बन्दीपुरका हरेक गाउँलाई पर्यटन गन्तव्य बनाइने

पौराणिक सहरका रूपमा रहेको तनहुँको बन्दीपुर गाउँपालिकालाई संरक्षित क्षेत्र घोषणा गरिएको छ ।

367B408218B985F-icon.png
441views
C302E0971CD92E6-bandipur-village.jpg

दमौली । तनहुँको बन्दीपुर गाउँपालिकाले हरेक गाउँहरूलाई पर्यटकीय ठाउँका रूपमा विकास गर्ने भएको छ । बन्दीपुर बजारभन्दा केही पर रहेका गाउँहरूलाई पूर्वाधार विकास गरी पर्यटकीय ठाउँका रूपमा विकास गर्न लागिएको हो ।

बन्दीपुर –३ रामकोट, वडा नं ५ को कोरिखा, झारगाउँ, वडा नं ६ को धरमपानी, हुस्लाङ, कमलबारी, लखनबारी, ग्याजाटारलगायत गाउँलाई पर्यटकीय ठाउँ बनाउने अभियान सञ्‍चालन गरिने गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिए । पालिकाले त्यस्ता ठाउँमा रहेको घरबास (होमस्टे) को संरक्षण, प्रवर्द्धन, घरबासमा पूर्वाधार निर्माणमा सहयोग गर्ने उनले बताए ।

गाउँपालिकाले आन्तरिक पर्यटकलाई आकर्षित गर्न ‘घुम्‍न जाउँ बन्दीपुर’ सम्बन्धी प्रवर्द्धनात्मक कार्यक्रम अगाडि बढाएको छ । यसका लागि काठमाडौं, पोखरा, विराटनगरजस्ता ठूला सहरमा उक्त कार्यक्रम सञ्चालन गरिने अध्यक्ष थापाले बताए ।

पर्यटनलाई आम्दानीको मुख्य स्रोत ठान्दै धेरैभन्दा धेरै पर्यटक भित्र्याउन विभिन्‍न कार्यक्रम गरिने उनले बताए ।

‘विशेष संरक्षित क्षेत्र तथा पौराणिक सहरका रूपमा रहेको बन्दीपुर बजारलाई थप आकर्षक बनाउन विशेष पौराणिकता झल्कने कार्यक्रम सञ्‍चालन गर्ने सोचमा छौं,’ उनले भने ।

गण्डकी प्रदेशको दोस्रो पर्यटकीय गन्तव्य एवम् पहाडकी रानीको नामले परिचित बन्दीपुरका छ वटै वडाका पर्यटकीयस्थलको दिगो विकासका लागि बन्दीपुर गाउँपालिकामा पर्यटकीय केन्द्र बनाइने अध्यक्ष थापाले उल्लेख गरे ।

पौराणिक सहरका रूपमा रहेको तनहुँको बन्दीपुर गाउँपालिकालाई संरक्षित क्षेत्र घोषणा गरिएको छ ।

बन्दीपुरमा आउने पर्यटकको लागत राख्न र होमस्टे होटलहरूको एकीकृत जानकारी गराउन पर्यटन सूचना केन्द्रको स्थापना गरिने, होमस्टेको संरक्षण संवर्द्धन र प्रवर्द्धन गरी होमस्टे सर्किटको विकास गरिने, सिद्धगुफा, पातलदारी गुफा हुस्लाङकोट दरबार, मुकुन्देश्‍वरी पदमार्ग, चन्द्रकोटगढी, थानीमाई, भुकभुके पर्यटकीय क्षेत्रलगायतका पर्यटकीयस्थलको संरक्षण गर्ने नीति अगाडि सारिएको छ ।

गोदावरीमा हाउजिङका घर किन्‍न ग्लोबल आइएमईले ८.९९% ब्याजदरमा ऋण दिने

बबरमहल प्रशासनिक प्लाजा बनाउन गन्सु एसएस ल्यान्डमार्कको आशयपत्र

एक पटकलाई हदबन्दी छुटको जग्गा बिक्री गर्न पाउने गरी प्रतिनिधि सभाबाट विधेयक पारित

बन्दीपुरका हरेक गाउँलाई पर्यटन गन्तव्य बनाइने

सुदूरपश्‍चिम प्रदेशमा पनि घर निर्माण सुस्त, नक्सा पासमा १४% गिरावट

नेपालगञ्‍जमा घर बीमा कार्यक्रम कार्यान्वयन

बढ्दै छ काठमाडौंमा घरजग्गा कारोबार

एक वर्षमै थपिए चारवटा पाँचतारे होटेल

D2DD82ABE38BF6C-Project news.jpg

औद्योगिक सहर वीरगञ्‍जमा अपार्टमेन्ट कल्चर हुर्कन नपाउँदै मन्दीको मारमा

40732622DB41750-कुहुँ.jpg

मेटिएको इतिहास खोज्दै कुहूँ

DAD3C9812481A61-SK-Nepal.jpg

कोरियाको चेओरवन सहर र ललितपुर महानगरबीच भगिनी सम्बन्ध कायम गर्ने तयारी