चालु आर्थिक वर्षमा सिमेन्ट–क्लिंकरको निर्यात चार अर्ब पुग्दै

गत आवमा करिव ७८ करोडको मात्रै सिमेन्ट र क्लिंकर निर्यात भएको भन्सार विभागको तथ्यांक छ

367B408218B985F-icon.png
320views
3D4716DFAF72B5A-47BB0FE6F302086-Nepali-cement-quality_20200119110243.jpg

काठमाडौं । निर्यात सुरु भएको छोटो अवधिमै सिमेन्ट र क्लिंकरको बढ्दो निर्यातले आशा जगाउन सफल भएको छ । 

चालु आर्थिक वर्षको पहिलो ११ महिनामा तीन अर्ब ६६ करोडको सिमेन्ट र क्लिंकर निर्यात भएको छ । यस आधारमा आर्थिक वर्षभरीमा सिमेन्ट र क्लिंकरको निर्यात चार अर्ब नाघ्ने अनुमान गर्न सकिन्छ । 

गत आवमा करिव ७८ करोडको मात्रै सिमेन्ट र क्लिंकर निर्यात भएको भन्सार विभागको तथ्यांक छ । ०७९ असारमा पहिलो पटक निर्यात भएको सिमेन्ट छोटो अवधिमै सबैभन्दा धेरै निर्यात हुने प्रमुख दश वस्तुहरुमा पर्न थालेको छ । 

पाल्पा सिमेन्टले पहिलो पटक सिमेन्ट निर्यात थालनी गरेको थियो । अहिले सिमेन्ट र क्लिंकर निर्यात गर्ने उद्योगहरु आधा दर्जन नाघिसकेका छन् । सिमावर्ती भारतीय बजारमा नेपाली सिमेन्टको माग बढ्दै गइरहेको देखिन्छ ।

११ महिनाको अवधिमा एक अर्ब ८२ करोडको चार लाख ९६ हजार टनभन्दा बढी क्लिंकर (अर्धप्रशोधित सिमेन्ट) निर्यात भएको छ । यस्तै, एक अर्ब ८३ करोड रुपैयाँ बराबरको २१ लाख ४८ हजार टनभन्दा बढी तयारी सिमेन्ट निर्यात भएको भन्सार विभागले जनाएको छ ।

अहिले नेपालको निर्माण क्षेत्रमा मन्दी लागेका कारण सिमेन्ट, डन्डी, गिट्टी, बालुवा जस्ता निर्माण सामाग्रीको बिक्री सुस्त छ । तर, विकास निर्माणका कामहरु तिब्र गतिमा अगाडि बढाइरहेको भारतमा निर्माण सामाग्रीको माग अत्यधिक रहेको सिमेन्ट उद्योगीहरुको भनाई छ ।

सरकारले सिमेन्ट निर्यातमा आठ प्रतिशतसम्म नगद अनुदान र बिजुलीको बिलमा छुट सुविधा घोषणा गरेपछि उद्योगीहरु निर्यात गर्न हौसिएका हुन् । अहिले पाल्पा सिमेन्ट, अर्घाखाँची सिमेन्ट, सौर्य सिमेन्ट, बालाजी सिमेन्ट, सिजी सिमेन्ट, सर्वोत्तम सिमेन्ट लगायत निर्यात हुँदै आइरहेका छन् । 

एक पटकलाई हदबन्दी छुटको जग्गा बिक्री गर्न पाउने गरी प्रतिनिधि सभाबाट विधेयक पारित

बन्दीपुरका हरेक गाउँलाई पर्यटन गन्तव्य बनाइने

सुदूरपश्‍चिम प्रदेशमा पनि घर निर्माण सुस्त, नक्सा पासमा १४% गिरावट

नेपालगञ्‍जमा घर बीमा कार्यक्रम कार्यान्वयन

बढ्दै छ काठमाडौंमा घरजग्गा कारोबार

एक वर्षमै थपिए चारवटा पाँचतारे होटेल

अब घरजग्गा किनबेचमा पनि ‘राष्ट्रिय परिचयपत्र’ अनिवार्य

घरभाडालाई आम्दानी देखाएर विदेश पढ्न जानेले ५ प्रतिशत कर तिर्नुपर्ने

6889A2E5352AA0B-437546203_798071355705585_1216174890648570779_n.jpg

जेठमा ३० युनिट अपार्टमेन्ट किनबेच

2B8F707A072233C-F13327BD3AC6BBC-B4B0F531F2F6C6B-kittakaat-final.jpg

घरजग्गा किनबेचसँगै कित्ताकाट पनि बढ्यो, जेठमा एक लाख ६५ हजार कित्ताकाट

D2DD82ABE38BF6C-Project news.jpg

औद्योगिक सहर वीरगञ्‍जमा अपार्टमेन्ट कल्चर हुर्कन नपाउँदै मन्दीको मारमा