्गाको रजिष्ट्रेसन संख्या १९.८६ प्रतिशतले बढेको छ । जबकी, गत वर्षको सोही अवधिमा सो संख्या ३८.९५ प्रतिशतले घटेको थियो । राष्ट्र बैंकको तथ्यांकले घरजग्गाको लिखत पारित बढेको देखाउँछ ।

यस्तै, घरजग्गा रजिष्ट्रेसन वापतको राजश्‍व पनि ३.३५ प्रतिशतले वृद्धि भई ३१ करोड ३६ लाख रुपैयाँ संकलन भएको छ । सूदुरपश्चिम प्रदेशमा कैलाली बाहेक सबै जिल्लाहरुमा घरजग्गा रजिष्ट्रेसन संख्या र राजश्‍व मा वृद्धि भएको राष्ट बैंकले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशमा दार्चुला, बझाङ, बाजुरा, बैतडी, डोटी, अछाम, डडेल्धुरा, कञ्चनपुर र कैलाली गरी नौ जिल्ला रहेका छन् । जसमध्ये तराईका जिल्लाहरु कञ्‍चनपुर र कैलालीमा सबैभन्दा धेरै घरजग्गा किनबेच र घर तथा भवन निर्माण हुने गरेको छ ।

कैलालीको धनगढी, टिकापुर तथा कञ्‍चनपुरको महेन्द्रनगर, शुक्लाफाँटा, कृष्णपुरलगायत क्षेत्रमा घरजग्गा कारोबार उच्च छ । खासगरी पूर्वपश्चिम महेन्द्र राजमार्गको आसपासमा धेरै घरजग्गा किनबेच हुँदै आइरहेको छ । पहाडबाट हुने बसाइँसराइ पनि राजमार्ग आसपासमा धेरै हुने गरेको छ । 

पछिल्लो समय पहाडी र हिमाली क्षेत्रबाट तराई जिल्ला बसाइँसराइ ह्वात्तै बढिरहेको विभिन्‍न तथ्यांकले देखाउँछ ।

एक पटकलाई हदबन्दी छुटको जग्गा बिक्री गर्न पाउने गरी प्रतिनिधि सभाबाट विधेयक पारित

बन्दीपुरका हरेक गाउँलाई पर्यटन गन्तव्य बनाइने

सुदूरपश्‍चिम प्रदेशमा पनि घर निर्माण सुस्त, नक्सा पासमा १४% गिरावट

नेपालगञ्‍जमा घर बीमा कार्यक्रम कार्यान्वयन

बढ्दै छ काठमाडौंमा घरजग्गा कारोबार

एक वर्षमै थपिए चारवटा पाँचतारे होटेल

अब घरजग्गा किनबेचमा पनि ‘राष्ट्रिय परिचयपत्र’ अनिवार्य

घरभाडालाई आम्दानी देखाएर विदेश पढ्न जानेले ५ प्रतिशत कर तिर्नुपर्ने

6889A2E5352AA0B-437546203_798071355705585_1216174890648570779_n.jpg

जेठमा ३० युनिट अपार्टमेन्ट किनबेच

2B8F707A072233C-F13327BD3AC6BBC-B4B0F531F2F6C6B-kittakaat-final.jpg

घरजग्गा किनबेचसँगै कित्ताकाट पनि बढ्यो, जेठमा एक लाख ६५ हजार कित्ताकाट

D2DD82ABE38BF6C-Project news.jpg

औद्योगिक सहर वीरगञ्‍जमा अपार्टमेन्ट कल्चर हुर्कन नपाउँदै मन्दीको मारमा