घर बनाउँदा कस्तो छड रोज्ने ?

फलामे छडको गुणस्तर, ग्रेड, लचकतासँगै आकारको बारेमा जानकार रहेर घर निर्माण गर्नु बुद्धिमत्तापूर्ण

367B408218B985F-icon.png
527views
82F6BCCA9CE099F-Falame-Dandi_20181123030827.jpg

काठमाडौं । घर हरेक मान्छेको अमूल्य सपना हो । जुन सपना पूरा गर्न  उसले आफ्नो जीवनभरको कमाई लगाएको हुन्छ । जीवनभरको कमाइ लगाएर निर्माण गरिने घर कमसल भएमा त्यसको क्षतिको पीडा जीवनभर नै रहन सक्छ । यसर्थ घर निर्माण गर्दा लाग्ने सामाग्रीहरुको सम्पूर्ण जानकारी भइराख्नु पर्छ ।

बजारमा निर्माण सामाग्री उत्पादन गर्ने कम्पनीहरु धेरै छन् । जसले बजारमा प्रतिस्पर्धा गर्ने होडबाजीमा कमसल वस्तुको विक्री वितरण बढ्न सक्छ, तसर्थ उपभोक्ताले यसबारे पूर्ण जानकार भई सही फलामे छड रोज्न सक्नुपर्छ ।

फलामे छड रोज्दा वा किन्नु पर्दा के के कुरामा बिचार पुर्याउने त ?

१.फलामे छडको गुणस्तर

एउटा गुणस्तरीय फलामे छडले मात्रै बलियो घर निर्माणमा  सहयोग पुर्याउँछ । हाम्रो  जस्तो विकासोन्मुख देशमा फलामे छड उत्पादन गर्ने कम्पनीको संख्या च्याउसरी फैलिरहेको बेलामा गुणस्तरयुक्त फलामे छड रोज्न सक्नु चुनौतीको बिषय बनेको छ । तसर्थ बजारमा पाईने फलामे छडहरुको गुणस्तर अन्तर्राष्ट्रिय गुणस्तर विभागका साथै नेपाल सरकारको गुणस्तर तथा नापतौल विभागबाट मापन गरीएको हुन्छ भन्ने कुराबारे ज्ञात हुनुपर्छ । 

विभागले फलामे छडको निर्माणमा प्रयोग भएका रसायन वा कच्चा पदार्थको बिस्तृतरूपमा जाँच गरी एनएसः १९१, आइएसआइ, आइएसओ जस्ता गुणस्तर चिन्ह प्रदान गर्छ । अत: घर निर्माणका लागि गुणस्तरयुक्त फलामे छड रोज्न अत्यन्तै जरूरी हुन्छ।

२.फलामे छडको ग्रेड

घर निर्माण गर्ने प्राविधिक तथा निर्माणकर्ताको ध्यान दिगो र बलियो घर निर्माण गर्नुपर्छ भन्नेतर्फ मोडिएपछि फलामे छड उत्पादक कम्पनीहरुले पनि उच्च ग्रेडको छड निर्माणमा ध्यान दिएको पाइन्छ । हामीले पनि घर निर्माणका लागि उचित ग्रेडको फलामे छड छान्न सक्नुपर्छ ।

 नेपाली बजारमा एफइ४१५, एफइ५००, एफइ५००डी जस्ता विभिन्न ग्रेडका फलामे छड पाइन्छन्। यी ग्रेडहरुको आआफ्नै बिशेषता हुन्छन्। जस्तै, एफइ ४१५ मा न्यूनतम ४१५ यिल्ड क्षमता, ४८५ टेन्साईल क्षमता १४.५ प्रतिशत इलान्गेसन हुन्छ भने एफइ ५०० र एफइ ५०० डीमा न्यूनतम यिल्ड क्षमता ५००, टेन्साईल क्षमता ५४५ र ५६५, इलान्गेसन १२ प्रतिशत र १६ प्रतिशत रहेको हुन्छ।

