कोशीमा इँटा, सिमेन्ट र डन्डी उद्योग संकटमै, इँटाको ८.१%, सिमेन्टको १६.३% मात्रै क्षमता उपयोग

कोशी प्रदेशका इँटा उद्योगको क्षमता उपयोग ८.१ प्रतिशत, सिमेन्ट उद्योगको १६.३ प्रतिशत, फलामे छड तथा पत्ति उद्योगको ३२.५ प्रतिशत मात्र रहेको राष्ट्र बैंकको अध्ययनमा भेटियो

367B408218B985F-icon.png
584views
6B73843233DD875-chart.jpg

काठमाडौं । निर्माण क्षेत्रमा मन्दी कायमै रहिरहँदा निर्माणजन्य सामाग्रीहरु उत्पादन गर्ने उद्योग संकटग्रस्त अवस्थामा रहेको एक अध्ययनले देखाएको छ । 

नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको ‘कोशी प्रदेश’को अर्धवार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन ०८०/८१ ले इँटा, सिमेन्ट, फलामे छड (डन्डी) लगायत उद्योगहरुको क्षमता उपयोग अत्यन्तै न्यून रहेको देखाएको हो ।

कोशी प्रदेशमा सञ्चालित इँटा उद्योगको क्षमता उपयोग ८.१ प्रतिशत, सिमेन्ट उद्योगको १६.३ प्रतिशत, फलामे छड तथा पत्ति उद्योगको ३२.५ प्रतिशत मात्र रहेको राष्ट्र बैंकको अध्ययनमा भेटियो । 

राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा कोशी प्रदेशका ४३ उद्योगहरु नमुनाका रुपमा छनोट गरी अध्ययन गरेको थियो । कुल २५ प्रकारका उद्योगहरुको ६ महिनामा औषत क्षमता उपयोग ४१.७ प्रतिशत मात्र रहेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।

गत आवको सोही अवधिमा उक्त उद्योगहरुको औषत क्षमता उपयोग ४०.९ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा चप्पल, टायर तथा ट्युव, जिआइ तार, विस्कुट, चिनी लगायत उत्पादन गर्ने उद्योगहरुको क्षमता उपयोगमा वृद्धि भएकोले उद्योगहरुको औषत क्षमता उपयोगमा केही वृद्धि भएको देखिएको हो ।

चालु आवको पहिलो ६ महिनामा चप्पल उद्योगको ७८.८ प्रतिशत, तोरीको तेल उद्योगको ७७.१ प्रतिशत, चाउचाउ उद्योगको ७४.२ प्रतिशत, चिया उद्योगको ७३.८ प्रतिशत, विस्कुट उद्योगको ७० प्रतिशत, जुट उद्योगको ६७.५ प्रतिशत, धागो उद्योगको ६५.१ प्रतिशत क्षमता उपयोग भएको अध्ययनले देखाएको छ ।

सबैभन्दा कम क्षमता उपयोग हुने उद्योगमा वनस्पती घिउ, इँटा, कच्चा छाला, गार्मेन्ट, भटमासको तेल, सिमेन्ट, घरेलु धातुका उद्योग, सावुन, चामल, चिनी, फलामे छड लगायत रहेका छन् ।

औषतमा ५० प्रतिशत वा सो भन्दा बढी क्षमता उपयोग गर्ने उद्योग समूहहरु ११ वटा रहेका छन् भने ५० प्रतिशतभन्दा कम षमता उपयोग गर्ने उद्योग समूहहरुको संख्या १४ रहेको छ ।

चालु आर्थिक वर्षमा निर्माण क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर २.०७ प्रतिशत ऋणात्मक रहने केन्द्रीय तथ्यांक कार्यालयको प्रक्षेपण छ । यस्तै, उत्पादनमुलक क्षेत्रको मूल्य अभिवृद्धि वृद्धिदर पनि १.६० प्रतिशत ऋणात्मक रहने प्रक्षेपण गरिएको छ ।

एक पटकलाई हदबन्दी छुटको जग्गा बिक्री गर्न पाउने गरी प्रतिनिधि सभाबाट विधेयक पारित

बन्दीपुरका हरेक गाउँलाई पर्यटन गन्तव्य बनाइने

सुदूरपश्‍चिम प्रदेशमा पनि घर निर्माण सुस्त, नक्सा पासमा १४% गिरावट

नेपालगञ्‍जमा घर बीमा कार्यक्रम कार्यान्वयन

बढ्दै छ काठमाडौंमा घरजग्गा कारोबार

एक वर्षमै थपिए चारवटा पाँचतारे होटेल

अब घरजग्गा किनबेचमा पनि ‘राष्ट्रिय परिचयपत्र’ अनिवार्य

घरभाडालाई आम्दानी देखाएर विदेश पढ्न जानेले ५ प्रतिशत कर तिर्नुपर्ने

6889A2E5352AA0B-437546203_798071355705585_1216174890648570779_n.jpg

जेठमा ३० युनिट अपार्टमेन्ट किनबेच

2B8F707A072233C-F13327BD3AC6BBC-B4B0F531F2F6C6B-kittakaat-final.jpg

घरजग्गा किनबेचसँगै कित्ताकाट पनि बढ्यो, जेठमा एक लाख ६५ हजार कित्ताकाट

D2DD82ABE38BF6C-Project news.jpg

औद्योगिक सहर वीरगञ्‍जमा अपार्टमेन्ट कल्चर हुर्कन नपाउँदै मन्दीको मारमा