कित्ताकाटमा सहजीकरण गर्न महासंघको माग

जग्ग्गाको वर्गीकरण टुंग्याउन नसकेका ६ सय २० पालिका (स्थानिय तह)मा कित्ताकाट फेरी रोकिएपछि महासंघले समस्या समाधान गर्न माग गरेको हो ।

367B408218B985F-icon.png
256views
F795B99112758A6-CB93765BE37C685-BD6F306C9069F5C-Land-Plooting-final.jpg

काठमाडौं । नेपाल जग्गा तथा आवास विकास महासंघले भूउपयोग निमावली, २०७९ संशोधन गरेर कित्ताकाटमा सहजीकरण गर्न माग गरेको छ । जग्ग्गाको वर्गीकरण टुंग्याउन नसकेका ६ सय २० पालिका (स्थानिय तह)मा कित्ताकाट फेरी रोकिएपछि महासंघले समस्या समाधान गर्न माग गरेको हो ।

भूउपयोग नियमावली, २०७९ बमोजिम जग्गा वर्गीकरणका लागि ६ महिनाको समयसीमा तोकेकोमा सो अवधिमा केही स्थानीय तहबाहेक अधिकाँशले जग्गा वर्गीकरणको कार्य सम्पन्न गर्न नसकेपछि सरकारले ३२ साउन ०८० मा नियमावली पहिलो संशोधन गर्दै एक वर्षभित्र भूउपयोग क्षेत्रको वर्गीकरण गर्नुपर्ने व्यवस्था गरेको थियो ।

हालसम्म एक सय ३३  स्थानीय तहले मात्र जग्गा पूर्ण रुपमा वर्गिकरण गर्न सफल भएको भूमि व्यवस्थापन विभागले जनाएको छ । महासंघले विज्ञप्तीमार्फत भनेको छ– ‘अधिकांश स्थानीय तहहरुले जग्गा वर्गीकरणको काम सम्पन्न गर्न नसकेका कारण ती पालिकाहरुमा सबै प्रकृतिका कित्ताकाट ठप्प भएको भन्दै महासंघअन्तर्गतका जिल्ला संघहरु तथा देशभरका घरजग्गा व्यवसायीहरुबाट समस्या समाधान गरिदिन पहल गर्न माग आइरहेको स्थिति छ ।’

‘यस अवस्थालाई मध्यनजर गर्दै भूउपयोग नियमावलीमा यथाशीघ्र संशोधन गरी भूउपयोग क्षेत्रको वर्गीकरण गर्ने म्याद थप गरिदिन महासंघ सरकारसँग आग्रह गर्छ’ विज्ञप्तीमार्फत भनिएको छ– ‘यसरी थप हुने अवधिभित्र भूउपयोग क्षेत्रको वर्गीकरणको कार्य सम्पन्न गर्न सम्पूर्ण स्थानीय पालिकाहरुलाई अनुरोध समेत गर्छौं ।’ 
 

फेरी घट्यो बैंकको ब्याजदर, अशोजमा २ बैंकले मात्र बढाए

निर्माण क्षेत्र तंग्रिन नसक्दा चितवनका सबै इँटा उद्योग बन्द

बागलुङमा साढे १८ सय रोपनी जग्गामा चक्लाबन्दी, बाँझो जग्गा हराभरा

तनहुँमा एक अर्ब लगानीमा खुल्यो ‘सिद्धार्थ होटल दमौली’

आक्रमक फैलिदै भाटभटेनी, तीन दिनको अन्तरमा दुई स्टोर शिलन्यास, तीन अर्ब लगानी हुँदै

जग्गा वर्गीकरणका लागि ११ महिना समय थप, ०८२ असार मसान्तसम्म टुंग्याउनुपर्ने

कंक्रिटका घरले फेरिँदै मनाङको मौलिकता

खोला किनारामा नयाँ मापदण्डको फैसला गर्ने न्यायाधीशलाइ महाअभियोग लगाउन माग

5A6F53E8DF8ED9C-1726373707-N4NeI.jpg

बागलुङमा साढे १८ सय रोपनी जग्गामा चक्लाबन्दी, बाँझो जग्गा हराभरा

99E28BE37D67682-Gundu.jpeg

२१% पालिकाको भूमिमात्रै पूर्ण वर्गीकरण, ६२० पालिकामा फेरी रोकियो कित्ताकाट

A6790AC77175FA2-WhatsApp Image 2024-08-20 at 07.44.18_90a68d58.jpg

ललितपुरको छम्पीमा विश्वकै ठूलो भैरवको मुखाकृतीसहितको आर्ट भिलेज बन्दै