साउनमा अझै घट्यो निक्षेपको ब्याजदर, कर्जा पनि सस्तिदै

असारमा वाणिज्य बैंकमा व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर औषत ६.८८ प्रतिशत रहेकोमा साउनमा घटेर औषत ६.६४ प्रतिशतमा कायम भएको छ

367B408218B985F-icon.png
705views
9E1F153C3157E21-48567ED0608A59C-8535F5EB07FED17-LoweredInterestRates.jpg

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो महिना साउनमा पनि निक्षेपको ब्याजदर घट्ने क्रमले निरन्तरता पाएको छ । असारको तुलनामा साउन महिनामा वाणिज्य बैंकमा व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ०.२४ प्रतिशत बिन्दूले घटेको हो ।

असार महिनामा वाणिज्य बैंकमा व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर औषत ६.८८ प्रतिशत रहेको थियो । साउन महिनामा ब्याजदर घटेर औषत ६.६४ प्रतिशतमा सिमित भएको छ ।

बैंकमा तरलता (लगानीयोग्य रकम) थुप्रिदै गएपछि बैंकहरुले निक्षेपको ब्याजदर घटाउँदै लगेका हुन् । अहिले वाणिज्य बैंकहरुले साधारण बचतमा तीन प्रतिशत हाराहारी मात्रै ब्याज उपलब्ध गराउन थालेका छन् ।

निक्षेपको तुलनामा कर्जा लगानी अपेक्षित रुपमा बढ्न नसकेको बैंकर बताउँछन् । यतिबेला बैंकिङ प्रणालीमा ६ खर्ब ६१ अर्ब रुपैयाँ तरलता (कर्जा लगानीयोग्य रकम) थुप्रिएर बसेको छ ।

निक्षेपको ब्याजदर घट्दै गएपछि कर्जाको ब्याजदर पनि घट्दै गइरहेको छ । जसको लाभ उपभोक्ता (ग्राहक) लाई हुने देखिन्छ । जेठ महिनामा कर्जाको ब्याजदर घटेर २८ महिना यताकै न्यून बिन्दूमा झरेको राष्ट्र बैंकको तथ्यांक छ ।

एक वर्षअघि ०८० जेठमा वाणिज्य बैंकहरुको कर्जाको औषत ब्याजदर १२.५३ प्रतिशत रहेकोमा ०८१ जेठसम्म २.३८ प्रतिशत बिन्दूले घटेर १०.१५ प्रतिशत कायम भएको छ ।

मुद्दती निक्षेपमा कुन बैंकको कति ब्याजदर ?

साउन महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा धेरै ब्याजदर एनएमबि र एनआइसी एशियाले ७.५३ प्रतिशत दिने भएका छन् ।

मुद्दती निक्षेपमा माछापुच्छ्रे, प्रभु, इन्भेष्टमेन्ट मेगा बैंकले साउनका लागि ७ प्रतिशत ब्याजदर तोकेका छन् । यस्तै, सिटिजन्स र सिद्धार्थ बैंकले ६.७५ प्रतिशत, कुमारीले ६.५१ प्रतिशत, प्राइम कमर्शियल र लक्ष्मी सनराइजले ६.५० प्रतिशत ब्याजदर तोकेका छन् ।

सानिमाले ६.४० प्रतिशत, हिमालयले ६.२५ प्रतिशत, ग्लोबल आइएमईले ६.२५ प्रतिशत, एभरेष्ट र एसबिआइले ६.३० प्रतिशत, नेपाल बैंकले ६.२५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ६.२१ प्रतिशत, कृषि विकास बैंकले ६.२९ प्रतिशत ब्याजदर दिने भएका छन् ।

नदि किनारामा थप २० मिटर क्षेत्रभित्र भवन बनाउन नदिने निर्णयप्रति चौतर्फी विरोध

कित्ताकाटमा सहजीकरण गर्न महासंघको माग

डुम्रे नयाँ सहर आयोजनामा आठ वर्षमा ९५ करोड रुपैयाँ लगानी

बडागुरुको दरबारभित्र रैथाने खाना र संस्कृतिको संगम 'भोजन गृह'

कमर्सियल कम्लेक्स र आवासीय अपार्टमेन्ट निर्माणमा सवा ३३ अर्ब कर्जा प्रवाह

२१% पालिकाको भूमिमात्रै पूर्ण वर्गीकरण, ६२० पालिकामा फेरी रोकियो कित्ताकाट

भरतपुरमा महानगरीय चक्रपथको काम ९०% सम्पन्न, डेढ अर्बमा ८८.६ किमी सडक बन्दै

पूर्वी नाकाबाट एक वर्षमा ३२ करोड ६६ लाखको सिमेन्ट निर्यात

BF7210B3BE171E3-F8A93EB659BD4B0-sunrise apartment.jpg

साउनमा १६ युनिट अपार्टमेन्ट किनबेच

5971C5A52A808CC-FB89AC35CF6D453-807C2BF20DB9472-CE4D9B49BB8B3BE-A54C5DD579A9A2F-4222943AE6649CA-news cover.jpg

घरजग्गा कर्जा ५५ प्रतिशतले वृद्धि

53417D290AB635F-807C2BF20DB9472-CE4D9B49BB8B3BE-A54C5DD579A9A2F-4222943AE6649CA-news cover.jpg

खस्कँदो घरजग्गा व्यवसायलाई चलायमान बनाउन महासंघले राष्ट्र बैंकलाई के सुझाव दियो ? यी हुन् मौद्रिक नीतिमा समेट्नुपर्ने आठ सुझाव