पूर्वी नाकाबाट एक वर्षमा ३२ करोड ६६ लाखको सिमेन्ट निर्यात

देशका विभिन्न नाकाबाट विगत दुइ वर्ष अघिदेखि सिमेन्ट र क्लिंकर निर्यात हुँदै आए पनि यस नाकाबाट भने पहिलो पटक निर्यात भएको हो

367B408218B985F-icon.png
233views
713F89D860BCE2C-Nepali-cement-quality_20200119110243.jpg

झापा । पूर्वी नाका काँकडभिट्टाबाट गत आर्थिक वर्षमा ३२ करोड ६६ लाख ५ हजार मूल्य बराबरको सिमेन्ट भारत निर्यात भएको छ।

मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कँडेलकानुसार गत आर्थिक वर्ष ०८०/८१ मा पूर्वी नाका हुँदै ३२ करोड ६६ लाख ५ हजार मूल्य बराबरको ४९ हजार ९ सय ५९ मेट्रिकटन सिमेन्ट निर्यात भएको हो।

देशका विभिन्‍न नाकाबाट विगत दुइ वर्षअघिदेखि सिमेन्ट र क्लिंकर निर्यात हुँदै आए पनि यस नाकाबाट भने पहिलो पटक निर्यात भएको उनले जानकारी दिए। 

यस नाकाबाट निर्यात भएका सिमेन्ट भने झापामा उत्पादन नभएको सिमेन्ट व्यवसायीले बताएका छन्। झापामा रहेका आठवटा सिमेन्ट उद्योगमध्ये तीन वटा बन्द अवस्थामा रहेका छन्। चालु रहेका पाँचवटा उद्योगसमेत धरासायी अवस्थामा रहेको नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य उमेश डालमियाले बताए। 

उनले उत्पादनको ४० प्रतिशत सिमेन्ट खपत हुन नसक्दा उद्योगहरू बन्द हुने अवस्थामा पुगेका बताए। यहाँ उत्पादित ५० प्रतिशत सिमेन्ट विदेश निर्यात गर्न सके मात्र उद्योग सञ्‍चालन गर्न सकिने डालमियाको भनाइ छ।

'बिनाअध्ययन उद्योग खोल्न सरकारले अनुमति दियो, उद्योग थपिँदा उत्पादन बढी भयो तर विकास निर्माणका काम विगतभन्दा घटेकाले समस्या भएको छ। बजारमा माग घटेपछि उद्योग बन्द हुने अवस्थामा पुगेका हुन्', उनले भने, 'अब यहाँ उत्पादित सिमेन्टको बजार व्यवस्थापनका लागि ठोस् पहल नभएमा सबै उद्योग बन्द हुने अवस्थामा पुग्‍ने छन्। यसबारे सबै निकाय समयमै सचेत हुन आवश्यक छ।' रासस

तनहुँमा एक अर्ब लगानीमा खुल्यो ‘सिद्धार्थ होटल दमौली’

आक्रमक फैलिदै भाटभटेनी, तीन दिनको अन्तरमा दुई स्टोर शिलन्यास, तीन अर्ब लगानी हुँदै

जग्गा वर्गीकरणका लागि ११ महिना समय थप, ०८२ असार मसान्तसम्म टुंग्याउनुपर्ने

कंक्रिटका घरले फेरिँदै मनाङको मौलिकता

खोला किनारामा नयाँ मापदण्डको फैसला गर्ने न्यायाधीशलाइ महाअभियोग लगाउन माग

उपत्यका मेयर्स फोरमको मागः नदी किनाराको मापदण्ड सम्बन्धि सर्वोच्चको फैसला पुनरावलोकन गरिनुपर्छ

नदि किनारामा थप २० मिटर क्षेत्रभित्र भवन बनाउन नदिने निर्णयप्रति चौतर्फी विरोध

कित्ताकाटमा सहजीकरण गर्न महासंघको माग

9A924C74B81B5BC-gandaki_province1691914550_1024.jpg

गण्डकी प्रदेशमा पनि घट्यो घर–भवनको नक्सा पास

6B73843233DD875-chart.jpg

कोशीमा इँटा, सिमेन्ट र डन्डी उद्योग संकटमै, इँटाको ८.१%, सिमेन्टको १६.३% मात्रै क्षमता उपयोग

3D4716DFAF72B5A-47BB0FE6F302086-Nepali-cement-quality_20200119110243.jpg

चालु आर्थिक वर्षमा सिमेन्ट–क्लिंकरको निर्यात चार अर्ब पुग्दै