कमर्सियल कम्लेक्स र आवासीय अपार्टमेन्ट निर्माणमा सवा ३३ अर्ब कर्जा प्रवाह

एकातिर व्यापार व्यवसायमा शिथिलता छाएको र अर्कोतर्फ आवास (अपार्टमेन्ट) खरिद गर्ने ग्राहकहरू नहुँदा कमर्सियल कम्पलेक्स र अपार्टमेन्ट निर्माण सुस्ताएको हो

367B408218B985F-icon.png
308views
5701101545C72F7-D2DD82ABE38BF6C-Project news.jpg

काठमाडौं । कमर्सियल कम्पलेक्स तथा आवासीय अपार्ट निर्माणमा प्रवाह हुने कर्जाको वृद्धिदर घटेको छ । आर्थिक वर्ष ०७९÷८० मा २२.८ प्रतिशतले बढेको यस्तो कर्जा गत आर्थिक वर्षमा ७.२ प्रतिशतले मात्रै बढेको देखिन्छ ।

बैंक तथा वित्तीय संस्थाहरुबाट हालसम्म कमर्सियल कम्पलेक्स र रेसिडेन्सियल अपार्टमेन्ट निर्माणका लागि भनेर ३३ अर्ब २७ करोड रुपैयाँ कर्जा प्रवाह भएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । 

गत आवमा दुई अर्ब २४ करोड रुपैयाँले थपिएको हो । अघिल्लो आव ०७९/८० मा कम्पलेक्स र अपार्टमेन्ट निर्माण शिर्षकको कर्जा पाँच अर्ब ७६ करोड ६५ लाख रुपैयाँले वृद्धि भएको थियो ।

रियल इस्टेटमा आएको शिथिलताका कारण बैंकको कर्जा प्रवाह पनि घटेको तथ्यांकले देखाउँछ । पछिल्लो समय निर्माणको चरणमा रहेका कमर्सियल कम्पलेक्स र अपार्टमेन्टहरु पनि रोकिएका छन् । एकातिर व्यापार व्यवसायमा शिथिलता छाएको र अर्कोतर्फ आवास (अपार्टमेन्ट) खरिद गर्ने ग्राहक नहुँदा कम्पलेक्स र अपार्टमेन्ट निर्माण सुस्ताएको हो ।

फेरी घट्यो बैंकको ब्याजदर, अशोजमा २ बैंकले मात्र बढाए

निर्माण क्षेत्र तंग्रिन नसक्दा चितवनका सबै इँटा उद्योग बन्द

बागलुङमा साढे १८ सय रोपनी जग्गामा चक्लाबन्दी, बाँझो जग्गा हराभरा

तनहुँमा एक अर्ब लगानीमा खुल्यो ‘सिद्धार्थ होटल दमौली’

आक्रमक फैलिदै भाटभटेनी, तीन दिनको अन्तरमा दुई स्टोर शिलन्यास, तीन अर्ब लगानी हुँदै

जग्गा वर्गीकरणका लागि ११ महिना समय थप, ०८२ असार मसान्तसम्म टुंग्याउनुपर्ने

कंक्रिटका घरले फेरिँदै मनाङको मौलिकता

खोला किनारामा नयाँ मापदण्डको फैसला गर्ने न्यायाधीशलाइ महाअभियोग लगाउन माग

BF7210B3BE171E3-F8A93EB659BD4B0-sunrise apartment.jpg

साउनमा १६ युनिट अपार्टमेन्ट किनबेच

A6790AC77175FA2-WhatsApp Image 2024-08-20 at 07.44.18_90a68d58.jpg

ललितपुरको छम्पीमा विश्वकै ठूलो भैरवको मुखाकृतीसहितको आर्ट भिलेज बन्दै

29021041A91CAD9-Building.png

सवा तीन अर्ब विदेशी लगानीमा बन्दै दुई बिजनेश कम्पलेक्स