भारतीय अवरोधले सिमेन्ट निर्यातमा २१ प्रतिशत गिरावट

भारतले ब्युरो अफ इन्डियन स्टान्डर्डस् (बीआइएस) नविकरण नगरेपछि सिमेन्ट निर्यात प्रभावित भएको हो

367B408218B985F-icon.png
178views
D5239C3842182F5-Nepali-cement-quality_202001191102431682231740.jpg

काठमाडौं । भारतीय अवरोधका कारण नेपालबाट सिमेन्टको निर्यात घट्दै गइरहेको छ । चालु आर्थिक वर्षको पहिलो आठ महिनामा सिमेन्ट निर्यात २१ प्रतिशतले घटेको हो ।

यस वर्ष साउनदेखि फागुनसम्म नेपाली उद्योगहरुले एक अर्ब ९५ करोड रुपैयाँ बराबरको सिमेन्ट तथा क्लिंकर (अर्धप्रशोधित सिमेन्ट) निर्यात गरेका छन् । 

जबकी, गत वर्षको यसै अवधिमा दुई अर्ब ४७ करोड १७ लाख रुपैयाँ बराबरको सिमेन्ट तथा क्लिंकर निर्यात भएको थियो ।

भारत सरकारले नेपाली सिमेन्ट उद्योगलाई ब्युरो अफ इन्डियन स्टान्डर्डस् (बीआइएस) प्रमाणपत्र प्रदान तथा नविकरण गर्न आनकानी गरेपछि सिमेन्ट निर्यात सुस्ताउन थालेको हो ।

बीआइएस प्रमाणपत्र बिना सिमेन्ट निर्यात गर्न पाइँदैन । तर, अर्घाखाँची लगायत सिमेन्ट उद्योगको ६/७ महिनादेखि बीआइएस नविकरण हुन सकेको छैन् ।
अरु उद्योगहरुले पनि बीआइएस प्रमाणपत्रका लागि आवेदन दिएपनि भारतले दिएको छैन । 

सिमेन्ट निर्यातमा अर्घाखाँची समेन्ट उद्योगको हिस्सा धेरै हुने गथ्र्यो । ठूलो उद्योगले नै महिनौंदेखि सिमेन्ट निर्यात गर्न नपाएपछि समग्र निर्यात घटेको देखिएको हो ।
तयारी सिमेन्ट निर्यातका लागि बीआइएस अनिवार्य भए पनि कच्चा पदार्थ क्लिंकर निर्यातका लागि भने बीआइएस आवश्यक नपर्ने हुँदा भारततर्फ निर्यात भइरहेको बताइएको छ ।

असार ०७९ देखि नेपालबाट भारतमा सिमेन्ट निर्यात सुरु भएको थियो । आरएमसी ग्रुपको पाल्पा सिमेन्ट उद्योगले सबैभन्दा पहिला तानसेन ब्रान्डको सिमेन्ट निर्यात गरेको थियो ।

त्यसपछि अर्घाखाँची, बालाजी, सर्वोत्तम, सिजी पाल्पा, सौर्य लगायत सिमेन्ट उद्योगले पनि निर्यात थालेका थिए ।  

नेपालको निर्माण क्षेत्र चरम मन्दीमा फसेर सिमेन्टको माग घट्दै गइरहेको बेलामा भारततर्फ निर्यात सुरु हुँदा उद्योगीहरुले केही राहत महशुस गरेका थिए ।

निर्यात व्यापारमा सिमेन्ट र क्लिंकरको योगदान बढ्दै गइरहेको थियो । सबैभन्दा धेरै निर्यात हुने प्रमुख १० वस्तुभित्र सिमेन्ट र क्लिंकर पर्न थालिसकेको थियो ।
सिमेन्टको बढ्दो निर्यातले आशा जगाइरहेका बेला भारतले बीआइएस नविकरण नगरिदिँदा फेरी निरासा छाएको छ ।

बजारमा डन्डीको भाउ कति छ ? अब लोडसेडिङ हटेपछि भाउ घट्ला ?

भारतीय अवरोधले सिमेन्ट निर्यातमा २१ प्रतिशत गिरावट

घर बनाउँदा कस्तो छड रोज्ने ?

रियल इस्टेट कारोबार स्थिर, वृद्धिदर ३.१ प्रतिशत मात्रै

तंग्रिन थाल्यो निर्माण क्षेत्र, दोस्रो त्रैमासमा ९.१% वृद्धि हासिल हुने

समयमै सडक नबन्दा दाउन्‍नेको यात्रा निकै कष्टपूर्ण, १४ किमी यात्रा गर्न दुइ-तीन घन्टा लाग्‍ने

बढ्दै छ मूलथलो छाडी बसाइँ सर्नेको दर, बागमती प्रदेश पहिलो रोजाइमा

फ्ल्याटसँगै जग्गा हस्तान्तरण नहुँदा ७२ अपार्टमेन्टका १२ हजार घरधनी जग्गाको स्वामित्व बिहीन

2A021118650CD9F-1920x-1080.jpg

तंग्रिन थाल्यो निर्माण क्षेत्र, दोस्रो त्रैमासमा ९.१% वृद्धि हासिल हुने

192FB0C74DE5229-46FC5FB8F490228-Grande Towers.jpg

फ्ल्याटसँगै जग्गा हस्तान्तरण नहुँदा ७२ अपार्टमेन्टका १२ हजार घरधनी जग्गाको स्वामित्व बिहीन

51060F213E500B6-Laxmi Steel and Sarbottam Cement.png

लक्ष्मी स्टिल र सर्वोत्तम सिमेन्टले तिर्न थाले विद्यूत महशुल बक्यौता