३.फलामको लचकता

घरको लागि छड किन्नुपर्दा सबैभन्दा ख्याल गर्नुपर्ने बिशेषता भनेको फलामको लचकता हो । हुन त फलामको लचकतालाई लिएर पहिले पनि विचार नगरिएको भने हैन तर २०७२ सालको विनाशकारी भूकम्पले यसको महत्व अझ बढी महसुस गराएको छ। घर निर्माणमा फलामे छडको लचकता सबैले विचार गर्नुपर्छ । 

फलामको लचकता भन्नाले धेरै भार पर्दासम्म नभाँचिकन तन्किन सक्ने क्षमता हो । जस्तै बाहिरी कम्पनले घरमा धक्का दिँदा सोही धक्काको गतिमा हल्लिएपछि फेरी स्वत:यथास्थानमै खडा हुन सक्ने क्षमता लाई लचकताको रुपमा बुझ्न सकिन्छ। यस्ता लचकता भएको फलामे छडलाई 'डी'ले इंगित गरिन्छ, जसमा डी भनेको लचकपना हो ।

४.फलामको आकार

घर निर्माणमा एकैखाले फलामे छडको प्रयोग हुँदैन । फलामे छडहरु ८, १०, १२, १६, २०, २५, २८, ३२ एमएम जस्ता विभिन्न आकारमा पाइन्छन्। घरको संरचना हेरी विभिन्न भागमा भिन्नभिन्न आकारका फलामे छडको प्रयोग गर्नुपर्छ । 

साधारणतया घरका पिल्लर निर्माणका लागि १२ तथा १६ एमएमका छड प्रयोग गरिन्छ भने स्ट्राप बिममा २० एमएमका छडको प्रयोग गरिन्छ । यस्तै ढलानमा भने ८ एमएम वा १० एमएमका छडको प्रयोग गरिन्छ । तसर्थ घर निर्माण गर्दा प्राविधिकको सल्लाहअनुसारको आकार भएका छडको प्रयोग गरेर घर दिगो बन्छ ।

यसरी फलामे छडको गुणस्तर, ग्रेड, लचकतासँगै आकारको बारेमा जानकार रहेर घर निर्माण गर्नु बुद्धिमत्तापूर्ण हुने इञ्जिनियरहरू बताउँछन् ।

बजारमा डन्डीको भाउ कति छ ? अब लोडसेडिङ हटेपछि भाउ घट्ला ?

भारतीय अवरोधले सिमेन्ट निर्यातमा २१ प्रतिशत गिरावट

घर बनाउँदा कस्तो छड रोज्ने ?

रियल इस्टेट कारोबार स्थिर, वृद्धिदर ३.१ प्रतिशत मात्रै

तंग्रिन थाल्यो निर्माण क्षेत्र, दोस्रो त्रैमासमा ९.१% वृद्धि हासिल हुने

समयमै सडक नबन्दा दाउन्‍नेको यात्रा निकै कष्टपूर्ण, १४ किमी यात्रा गर्न दुइ-तीन घन्टा लाग्‍ने

बढ्दै छ मूलथलो छाडी बसाइँ सर्नेको दर, बागमती प्रदेश पहिलो रोजाइमा

फ्ल्याटसँगै जग्गा हस्तान्तरण नहुँदा ७२ अपार्टमेन्टका १२ हजार घरधनी जग्गाको स्वामित्व बिहीन

36DE08803244CA8-Falame-Dandi_20181123030827.jpg

बजारमा डन्डीको भाउ कति छ ? अब लोडसेडिङ हटेपछि भाउ घट्ला ?

2A021118650CD9F-1920x-1080.jpg

तंग्रिन थाल्यो निर्माण क्षेत्र, दोस्रो त्रैमासमा ९.१% वृद्धि हासिल हुने

299D602B56A1E77-Cement-Dandi.jpg

सिमेन्ट र डन्डीको मूल्य कति पुग्यो ?