२१% पालिकाको भूमिमात्रै पूर्ण वर्गीकरण, ६२० पालिकामा फेरी रोकियो कित्ताकाट

कित्ताकाट रोकिएपछि भूमि व्यवस्था मन्त्रालयले पुनः ‘भूउपयोग नियमावली’ संशोधन गरेर कित्ताकाट खुलाउने प्रकृया अगाडि बढाएको छ

367B408218B985F-icon.png
292views
99E28BE37D67682-Gundu.jpeg

काठमाडौं । सरकारले भूउपयोग नियमावली, २०७९ जारी गरेको दुई वर्ष वित्दासमेत अधिकांश स्थानीय तहहरु (पालिका)ले आफ्नो क्षेत्रमा पर्ने जग्गा वर्गीकरण टुंग्याउन सकेका छैनन् ।

अहिलेसम्म देशभर २१.४५ प्रतिशत स्थानीय तहले मात्रै पूर्ण रुपमा वर्गीकरण गर्न सफल भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागका प्रवक्ता रोशनशंकर घिमिरले जानकारी गराए । 

देशभ रहेका कुल ७५३ स्थानीय तहमध्ये अहिलेसम्म १३३ स्थानीय तहले मात्र जग्गा वर्गीकरण सम्पन्न गरेका छन् । पूर्ण रुपमा भूउपयोग वर्गीकरण गर्न नसकेका ६२० स्थानीय तहमा तत्कालका लागि कित्ताकाट रोकिएको प्रवक्ता घिमिरेको भनाई छ । ‘तत्कालिन समयमा कृषि र गैरकृषि भूमि वर्गीकरण गरेर सिफारिस गरेपनि जग्गा कित्ताकाट गर्न पाइने व्यवस्था गरिएको थियो,’ उनले भने, ‘त्यो छुट सुविधाको समयसीमा सकिएको छ, अब नियमावलीले आंशिक वर्गीकरण वा कृषि र गैरकृषि क्षेत्रमात्र भनेर गरेको वर्गीकरणलाई चिन्दैन ।’

भूउपयोग नियमावलीको नियम ४ बमोजिम भूउपयोग नक्सा अद्यावधिक गरी कित्तागत विवरण तयार गरेको वर्गीकरणलाई मात्र भूमिको पूर्ण वर्गीकरण भएको मानिने विभागले जनाएको छ । देशका अधिकांश क्षेत्रमा कित्ताकाट रोकिने अवस्था सिर्जना भएपछि भूमि व्यवस्था मन्त्रालयले पुनः ‘भूउपयोग नियमावली, २०७९’ संशोधन गरेर केही समयका लागि फेरी कित्ताकाट खुलाउने प्रकृया अगाडि बढाएको बताइएको छ ।

भूउपयोग नियमावली, २०७९ को अनुसूचि १ मा जग्गालाई कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन, नदी, खोला, ताल, सिमसार, सार्वजनिक उपयोग, सांस्कृतिक तथा पुरातात्विक महत्वको क्षेत्र र सरकारले तोकेका अन्य क्षेत्र गरी १० प्रकारमा वर्गीकरण गर्न सकिने स्पष्टसँग व्यवस्था गरिएको छ । सरकारले भूउपयोग वर्गीकरणको जिम्मेवारी स्थानीय तहहरुलाई सुम्पिएको छ । स्थानीय तहमा रहेका भूउपयोग परिषदले भूमिको वर्गीकरण गरेर भूउपयोग नक्सा अद्यावधिक गरी कित्तागत विवरण तयार गर्नुपर्ने हुन्छ ।

कति तहमा कस्तो वर्गीकरण ?

