कित्ताकाट खुलेपछि घरजग्गा व्यवसायी उत्साहित, भूमि र शहरी ऐन पनि जारी गर्न आग्रह

नेपाल जग्गा तथा आवास विकास संघले विज्ञप्तीमार्फत कित्ताकाट पूर्ण रुपमा खुला गर्ने सरकारी निर्णयको स्वागत गरेको छ ।

367B408218B985F-icon.png
4061views
CAE6C2D76FC8D37-9F83C43B4F139A7-Ghar-Jagga-final.jpg

काठमाडौं । सरकारले लामो समयदेखि रोकिएको कित्ताकाट खोल्ने निर्णय गरेपछि घरजग्गा व्यवसायीहरु उत्साहित बनेका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् वैठकले भूउपयोग नियमाली २०७९ मा पहिलो संसोधन गरी कित्ताकाट पूर्ण रुपमा खुला गरेको छ ।

नेपाल जग्गा तथा आवास विकास संघले विज्ञप्तीमार्फत कित्ताकाट पूर्ण रुपमा खुला गर्ने सरकारी निर्णयको स्वागत गरेको छ । विज्ञप्तीमा भनिएको छ– ‘देशको समग्र आर्थिक गतिविधि सुस्त बन्दै गएको वर्तमान परिप्रेक्ष्यमा कित्ताकाट खुलेबाट घरजग्गा क्षेत्रको कारोबार सहज भई देशको अर्थतन्त्र पनि चलायमान बन्‍ने अपेक्षा छ ।’ 

भू–उपयोग नियमावली, २०७९ मा भएको पहिलो संशोधनबाट नेपालको रियल इस्टेट व्यवसायीका साथै सर्वसाधारण जनता समेतले सहजरुपमा कित्ताकाट गर्न पाउने संघको ठहर छ । साथै, यसबाट घरजग्गाको खरिद बिक्रीमा पारदर्शीता कायम गर्नमा समेत सहयोग पुग्‍ने अपेक्षा संघको छ ।

संघले सरकारसँग भूमि सम्बन्धी एकीकृत ऐन र शहरी विकास ऐन समेत जारी गर्न आग्रह गरेको छ । 

विज्ञप्तीमा भनिएको छ– ‘घरजग्गा व्यवसायलाई मर्यादित, व्यवसायिक, स्वच्छ एवं पारदर्शी बनाउँदै जग्गा तथा आवास विकास मार्फत देशको अर्थतन्त्रलाई योगदान पुर्याउने लक्ष्यका साथ २०५० सालमा स्थापित यो संघ व्यवस्थित शहरीकरण र जग्गा तथा आवास विकास लगायतका विषयहरुमा सबै सरकारी निकायहरुसँग सहयोग, समन्वय एवं सहकार्य कायम राख्दै

मुलकको अर्थतन्त्रलाई सबल बनाउन सदा तत्पर रहेको छ ।’
 

नदि किनारामा थप २० मिटर क्षेत्रभित्र भवन बनाउन नदिने निर्णयप्रति चौतर्फी विरोध

कित्ताकाटमा सहजीकरण गर्न महासंघको माग

डुम्रे नयाँ सहर आयोजनामा आठ वर्षमा ९५ करोड रुपैयाँ लगानी

बडागुरुको दरबारभित्र रैथाने खाना र संस्कृतिको संगम 'भोजन गृह'

कमर्सियल कम्लेक्स र आवासीय अपार्टमेन्ट निर्माणमा सवा ३३ अर्ब कर्जा प्रवाह

२१% पालिकाको भूमिमात्रै पूर्ण वर्गीकरण, ६२० पालिकामा फेरी रोकियो कित्ताकाट

भरतपुरमा महानगरीय चक्रपथको काम ९०% सम्पन्न, डेढ अर्बमा ८८.६ किमी सडक बन्दै

पूर्वी नाकाबाट एक वर्षमा ३२ करोड ६६ लाखको सिमेन्ट निर्यात

4FFE4DD1BBC7380-0FA11CE8ECCDC5D-lalitpur-land.jpg

साउनमा ८ महिनायताकै सबैभन्दा कम कित्ताकाट

BF7210B3BE171E3-F8A93EB659BD4B0-sunrise apartment.jpg

साउनमा १६ युनिट अपार्टमेन्ट किनबेच

A1B779B4F27B537-land cover image news.jpg

काठमाडौं भ्यालीमा २० लाखमुनिका जग्गा खोज्दै हुनुहुन्छ ? यी हुन सक्छन् उपयुक्त विकल्प