धेरै कित्ताकाट हुने जिल्लामा झापा र मोरङ अगाडि, डोल्पामा न्यून

फागुनमा देशभर एक लाख १२ हजार ३६२ कित्ताकाट भएका छन्, यसका लागि ५० हजार २६ कित्ता जग्गा टुक्रा पारिएको छ ।

367B408218B985F-icon.png
22views
A299C459E08D705-BCA878A5EFEA0C1-2B8F707A072233C-F13327BD3AC6BBC-B4B0F531F2F6C6B-kittakaat-final.jpg

काठमाडौं । घरजग्गा कारोबारसँगै कित्ताकाटमा पनि पूर्वकै जिल्लाहरु अग्रस्थानमा देखिएका छन् । फागुनमा झापा र मोरङ जिल्लामा सबैभन्दा धेरै कित्ताकाट हुँदा डोल्पामा सबैभन्दा कम कित्ताकाट भएको भूमि व्यवस्थापन विभागको तथ्यांक छ । 

फागुनमा देशभर एक लाख १२ हजार ३६२ कित्ताकाट भएका छन्, जसका लागि ५० हजार २६ कित्ता जग्गा टुक्रा पारिएको छ । जसमध्ये पाँच हजार ९७९ कित्ता झापा र पाँच हजार ३९४ कित्ता मोरङ जिल्लामा मात्रै कित्ताकाट भएको विभागले जनाएको छ । 

सबैभन्दा धेरै कित्ताकाट हुने जिल्लामा काठमाडौं तेस्रो नम्बरमा छ । काठमाडौंमा एक महिनामा चार हजार ७७२ कित्ताकाट भएका छन् । दाङमा चार हजार ५२३ कित्ताकाट भएका छन् भने चितवनमा तीन हजार ९७६ कित्ताकाट भएका छन् ।

यस्तै, धनुषा जिल्लामा तीन हजार ९५८, कैलालीमा तीन हजार ८९८, बाँकेमा तीन हजार ८५०, सर्लाहीमा तीन हजार ५६९, सुनसरीमा तीन हजार ५२२, पर्सामा तीन हजार १२४, सिराहामा तीन हजार ८९ कित्ताकाट भएको विभागले जनाएको छ ।

महोत्तरीमा दुई हजार ९६६, बारामा दुई हजार ८९८, रौतहटमा दुई हजार ८३६, कास्कीमा दुई हजार ७८०, सप्तरीमा दुई हजार ७०३, भक्तपुरमा दुई हजार ६६३, नवलपरासीमा दुई हजार ५६० कित्तकाट भएका छन् । 

रुपन्देहीमा दुई हजार ४६३, सुर्खेतमा दुई हजार ४०९, ललितपुरमा दुई हजार २८७, कञ्चनपुरमा दुई हजार १०९ कित्ताकाट भएका छन् ।

डोल्पा जिल्लामा सबैभन्दा कम आठ वटा कित्तकाट भएका छन् । हुम्लामा १६, मुस्ताङमा ४२, मुगुमा ६६, बैतडीमा ६८, डोटीमा ७४, तेह्रथुममा १०४, अछाममा ११६, जुम्लामा १२४ कित्ताकाट भएको देखिन्छ । 

धेरै कित्ताकाट हुने जिल्लामा झापा र मोरङ अगाडि, डोल्पामा न्यून

फागुनमा घरजग्गा कारोबारबाट चार अर्ब राजश्‍व संकलन

माघ र फागुनमा घरजग्गा कारोबार उस्तै, राजश्‍व संकलनमा भने बढोत्तरी

के तपाईंलाई थाहा छ, घर निर्माण अनुमतिका सात प्रकृयाहरु ?

जग्गा प्रशासन र भू–सूचना प्रणाली सञ्‍चालनमा निर्देशिका खारेज

पौने ७ खर्ब पुग्यो घरजग्गा कर्जा, रियल इस्टेट कर्जाको पनि माग बढ्दै

झनझन् सस्तिदै कर्जा, एक वर्षमै २.५३% घट्यो कर्जाको ब्याजदर

थाहा पाउनुहोस् ओपीसी ४३ ग्रेड र ५३ ग्रेड सिमेन्टबीचको भिन्नता

0FA69C57371CD41-C0C6928AEEF8BA7-72341AC35F689FE-562A455C1E8EB58-Tax-final.jpg

फागुनमा घरजग्गा कारोबारबाट चार अर्ब राजश्‍व संकलन

605E5DEFD398608-_123891123_land.jpg

माघ र फागुनमा घरजग्गा कारोबार उस्तै, राजश्‍व संकलनमा भने बढोत्तरी

E637815ACAC79D5-263A0F732896932-orientalcolonykulehwor-750.jpg

माघमा फेरी घट्यो अपार्टमेन्ट खरिद बिक्री