भूमि व्यवस्थापन विभागका अनुसार अहिलेसम्म पूर्ण वर्गीकरण भएका स्थानिय तहको संख्या एक सय ३३ रहेको छ । यस्तै, ३२५ स्थानीय तहले भूमि आंशिक वर्गीकरण गरेका छन् । यस्तै, भूउपयोग कार्यको आरम्भ गरी कृषि र गैरकृषि क्षेत्रमात्र तोकेका स्थानीय तह ५१ रहेका छन् । एक सय ७९ स्थानीय तहले वर्गीकरणको मापदण्ड मात्र तयार गरेको, ५६ स्थानीय तहले भूउपयोग क्षेत्र नक्सा अद्यावधिक मात्र गरेको र ३९ स्थानीय तहले कित्ताकाट विवरण मात्र तयार गरेको विभागले जनाएको छ ।

अहिलेको नियमावलीअनुसार जग्गा पूर्ण वर्गीकरण भएका स्थानीय तहमा मात्रै कित्ताकाट गर्न पाइने छ । अरु वर्गीकरणलाई नियमावलीले नचिन्ने विभागका प्रवक्ता घिमिरले बताए । स्थानीय तहहरुले आ आफ्नो क्षेत्रको भूगोलअनुसार जग्गा वर्गीकरण गर्न सक्छन् । 

गत वर्ष भूउपयोग नियमावली ०७९ को पहिलो संशोधन गर्दै तत्काललाई यथास्थितीमै कित्ताकाट खुला गरी ०८१ साउनभित्र जग्गाको वर्गीकरण गरिसक्न समाय तोकिएको थियो । तर, स्थानीयले आफ्नो जग्गा आवासीय वा गैरकृषि क्षेत्रमा वर्गीकरण गर्न दबाब दिएपछि स्थानीय तहल अलमलमा परेका छन् ।

सरकारले सुरुवाती समयमा कित्ताकाट खुलाउने प्रयोजनले कृषि र गैरकृषि भूमि वर्गीकरण गर्ने स्थानीय तहहरुमा कित्ताकाट गर्न दिने व्यवस्था गरेको थियो । तर, अब त्यो सुविधा उपलब्ध छैन । अब फेरी नियमावली संशोधन नहुँदासम्म पूर्ण रुपमा जग्गा वर्गीकरण टुंग्याउने स्थानीय तहबाहेक सबैतिर कित्ताकाट रोकिएको विभागको भनाई छ ।

फेरी घट्यो बैंकको ब्याजदर, अशोजमा २ बैंकले मात्र बढाए

निर्माण क्षेत्र तंग्रिन नसक्दा चितवनका सबै इँटा उद्योग बन्द

बागलुङमा साढे १८ सय रोपनी जग्गामा चक्लाबन्दी, बाँझो जग्गा हराभरा

तनहुँमा एक अर्ब लगानीमा खुल्यो ‘सिद्धार्थ होटल दमौली’

आक्रमक फैलिदै भाटभटेनी, तीन दिनको अन्तरमा दुई स्टोर शिलन्यास, तीन अर्ब लगानी हुँदै

जग्गा वर्गीकरणका लागि ११ महिना समय थप, ०८२ असार मसान्तसम्म टुंग्याउनुपर्ने

कंक्रिटका घरले फेरिँदै मनाङको मौलिकता

खोला किनारामा नयाँ मापदण्डको फैसला गर्ने न्यायाधीशलाइ महाअभियोग लगाउन माग

5A6F53E8DF8ED9C-1726373707-N4NeI.jpg

बागलुङमा साढे १८ सय रोपनी जग्गामा चक्लाबन्दी, बाँझो जग्गा हराभरा

F795B99112758A6-CB93765BE37C685-BD6F306C9069F5C-Land-Plooting-final.jpg

कित्ताकाटमा सहजीकरण गर्न महासंघको माग

A6790AC77175FA2-WhatsApp Image 2024-08-20 at 07.44.18_90a68d58.jpg

ललितपुरको छम्पीमा विश्वकै ठूलो भैरवको मुखाकृतीसहितको आर्ट भिलेज बन्दै