खस्कँदो घरजग्गा व्यवसायलाई चलायमान बनाउन महासंघले राष्ट्र बैंकलाई के सुझाव दियो ? यी हुन् मौद्रिक नीतिमा समेट्नुपर्ने आठ सुझाव

घरजग्गा व्यवसायीले मौद्रिक नीतिमार्फत अनुमतिप्राप्त रियल इस्टेट कम्पनीलाई प्रवाह हुँदै आएको कर्जामा कर्जा र धितोको अनुपात ८० प्रतिशत पुर्याउन माग गरेका छन्

367B408218B985F-icon.png
774views
53417D290AB635F-807C2BF20DB9472-CE4D9B49BB8B3BE-A54C5DD579A9A2F-4222943AE6649CA-news cover.jpg

काठमाडौं । नेपाल जग्गा तथा आवास विकास महासंघले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा समेट्न राष्ट्र बैंकलाई आठवटा सुझाव पेश गरेको छ ।

मन्दीका कारण रियल इस्टेट व्यवसाय खस्किदै गइरहेको अवस्थामा रियल इस्टेट क्षेत्रलाई राहत प्रदान गरी मौद्रिक नीति ल्याएर देशको अर्थतन्त्र चलायमान बनाउनुपर्ने सुझाव महासंघको छ । 

महासंघले मौद्रिक नीतिमार्फत अनुमतिप्राप्त रियल इस्टेट कम्पनीलाई प्रवाह हुँदै आएको बैंक कर्जामा कर्जा र धितोको अनुपात ८० प्रतिशत पुर्याउन माग गरेका छन् ।

राष्ट्र बैंकले घरजग्गा खरिद प्रयोजनका लागि कर्जा भुक्तानी र आम्दानीको अनुपात ८० प्रतिशत गर्नुपर्ने व्यवसायीको माग छ । अहिले यस्तो अनुपात ५० प्रतिशत कायम छ । गत आवको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षापछि एक निर्देशन जारी गर्दै राष्ट्र ५० लाखसम्मको आवास कर्जाका लागि ऋण भुक्तानी आम्दानी अनुपात ६० प्रतिशत पुर्याएको छ । 

यदि ऋणीले आम्दानीको कर चुक्ता प्रमाणपत्र पेश गरेमा घरजग्गा खरिद प्रयोजनका लागि लिइने कर्जाका लागि कर्जा भुक्तानी र अम्दानी अनुपात बढाएर ७० प्रतिशत पुर्याइएको छ । राष्ट्र बैंकले गत आर्थिक वर्षको मौद्रिक नीतिमार्फत घरजग्गा क्षेत्रमा प्रवाह हुने कर्जामा लचकता अपनाउँदै आइरहेको छ ।

रियल इस्टेट व्यवसाय गर्ने कम्पनीहरुलाई प्रदान गरिने कर्जाको जोखिम भार सय प्रतिशतमा झार्न व्यवसायीले सुझाव दिएका छन् । अहिले रियल इस्टेट कर्जाको जोखिमभार १२५ प्रतिशत कायम छ ।

महासंघले राष्ट्र बैंक रियल इस्टेट कर्जाको पुनरतालिकीकरण र पुनरसंरचनाको व्यवस्था गरिदिन पनि माग गरेको छ ।

अर्थतन्त्र चलायमान नभएको वर्तमान परिप्रेक्ष्यमा कर्जाको प्रिमियम घटाउनुपर्ने पनि राष्ट्र बैंकलाई सुझाव छ । बैंकले आधार दरमा ६ प्रतिशतसम्म प्रिमियम जोडेर ब्याज लिँदै आएका छन् । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य रकम बढ्दै जाँदा बैंकको कस्ट अफ फण्ड घट्न थालेपछि आधार दर पनि घट्दै गइरहेको र ब्याजदर पनि सिंगल डिजिटमै उपलब्ध हुन थालेको छ ।

रियल इस्टेट कर्जालाई वर्किङ क्यापिटल गाईडलाईन लागू नगर्नका लागि स्पष्ट निर्देशन दिनुपर्ने पनि व्यवसायीको माग छ ।

गगनचुम्बी भवनलाई अद्भुत वास्तुकला र इन्जिनियरिङको चमत्कार कसरी बनाइन्छ ?

पृथ्वी राजमार्गको विमलनगर खण्ड एक महिना आंशिक बन्द हुने

सिमेन्ट निर्यात २०% ले खस्कियो, सात महिनामा एक अर्ब ६४ करोडको निर्यात

धेरै घरजग्गा कारोबार हुनेमा मोरङ पहिलो, काठमाडौं चौथो स्थानमा, मनाङ र मुस्ताङ पुछारमा

वसन्त ऋतुमा घर कसरी सजाउने ? थाहा पाउनुहोस् यी सात उपयोगी सुझाव

माघमा फेरी घट्यो अपार्टमेन्ट खरिद बिक्री

माघ महिनामा घरजग्गा कारोबारबाट तीन अर्ब ८७ करोड राजस्व संकलन

झापामा सबैभन्दा धेरै कित्ताकाट हुँदा मुस्ताङ र मुगुमा सबैभन्दा कम

38F1B7DF77C2103-Ways-to-Prepare-Your-Home-for-Spring-Cover-26-02.jpg

वसन्त ऋतुमा घर कसरी सजाउने ? थाहा पाउनुहोस् यी सात उपयोगी सुझाव

E637815ACAC79D5-263A0F732896932-orientalcolonykulehwor-750.jpg

माघमा फेरी घट्यो अपार्टमेन्ट खरिद बिक्री

6FEBB5BDD61B78B-A5EB41EEB6CBE9E-pokhara-1737719404.jpg

निरन्तर बढिरहेको घरजग्गा कारोबारमा लाग्यो ‘ब्रेक’, माघमा किनबेच घट्दा राजश्व उठ्ती यथावत