बुधबार बसेको मन्त्रीपरिषद् बैठकले जग्गा प्रशासन निर्देशिका, २०५८ र भू–सूचना प्रणाली सञ्चालन निर्देशिका, २०७१ खारेज गर्ने निर्णय गरेको हो ।
काठमाडौं । सरकारले भू–प्रशासन सम्बन्धि दुईवटा निर्देशिका खारेज गरेको छ ।
बुधबार बसेको मन्त्रीपरिषद् बैठकले जग्गा प्रशासन निर्देशिका, २०५८ र भू–सूचना प्रणाली सञ्चालन निर्देशिका, २०७१ खारेज गर्ने निर्णय गरेको हो ।
जग्गा प्रशासन निर्देशिका, २०५८ भूमि व्यवस्थापन तथा अभिलेख विभागद्वारा जारी गरिएको निर्देशिका हो, जसले भूमिसँग सम्बन्धित प्रशासनिक प्रक्रिया, अभिलेख व्यवस्था, नामसारी, नक्सांकन, मापन, र अन्य कानुनी तथा प्राविधिक पक्षहरूको निर्देशन प्रदान गर्छ ।
भू–सूचना प्रणाली सञ्चालन निर्देशिका, २०७१ पनि भूमि व्यवस्थापन तथा अभिलेख विभागद्वारा जारी गरिएको निर्देशिका हो, जसले आधुनिक प्रविधिको प्रयोग गरी भू–सूचना व्यवस्थापन, डिजिटल अभिलेख राख्ने प्रणाली, तथा भू–नक्सा सञ्चालनसम्बन्धी प्रक्रिया व्यवस्थापन गर्छ ।