घरभाडालाई आम्दानी देखाएर विदेश पढ्न जानेले ५ प्रतिशत कर तिर्नुपर्ने

शहरका धेरै घरधनीहरुले आफ्ना छोराछोरीलाई विदेश पढ्न पठाउँदा घर वा जग्गा भाडालाई मुख्य आम्दानीका रुपमा देखाउँदै आएका छन्

367B408218B985F-icon.png
6731views
3D734C5A5935016-D8CAB548150DB82-FE406F736A21166-84285D2102DF516-KTM Mahanagar final.jpg

काठमाडौं । घरजग्गाबाट प्राप्त हुने भाडालाई आय देखाएर विदेश पढ्न जाने काठमाडौं महानगरका बासिन्दाहरुले अब पाँच प्रतिशत कर तिर्नुपर्ने भएको छ । 

काठमाडौं महानरपालिकाकी उपमेयर सुनिता डंगोलले आइतबार नगर कार्यपालिका बैठकमा पेश गरेको आगामी आर्थिक वर्षको आर्थिक विधेयक २०८१ बजेटमा घर वा जग्गा भाडालाई आय मानेको पुरै अवधिको पाँच प्रतिशत कर बुझाउनुपर्ने प्रस्ताव गरिएको हो ।

महानगरको प्रस्तावित विधेयक ऐन बनेर आएपछि १ साउनदेखि लागु हुनेछ । शहरका धेरै घरधनीहरुले आफ्ना छोराछोरीलाई विदेश पढ्न पठाउँदा घर वा जग्गा भाडालाई मुख्य आम्दानीका रुपमा देखाउँदै आएका छन् । त्यसो त काठमाडौं उपत्यकामा घरजग्गा बहाल मुख्य आम्दानीका रुपमा रहँदै आएको छ । अब 

विदेशमा पढ्न जाने प्रयोजनका लागि वडा कार्यालयबाट आम्दानी प्रमाणीकरण गर्दा आय मानेको पुरै अवधिको अतिरिक्त कर बुझाउनुपर्ने भएको हो । कर नतिरेसम्म घरभाडा आम्दानीमा गणना नहुने भयो । 

काठमाडौं महानगरपालिकाले बहाल करको दरबारे अनुसूची ६ मा संशोधन गर्दै महानगरले यस्तो प्रस्ताव गरेको हो । 

सुदूरपश्‍चिम प्रदेशमा पनि घर निर्माण सुस्त, नक्सा पासमा १४% गिरावट

नेपालगञ्‍जमा घर बीमा कार्यक्रम कार्यान्वयन

बढ्दै छ काठमाडौंमा घरजग्गा कारोबार

एक वर्षमै थपिए चारवटा पाँचतारे होटेल

अब घरजग्गा किनबेचमा पनि ‘राष्ट्रिय परिचयपत्र’ अनिवार्य

घरभाडालाई आम्दानी देखाएर विदेश पढ्न जानेले ५ प्रतिशत कर तिर्नुपर्ने

कोशीमा इँटा, सिमेन्ट र डन्डी उद्योग संकटमै, इँटाको ८.१%, सिमेन्टको १६.३% मात्रै क्षमता उपयोग

चालु आर्थिक वर्षमा सिमेन्ट–क्लिंकरको निर्यात चार अर्ब पुग्दै

17C4644CAA64505-4E1B9CE7D39BA9E-434754304_10100998870976524_1233377876666275296_n.jpg

बढ्दै छ काठमाडौंमा घरजग्गा कारोबार

EBEAFDB9FC3AD2D-Balen_shah.jpg

काठमाडौंलाई ‘ओपन एन्ड लाइभ म्युजियम’ र ‘क्रियटिभ सिटी’का रुपमा विकास गरिने

7CF4C6CE7E1924B-barshaman-pun-budget-1024x683.jpg

आगामी वर्ष ५ लाख परिवारलाई जग्गाधनी प्रमाणपत्र प्रदान गरिने