साउनमा ८ महिनायताकै सबैभन्दा कम कित्ताकाट

झापाको भद्रपुर मालपोतबाट ३५ सय ७५ कित्ताकाट हुँदा मोरङको बेलवारीबाट ३३ सय ३९ र कैलालीको धनगढीबाट ३२ सय ९२ कित्ताकाट भएका छन् ।

367B408218B985F-icon.png
473views
4FFE4DD1BBC7380-0FA11CE8ECCDC5D-lalitpur-land.jpg

काठमाडौं । पछिल्ला महिनाहरुमा निरन्तर बढिरहेको जग्गाको कित्ताकाट फेरी घट्न थालेको छ । आर्थिक वर्षको पहिलो महिना साउनमा आठ महिनायताकै सबैभन्दा कम कित्ताकाट भएको भूमि व्यवस्थापन विभागले जनाएको छ ।

साउन महिनामा ४४ हजार ४३५ टुक्रा जग्गा कित्ताकाट भएर ९५ हजार ९८१ कित्ता भएका छन् । यो कित्ताकाट संख्या २०८० मंसिर महिनायताकै सबैभन्दा कम हो । गत कार्तिकमा ७० हजार ११६ कित्ताकाट भएकोमा मंसिर महिनामा एक लाख १० हजार कित्ताकाट भएका थिए । ०८१ जेठमा दुई वर्षयताकै उच्च कित्ताकाट भएको थियो । उक्त महिना एक लाख ६५ हजारभन्दा धेरै कित्ताकाट भएका थिए । असार महिनामा पनि एक लाख ३६ हजार १०२ कित्ताकाट भएको विभागको तथ्यांक छ ।

तर, साउन महिनामा कित्ताकाट स्वात्तै घटेको हो । 

घरजग्गा किनबेच र राजश्‍वमा पनि गिरावट

साउन महिनामा कित्ताकाट मात्र नभएर घरजग्गा किनबेच र राजश्‍व संकलन पनि घटेको छ । साउनमा देशैभर ४३ हजार ८३५ घरजग्गाको लिखत पारित भएको विभागले जनाएको छ । जबकी, जेठमा ६१ हजार र असारमा ४६ हजार कित्ताकाट भएका थिए । असारपछि घरजग्गा किनबेच पनि सुस्ताउन थालेको छ ।

साउनमा देशभरका मालपोतक कार्यालयबाट तीन अर्ब ८३ करोड ५१ लाख रुपैयाँ राजश्‍व संकलन भएको छ । जबकी, जेठमा चार अर्ब ३३ करोड र असारमा पाँच अर्ब दुई करोड रुपैयाँ राजश्‍व संकलन भएको विभागको तथ्यांक छ ।

साउनमा कहाँ कति कित्ताकाट ?

साउनमा सबैभन्दा बढी कित्ताकाट झापाको भद्रपुर क्षेत्रमा भएका छन् । भद्रपुर मालपोतबाट ३५ सय ७५ कित्ताकाट हुँदा मोरङको बेलवारीबाट ३३ सय ३९, कैलालीको धनगढीमा ३२ सय ९२ कित्ताकाट भएको विभागले जनाएको छ ।

यस्तै, सुनसरीको इनरुवा मालपोतबाट ३२ सय ४९, जनकपुरबाट २३ सय ८७, बाराको कलैयाबाट २३ सय ८३, पर्साबाट २३ सय ३३, सप्तरीको राजविराजबाट २३ सय २३, लगनखेलबाट २२ सय २०, सिराहाबाट २१ सय १२ कित्ताकाट भएको देखिन्छ ।

फेरी घट्यो बैंकको ब्याजदर, अशोजमा २ बैंकले मात्र बढाए

निर्माण क्षेत्र तंग्रिन नसक्दा चितवनका सबै इँटा उद्योग बन्द

बागलुङमा साढे १८ सय रोपनी जग्गामा चक्लाबन्दी, बाँझो जग्गा हराभरा

तनहुँमा एक अर्ब लगानीमा खुल्यो ‘सिद्धार्थ होटल दमौली’

आक्रमक फैलिदै भाटभटेनी, तीन दिनको अन्तरमा दुई स्टोर शिलन्यास, तीन अर्ब लगानी हुँदै

जग्गा वर्गीकरणका लागि ११ महिना समय थप, ०८२ असार मसान्तसम्म टुंग्याउनुपर्ने

कंक्रिटका घरले फेरिँदै मनाङको मौलिकता

खोला किनारामा नयाँ मापदण्डको फैसला गर्ने न्यायाधीशलाइ महाअभियोग लगाउन माग

7EA66F528AC39BA-banking-kaja.jpg

फेरी घट्यो बैंकको ब्याजदर, अशोजमा २ बैंकले मात्र बढाए

5A6F53E8DF8ED9C-1726373707-N4NeI.jpg

बागलुङमा साढे १८ सय रोपनी जग्गामा चक्लाबन्दी, बाँझो जग्गा हराभरा

F795B99112758A6-CB93765BE37C685-BD6F306C9069F5C-Land-Plooting-final.jpg

कित्ताकाटमा सहजीकरण गर्न महासंघको माग