झनझन् सस्तिदै कर्जा, एक वर्षमै २.५३% घट्यो कर्जाको ब्याजदर

एक वर्षको अवधिमै बैंक तथा वित्तीय संस्थाहरु निक्षेप तथा कर्जाको ब्याजदर उल्लेख्य घटेको छ ।

367B408218B985F-icon.png
148views
ECB6684F27D7131-A3CAC95E42F6450-8535F5EB07FED17-LoweredInterestRates.jpg

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमा फालाफाल तरलता थुप्रिएपछि कर्जाको ब्याजदर झनझन् घट्दै  गइरहेको छ । 

एक वर्षको अवधिमा निक्षेप र कर्जाको ब्याजदर उल्लेख्य घटेको नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको वित्तीय प्रतिवेदनले देखाएको छ ।

एक वर्षमा सञ्चालनमा रहेका २० वाणिज्य बैंकको कर्जाको भारित औषत ब्याजदर २.५३ प्रतिशतले घटेको छ । ०८० माघमा वाणिज्य बैंकहरुमा कर्जाको औषत ब्याजदर ११.०८ प्रतिशत रहेकोमा ०८१ माघमा घटेर ८.५५ प्रतिशतमा सिमित भएको छ ।

विकास बैंकको एक वर्षमा कर्जाको औषत ब्याजदर २.९५ प्रतिशतले घटेको देखिन्छ । ०८० माघमा कर्जाको औषत ब्याजदर १२.८५ प्रतिशत रहेकोमा ०८१ माघमा घटेर ९.९० प्रतिशतमा झरेको छ ।

यस्तै, वित्त कम्पनीमा कर्जाको औषत ब्याजदर एक वर्षमा ३.०५ प्रतिशतले घटेको देखिन्छ । ०८० माघमा १३.९३ प्रतिशत रहेको औषत ब्याजदर ०८१ माघमा १०.८८ प्रतिशतमा झरेको छ ।

निक्षेको ब्याजदर निरन्तर घट्दै

निक्षेपको ब्याजदर घटेकै कारण बैंक तथा वित्तीय संस्थाहरुले कर्जाको ब्याजदर पनि घटाउँदै लगेका हुन् । पछिल्लो समय बैंकमा निक्षेप थुप्रिने तर कर्जा लगानी बढ्न नसक्दा फालाफाल तरलता थुप्रिदै गइरहेको छ ।

एक वर्षको अवधिमा वाणिज्य बैंकहरुमा निक्षेपको औषत भारित ब्याजदर २.३९ प्रतिशतले घटेको छ । ०८० माघमा निक्षेपको औषत व्याजदर ७.०१ प्रतिशत रहेकोमा ०८१ माघमा ४.६२ प्रतिशतमा झरेको छ ।

विकास बैंकहरुको निक्षेपको औषत ब्याजदर एक वर्षमा २.८५ प्रतिशतले घटेको छ । ०८० माघमा विकास बैंकको औषत ब्याजदर ८.२६ प्रतिशत रहेकोमा ०८१ माघमा घटेर ५.४१ प्रतिशतमा सिमित भएको छ ।

यस्तै, वित्त कम्पनीहरुको एक वर्षमो औषत भारित ब्याजदर (निक्षेप) २(९८ प्रतिशतले घटेको देखिन्छ । ०८० माघमा ९.४५ प्रतिशत रहेको वित्त कम्पनीको निक्षेपको औषत ब्याजदर ०८१ माघमा घटेर ६.४५ प्रतिशतमा खुम्चिन पुगेको छ ।

बैंकमा निक्षेपको ब्याजदर घट्दै गएपछि आधार दर (बेसरेट) घट्दै गएको छ । बेसरेट घटेपछि कर्जाको ब्याजदर पनि घट्दै गइरहेको हो । निक्षेपको ब्याजदर घट्ने वित्तीकै बैंक तथा वित्तीय संस्थाहरुको कष्ट अफ फन्ड घटेपछि आधार दर पनि घट्दै गइरहेको हो ।

बैंक तथा वित्तीय संस्थाहरुले आधार दरमा निश्चित प्रतिशत प्रिमियम जोडेर कर्जाको ब्याजदर लिने गर्छन् । 

०८१ माघसम्म आइपुग्दा औषत आधार दर वाणिज्य बैंकहरुको ६.४६ प्रतिशत, विकास बैंकहरुको ८.५२ प्रतिशत र वित्त कम्पनीहरुको ९.३९ प्रतिशतमा झरेको देखिन्छ ।

एक वर्षको अवधिमै बैंक तथा वित्तीय संस्थाहरु निक्षेप तथा कर्जाको ब्याजदर उल्लेख्य घटेको छ ।

झनझन् सस्तिदै कर्जा, एक वर्षमै २.५३% घट्यो कर्जाको ब्याजदर

थाहा पाउनुहोस् ओपीसी ४३ ग्रेड र ५३ ग्रेड सिमेन्टबीचको भिन्नता

घरको छानो किन चुहिन्छ ? कसरी मर्मत गर्ने ?

वर्क–लाइफ सन्तुलन किन आवश्यक छ ?

व्यक्तिको बाँझो जग्गा भाडामा लिएर कृषि उत्पादन गर्दै महाशिला गाउँपालिका

आइएमई समूहको डेढ अर्ब लगानीमा फाइबर सिमेन्ट बोर्ड उद्योग सञ्चालनमा आउँदै

बैंकबाट नयाँ कर्जा लिनेभन्दा पुरानो चुक्ता गर्ने धेरै, घरजग्गा रोक्काभन्दा फुकुवा बढी

युरोपमा भाडाको घरमा बस्नेहरु सबैभन्दा धेरै जर्मनीमा, कुन देशमा कति ?

4233F599CBDB216-1726449714-KEyEW.jpg

फागुनका लागि अधिकांश बैंकले मुद्दतीको ब्याजदर यथावत राखे, ग्लोबलले बढायो

4485248A7232C69-FB89AC35CF6D453-807C2BF20DB9472-CE4D9B49BB8B3BE-A54C5DD579A9A2F-4222943AE6649CA-news cover.jpg

बैंकमा थुप्रियो साढे ३८ अर्बको गैरबैंकिङ सम्पत्ति, कुन बैंकको कति ?

7C2B0B771EE7A8E-249A7077D859949-4652C87FD1F1684-39BAABFB64C5BE1-2A926A06DA9346E-C872D4EAE692774-55450BF936192D3-ghar-jaga.jpg

घरजग्गा क्षेत्रमा कर्जाको माग बढ्न थाल्यो