बाराही होटेलको नवौं तलामा 'इन्फिनिटी लाउञ्‍ज एण्ड बार'

केशर महलको अगाडि चोकैमा रहेको यस होटलको नवौं तलामा रहेको रुफटपबाट काठमाडौं उपत्यकाको चारैतिरका सुन्दर दृश्यावलोकन गर्न सकिन्छ ।

367B408218B985F-icon.png
320views
A0733E1E84F563D-441990088_3339617796182871_2938736267162562224_n.png

काठमाडौं । बाराही हस्पिटालिटीअन्तर्गत काठमाडौंको ठमेलमा सञ्‍चालित होटल बाराही काठमाडौंले नवौं तलामा 'इन्फिनिटी लाउञ्ज एण्ड बार' सञ्‍चालनमा ल्याएको छ ।

'लाउञ्ज एण्ड बार'मा ग्राहकले रोजाइअनुसार इन्डोर र आउटडोर गरेर १०० जनासम्मले एकैपटकमा सेवा लिन सक्छन् ।

बारतर्फको लाउञ्‍ज सर्वसाधारणका लागि हरेक दिन दिउँसो २ बजेदेखि राति ११ बजेसम्म खुला रहनेछ भने प्राइभेट लाउञ्‍जतर्फ बुकिङ अनुसार सेवा लिन सकिनेछ ।

काठमाडौंको प्रिमियम लोकेसन, त्यसैमाथि आफ्नै अगाडि नारायणहिटीको दृश्य देख्‍न पाइने भएकाले हाल बाराही काठमाडौं आकर्षणको केन्द्र बनेको छ ।

चारतारे स्ट्याण्डर्डको यस होटलको सातौं तलामा इन्फिनिटी स्विमिङ पुल र रेष्टुरेन्ट रहेको छ । साथै, होटल वातावरणमैत्री भएकाले प्लास्टिकलाई सकेसम्म कम प्रयोग गर्ने गरेको छ ।

केशर महलको अगाडि चोकैमा रहेको यस होटलको नवौं तलामा रहेको रुफटपबाट काठमाडौं उपत्यकाको चारैतिरका सुन्दर दृश्यावलोकन गर्न सकिन्छ ।

वीर शमसेरले बनाएको फोहोरा दरबार, स्वप्न बगैंचा र नारायणहिटी दरबार होटलको आँगनमै भएको अनुभुति हुन्छ ।

यस्तै घण्टाघर, धरहरा, वसन्तपुर दरबार, ठमेल बजार, स्वयम्भू तथा उत्तरतर्फ शिवपुरीको हरियालीसँगै हिम श्रृंखला देख्‍न सकिन्छ ।

एक पटकलाई हदबन्दी छुटको जग्गा बिक्री गर्न पाउने गरी प्रतिनिधि सभाबाट विधेयक पारित

बन्दीपुरका हरेक गाउँलाई पर्यटन गन्तव्य बनाइने

सुदूरपश्‍चिम प्रदेशमा पनि घर निर्माण सुस्त, नक्सा पासमा १४% गिरावट

नेपालगञ्‍जमा घर बीमा कार्यक्रम कार्यान्वयन

बढ्दै छ काठमाडौंमा घरजग्गा कारोबार

एक वर्षमै थपिए चारवटा पाँचतारे होटेल

अब घरजग्गा किनबेचमा पनि ‘राष्ट्रिय परिचयपत्र’ अनिवार्य

घरभाडालाई आम्दानी देखाएर विदेश पढ्न जानेले ५ प्रतिशत कर तिर्नुपर्ने

93371737F74CE74-hotel image news.jpg

एक वर्षमै थपिए चारवटा पाँचतारे होटेल

D0A8FAF9C5FECD6-Screenshot-2023-10-16-124719.png

‘लेमन ट्री प्रिमियर’ बन्यो बुढानिलकण्ठ क्षेत्रकै पहिलो पाँचतारे होटेल

DAA4FFAED909A5D-Hotel Forest Inn .jpg

तीन अर्बमा तयार भयो ‘होलीडे इन’, बुढानिलकण्ठ क्षेत्रकै पहिलो पाँचतारे