सरकारले भूउपयोग नीति परिमार्जन गर्दै, माग्यो राय सुझावहरु

आगामी पुस मसान्तसम्म आफ्नो राय सुझावहरु भूमि व्यवस्था मन्त्रालयको आधिकारिक इमेलमार्फत उपलब्ध गराउन सकिने छ ।

367B408218B985F-icon.png
159views
DCFA8352C4CFA65-B959D10EAE761E0-884A9BBAE4E4C85-Bhumi-Mantralaya-Final.jpg

काठमाडौं । सरकारले भूउपयोग नीति, २०७२ परिमार्जन गर्न गृहकार्य थालेको छ । भूमि व्यवस्था मन्त्रालयले यसका लागि राय सुझाव उपलब्ध गराइदिन सरोकारवालाहरुलाई सार्वजनिक सूचना जारी गरी आह्वान गरेको छ ।

आगामी पुस मसान्तसम्म आफ्नो राय सुझावहरु भूमि व्यवस्था मन्त्रालयको आधिकारिक इमेलमार्फत उपलब्ध गराउन सकिने छ । 

परिवर्तनशील सामाजिक(आर्थिक परिदृश्य, द्रुत शहरीकरण, प्राकृतिक स्रोतहरुको दोहन र जलवायु परिवर्तनका कारण भूमिको प्रभावकारी उपयोगलाई सम्बोधन गर्न भूउपयोग नीति, २०७२ मा पुनरावलोकन गरी परिमार्जन गर्न आवश्यक देखिएको मन्त्रालयले जनाएको छ ।

चालू आर्थिक वर्षमा उक्त नीति परिमार्जन गर्ने कार्य प्रारम्भ गरिएको मन्त्रालयद्धारा प्रकाशित सूचनामा उल्लेख छ । भूउपयोग नीतिलाई थप प्रभावकारी एवं कार्यान्वयनयोग्य बनाउन सरोकारवालाहरुको चासोको विषयहरुलाई समेत समावेश गरी परिमार्जन गर्न उपयुक्त हुने देखिएको मन्त्रालयले जनाएको छ ।
 

यसरी गर्न सकिन्छ भूमिको प्रतिफलदायी व्यवस्थापन

बैंकको कर्जा र घरजग्गा दुबै सस्तिँदा पनि किन बढ्न सकेन कारोबार ?

होटल बाराही काठमाडौंको क्रिसमस केक मिक्सिङ

नगरकोटमा ७५ घडेरीको कोलोनी तयार, मूल्य प्रतिआना १८ लाखसम्म

प्रभु बैंकबाट पाइन्छ साढे ८ प्रतिशत ब्याजदरमा घरकर्जा

विराटनगरमा ६९ घडेरीको प्रिमियम प्लटिङ, धुरकै मूल्य ३० लाखसम्म

सरकारले भूउपयोग नीति परिमार्जन गर्दै, माग्यो राय सुझावहरु

ठमेलमा ठेट नेपाली स्वाद पस्कँदै ‘द गोल्डेन थाली’

DCF45904618498D-ET2M8zEUEAApTOB.jpeg

बैंकको कर्जा र घरजग्गा दुबै सस्तिँदा पनि किन बढ्न सकेन कारोबार ?

10EE07A48AD3C2F-kitta.jpg

फुकुवा हुँदा पनि बढेन कित्ताकाट, कैलाली बन्यो पहिलो

20439921554E45E-Gundu.jpeg

दशैं–तिहारपछि पनि घरजग्गा कारोबारमा छाएन उत्साह, मन्दी कायमै