फागुनमा घरजग्गा कारोबारबाट चार अर्ब राजश्‍व संकलन

घरजग्गा करोबार संख्यामा तराइका मालपोत कार्यालय अगाडि रहेपनि राजश्व संकलनमा भने काठमाडौं उपत्यकाका कार्यालयहरू अगाडि रहेका छन् ।

367B408218B985F-icon.png
221views
0FA69C57371CD41-C0C6928AEEF8BA7-72341AC35F689FE-562A455C1E8EB58-Tax-final.jpg

काठमाडौं । घरजग्गाको कारोबारबाट फागुन महिनामा देशभरका मालपोत कार्यालयबाट चार अर्ब १२ करोड रूपैयाँ राजस्व संकलन  भएको छ ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार अघिल्लो महिना माघको तुलनामा फागुनमा राजस्व संकलनमा वृद्धि भएको छ । जबकी, घरजग्गा कारोबारमा भने सामान्य गिरावट भएको छ ।

विभागका अनुसार एक महिनामा सेवा करबाट २८ करोड ८४ लाख, रजिष्ट्रेशन दस्तुर दुई अर्ब २० करोड ३८ लाख र पुँजीगत लाभकरबाट एक अर्ब ५७ करोड ७२ लाख रूपैयाँ संकलन  भएको छ ।

विभागले चालु आर्थिक वर्षको पहिलो महिना साउनमा तीन अर्ब ८३ करोड ५० लाख, भदौमा तीन अर्ब नौ करोड, असोजमा तीन अर्ब आठ करोड १२ लाख, कात्तिकमा दुई अर्ब ७० करोड ४० लाख, मंसिरमा तीन अर्ब ८७ करोड, पुसमा चार अर्ब २५ करोड २२ लाख र माघमा तीन अर्ब ८७ करोड २४ लाख राजस्व संकलन  गरेको थियो ।

घरजग्गा करोबार संख्यामा तराइका मालपोत कार्यालय अगाडि रहेपनि राजश्व संकलनमा भने काठमाडौं उपत्यकाका कार्यालयहरू अगाडि रहेका छन् । 

मालपोत कार्यालय कलंकीले गत फागुनमा २२ करोड ६१ लाख, मालपोत कार्यालय चाबहिल ले २१ करोड ६८ लाख ५२ हजार, मालपोत कार्यालय लगनखेलले ३८ करोड २८ लाख तथा मालपोत कार्यालय खैरहनी, चितवनले तीन करोड ९४ लाख ४१ हजार राजस्व संकलन गरेको विभागले जनाएको छ ।

फागुनमा घरजग्गा कारोबारबाट चार अर्ब राजश्‍व संकलन

माघ र फागुनमा घरजग्गा कारोबार उस्तै, राजश्‍व संकलनमा भने बढोत्तरी

के तपाईंलाई थाहा छ, घर निर्माण अनुमतिका सात प्रकृयाहरु ?

जग्गा प्रशासन र भू–सूचना प्रणाली सञ्‍चालनमा निर्देशिका खारेज

पौने ७ खर्ब पुग्यो घरजग्गा कर्जा, रियल इस्टेट कर्जाको पनि माग बढ्दै

झनझन् सस्तिदै कर्जा, एक वर्षमै २.५३% घट्यो कर्जाको ब्याजदर

थाहा पाउनुहोस् ओपीसी ४३ ग्रेड र ५३ ग्रेड सिमेन्टबीचको भिन्नता

घरको छानो किन चुहिन्छ ? कसरी मर्मत गर्ने ?

605E5DEFD398608-_123891123_land.jpg

माघ र फागुनमा घरजग्गा कारोबार उस्तै, राजश्‍व संकलनमा भने बढोत्तरी

122372EF269AFAE-Blog-Image02-940x630px.jpg

के तपाईंलाई थाहा छ, घर निर्माण अनुमतिका सात प्रकृयाहरु ?

1ACA909F34EF8CA-7E5C8BC82213D99-4485248A7232C69-FB89AC35CF6D453-807C2BF20DB9472-CE4D9B49BB8B3BE-A54C5DD579A9A2F-4222943AE6649CA-news cover.jpg

पौने ७ खर्ब पुग्यो घरजग्गा कर्जा, रियल इस्टेट कर्जाको पनि माग बढ्दै