बढ्दै छ काठमाडौंमा घरजग्गा कारोबार

जेठमा घरजग्गाको लिखत पारित, कित्ताकाटदेखि राजश्व संकलन समेत बढेको छ । तर, बहुतले आवास अपार्टमेन्ट किनबेच भने बढ्न सकेको छैन ।

367B408218B985F-icon.png
2165views
17C4644CAA64505-4E1B9CE7D39BA9E-434754304_10100998870976524_1233377876666275296_n.jpg

काठमाडौं । घरजग्गा कारोबारका लागि २०८१ साल शुभ रहने शंकेत देखिएको छ । जेठ महिनामा देशभरी दुई वर्षयताकै उच्च घरजग्गा किनबेच भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ ।

काठमाडौं उपत्यकामा पनि घरजग्गा कारोबार बढेको छ । जेठमा घरजग्गाको लिखत पारित, कित्ताकाटदेखि राजश्व संकलन समेत बढेको छ । तर, बहुतले आवास अपार्टमेन्ट किनबेच भने बढ्न सकेको छैन । 

दुई महिनामा करिव नौ हजार किनबेच
बैशाख र जेठ दुई महिनामा काठमाडौं उपत्यकाका नौ मालपोत कार्यालयबाट आठ हजार ८०१ घरजग्गाको लिखत पारित भएको छ, जसमध्ये वैशाख तीन हजार ९३८ र जेठमा चार हजार ८६३ रहेका छन् ।

दुई महिनामा ललितपुरको लगनखेल मालपोतबाट दुई हजार ३६, गोटीखेलबाट ४३, भक्तपुरबाट २१ सय ८१, डिल्लीबजारबाट ४५८, चावहिलबाट एक हजार १५, कलंकीबाट १४ सय ४२, साँखुबाट आठ सय, मनमैंजूबाट ५२९ र टोखा मालपोतबाट २९७ घरजग्गाको लिखत पारित भएको छ ।

२३ हजार कित्ताकाट
वैशाख र जेठ महिनामा उपत्यकाभित्र कुल २२ हजार ८८६ कित्ताकाट भएका छन् । जसमध्ये १० हजार ३३३ कित्ताकाट वैशाख र १२ हजार ५५३ कित्ताकाट जेठ महिनामा भएको विभागको तथ्यांक छ ।

दुई महिनामा लगनखेल मालपोतबाट ६ हजार ५३, गोटीखेलबाट १२१, भक्तपुरबाट पाँच हजार ९२, डिल्लीबजारबाट ५०३, चावहिलबाट १९ सय ९९, कलंकीबाट तीन हजार ७७५, साँखुबाट २८ सय ९७, मनमैंजूबाट १९ सय १० र टोखा मालपोतबाट ५३६ कित्ताकाट भएको देखिन्छ ।

साढे तीन अर्ब राजश्व
घरजग्गा किनबेचमा तराईका जिल्ला अग्रणी भएपनि राजश्व संकलनमा भने उपत्यकाका मालपोत कार्यालय अग्रणी छन् । उपत्यकाका मालपोत कार्यालयबाट तुलनात्मक रुपमा कम घरजग्गा किनबेच भएपनि महंगा पोपर्टी किनबेच हुने हुँदा रजिष्ट्रेसन दस्तुरदेखि पुँजीगत लाभकर बढी उठ्ने गर्छ ।

वैशाख र जेठमा नौ मालपोत कार्यालयबाट तीन अर्ब ४० करोड ७३ लाख रुपैयाँ राजश्व संकलन भएको छ । जसमध्ये एक अर्ब ६७ करोड रुपैयाँ वैशाखमा र एक अर्ब ७३ करोड रुपैयाँ जेठ महिनामा संकलन भएको हो ।

दुई महिनामा लगनखेल मालपोतले ८४ करोड २२ लाख, गोटीखेलले १८ लाख, भक्तपुरले ५८ करोड ४१ लाख, डिल्लीबजारले ५६ करोड ८० हजार, चावहिलले ४६ करोड ८३ लाख, कलंकीले ४७ करोड ६२ लाख, साँखुले १९ करोड १३ लाख, मनमैंजुले १६ करोड ५० लाख र टोखा मालपोतले १० करोड ५९ लाख रुपैयाँ राजश्व संकलन गरेका छन् । 

सुदूरपश्‍चिम प्रदेशमा पनि घर निर्माण सुस्त, नक्सा पासमा १४% गिरावट

नेपालगञ्‍जमा घर बीमा कार्यक्रम कार्यान्वयन

बढ्दै छ काठमाडौंमा घरजग्गा कारोबार

एक वर्षमै थपिए चारवटा पाँचतारे होटेल

अब घरजग्गा किनबेचमा पनि ‘राष्ट्रिय परिचयपत्र’ अनिवार्य

घरभाडालाई आम्दानी देखाएर विदेश पढ्न जानेले ५ प्रतिशत कर तिर्नुपर्ने

कोशीमा इँटा, सिमेन्ट र डन्डी उद्योग संकटमै, इँटाको ८.१%, सिमेन्टको १६.३% मात्रै क्षमता उपयोग

चालु आर्थिक वर्षमा सिमेन्ट–क्लिंकरको निर्यात चार अर्ब पुग्दै

3D734C5A5935016-D8CAB548150DB82-FE406F736A21166-84285D2102DF516-KTM Mahanagar final.jpg

घरभाडालाई आम्दानी देखाएर विदेश पढ्न जानेले ५ प्रतिशत कर तिर्नुपर्ने

6889A2E5352AA0B-437546203_798071355705585_1216174890648570779_n.jpg

जेठमा ३० युनिट अपार्टमेन्ट किनबेच

2B8F707A072233C-F13327BD3AC6BBC-B4B0F531F2F6C6B-kittakaat-final.jpg

घरजग्गा किनबेचसँगै कित्ताकाट पनि बढ्यो, जेठमा एक लाख ६५ हजार कित्ताकाट