घरजग्गा कर्जा ५५ प्रतिशतले वृद्धि

नेपाल राष्ट्र बैंकका अनुसार गत आवमा घरजग्गा क्षेत्रमा ५७ अर्ब ५८ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । अघिल्लो आवमा ३१ अर्ब ५१ करोड रुपैयाँ कर्जा प्रवाह भएको थियो ।

367B408218B985F-icon.png
512views
5971C5A52A808CC-FB89AC35CF6D453-807C2BF20DB9472-CE4D9B49BB8B3BE-A54C5DD579A9A2F-4222943AE6649CA-news cover.jpg

काठमाडौं । ब्याजदर घट्दै गएपछि घरजग्गा कर्जा पनि बढ्न थालेको छ । 

अघिल्लो आवको तुलनामा गत आवमा बैंक तथा वित्तीय संस्थाहरुको घरजग्गा कर्जा ५५ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार गत आवमा घरजग्गा क्षेत्रमा ५७ अर्ब ५८ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । अघिल्लो आव ०७९/८० मा ३१ अर्ब ५१ करोड रुपैयाँ कर्जा प्रवाह भएको थियो ।

गत वर्ष रियल इस्टेट शर्षिकमा प्रवाह हुने कर्जा घटेको छ भने व्यक्तिगत आवासीय घरकर्जा बढेको देखिन्छ । गत वर्ष व्यक्तिगत आवासीय घरकर्जा ३८ अर्ब ८९ करोड रुपैयाँ र रियल इस्टेट कर्जा १८ अर्ब ६९ अर्ब रुपैयाँ थपिएको छ । 

अघिल्लो आवमा व्यक्तिगत आवासीय घरकर्जा १० अर्ब ३२ करोड र रियल इस्टेट कर्जा २१ अर्ब १९ करोड रुपैयाँ थपिएको थियो । 

नेपाल राष्ट्र बैंकले अधिकतम दुई करोडसम्मको घरकर्जालाई व्यक्तिगत आवासीय र दुई करोडभन्दा बढीको कर्जालाई रियल इस्टेट कर्जामा गणना गर्ने व्यवस्था गरेको छ ।

रियल इस्टेट शिर्षकमा प्रवाह भएको कुल कर्जामध्ये रेसिडेन्सियल रियल इस्टेट (व्यक्तिगत आवासीय घरकर्जाबाहेक) सात अर्ब ६ करोड रुपैयाँ, कमर्सियल कम्पलेक्स एन्ड रेसिडेन्सियल अपार्टमेन्ट निर्माण कर्जा दुई अर्ब २४ करोड रुपैयाँ, जग्गा खरिद तथा प्लटिङमा १४ अर्ब ११ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । 

आम्दानी सिर्जना गर्ने कमर्सियल कम्पलेक्समा प्रवाह हुने ऋण भने ऋणात्मक छ । पछिल्लो समय व्यापार सुस्ताएपछि कम्पलेक्स पनि प्रभावित बनेका छन् । जसले गर्दा नयाँ कम्पलेक्स निर्माण र कर्जा लगानी घटेको छ ।

फेरी घट्यो बैंकको ब्याजदर, अशोजमा २ बैंकले मात्र बढाए

निर्माण क्षेत्र तंग्रिन नसक्दा चितवनका सबै इँटा उद्योग बन्द

बागलुङमा साढे १८ सय रोपनी जग्गामा चक्लाबन्दी, बाँझो जग्गा हराभरा

तनहुँमा एक अर्ब लगानीमा खुल्यो ‘सिद्धार्थ होटल दमौली’

आक्रमक फैलिदै भाटभटेनी, तीन दिनको अन्तरमा दुई स्टोर शिलन्यास, तीन अर्ब लगानी हुँदै

जग्गा वर्गीकरणका लागि ११ महिना समय थप, ०८२ असार मसान्तसम्म टुंग्याउनुपर्ने

कंक्रिटका घरले फेरिँदै मनाङको मौलिकता

खोला किनारामा नयाँ मापदण्डको फैसला गर्ने न्यायाधीशलाइ महाअभियोग लगाउन माग

7EA66F528AC39BA-banking-kaja.jpg

फेरी घट्यो बैंकको ब्याजदर, अशोजमा २ बैंकले मात्र बढाए

B4B430A8C6A26B1-Machhapuchhre-bank-MBL.jpg

माछापुच्छ्रे बैंकले बेसरेटमा ०.५% प्रिमियम ब्याजदरमै घरकर्जा दिने

BF7210B3BE171E3-F8A93EB659BD4B0-sunrise apartment.jpg

साउनमा १६ युनिट अपार्टमेन्ट किनबेच