चालु आर्थिक वर्षमा सबैभन्दा धेरै भदौमा ४५ अपार्टमेन्ट किनबेच भएका थिए भने सबैभन्दा कम चैतमा १८ युनिट किनबेच भएका थिए
काठमाडौं । जेठ महिनामा घरजग्गा कारोबारसँगै राजश्व संकलन र कित्ताकाट बढे पनि अपार्टमेन्ट किनबेच भने न्यून रहेको छ । एक महिनामा ३० युनिट अपार्टमेन्ट मात्रै किनबेच भएको भूमि व्यवस्थापन विभागले जनाएको छ ।
वैशाखमा २८ युनिट अपार्टमेन्ट मात्रै किनबेच भएका थिए । गत वर्षको जेठ महिनामा २९ अपार्टमेन्ट किनबेच भएको तथ्यांक छ ।
११ महिनामा ३१५ युनिट किनबेच
चालु आर्थिक वर्षको ११ महिनामा देशभर ३१५ युनिट अपार्टमेन्ट किनबेच भएको विभागले जनाएको छ । सबैभन्दा धेरै भदौमा ४५ अपार्टमेन्ट किनबेच भएका थिए भने सबैभन्दा कम चैतमा १८ युनिट किनबेच भएका थिए ।
आर्थिक वर्षको पहिलो महिना साउनमा ३०, भदौमा ४५, असोजमा ३८, कार्तिक र मंसिरमा २२÷२२, पुसमा २८, माघमा २५, फागुनमा २९, चैतमा १८, वैशाखमा २८ र जेठमा ३० अपार्टमेन्ट किनबेच भएको विभागले जनाएको छ ।