साउनमा ललितपुरको लगनखेल मालपोत कार्यालयबाट सात, डिल्लीबजार मालपोत कार्यालयबाट पाँच, चावहिल मालपोतबाट दुई र कलंकी मालपोतबाट दुई युनिट अपार्टमेन्ट किनबेच भएका छन्
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा अपार्टमेन्ट किनबेच अत्यन्तै न्यून देखिएको छ ।
साउन महिनामा १६ युनिट अपार्टमेन्ट मात्रै किनबेच भएका छन् । गत आर्थिक वर्षको साउन महिनामा ३० युनिट र अघिल्लो आर्थिक वर्ष ०७९/८० को साउनमा ४१ युनिट अपार्टमेन्ट किनबेच भएका थिए ।
पछिल्लो समय अपार्टमेन्ट किनबेच झनझन घट्दै गइरहेको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकले देखाउँछ ।
साउनमा ललितपुरको लगनखेल मालपोत कार्यालयबाट सात, डिल्लीबजार मालपोत कार्यालयबाट पाँच, चावहिल मालपोतबाट दुई र कलंकी मालपोतबाट दुई युनिट अपार्टमेन्ट किनबेच भएका छन् ।
साउन महिनामा पोखरा, वीरगञ्जलगायत क्षेत्रमा एउटै अपार्टमेन्ट किनबेच नभएको भूमि विभागको तथ्यांकले देखाउँछ ।