काठमाडौं भ्यालीमा २० लाखमुनिका जग्गा खोज्दै हुनुहुन्छ ? यी हुन सक्छन् उपयुक्त विकल्प

अब प्रतिआना ८/१० लाखसम्मका जग्गा भेट्याउनु भनेको भगवान फेला पार्नुसरह हो । मन्दीले घरजग्गा कारोबार ठप्प हुँदा पनि घडेरीको मूल्य त्यति नघटेको घरजग्गा कारोबारी बताउँछन् ।

367B408218B985F-icon.png
939views
A1B779B4F27B537-land cover image news.jpg

काठमाडौं । ७७ वटै जिल्लाका मान्छेको तिब्र बसाइसराइले जग्गाको उपलब्धता कम हुँदै गएपछि काठमाडौं उपत्यकामा सस्तो मूल्यका घडेरी पाउन मुस्किल पर्न थालेको छ । उपत्यकाका कुनाकाप्चातिरै पुग्दा पनि घडेरीको मूल्य आनाको २० लाखभन्दा धेरै भन्छन् । 

अब प्रतिआना ८/१० लाखसम्मका जग्गा भेट्याउनु भनेको भगवान फेला पार्नुसरह हो । मन्दीले घरजग्गा कारोबार ठप्प हुँदा पनि घडेरीको मूल्य त्यति नघटेको घरजग्गा कारोबारी बताउँछन् । महंगो मूल्यका ठूला प्रोपर्टीको मूल्य भने मन्दीले केही घटेको छ ।

हामी तपाइँलाई काठमाडौं उपत्यकाभित्र बिक्रीमा राखिएका प्रतिआना मूल्य २० लाखमुनिका जग्गाहरुको बारेमा जानकारी गराउँदै छौं ।   

१) भक्तपुरको सुडालमा १५ फिट बाटोको पहुँच भएको तीन आनादेखि चार आनासम्मका टुक्रा जग्गाहरु बिक्रिमा राखिएको छ । प्लटिङमा रहेको यी घडेरीको बिक्री मूल्य प्रतिआना १९ लाख ५० हजार भनिएको छ ।

२) गोलढुंगामा ७ फिटे बाटोमा रहेको सात आना जग्गा बिक्रीमा छ । उत्तर–पूर्वी मोहडा फर्किएको सो आवासीय जग्गाको मूल्य प्रतिआना १३ लाख ५० हजार रुपैयाँ तोकिएको छ ।

३) काठमाडौंको फर्पिङमा २० फिट बाटोको पहुँच भएको २२ रोपनी जग्गा बिक्रीमा रहेको छ । कृषि वा अन्य व्यवसायिक प्रयोजनको लागि उपयुक्त रहेको सो जग्गाको मूल्य आनाको २ लाख ५० हजार रुपैयाँ राखिएको छ ।

४) ललितपुरको बुङमतिमा तीन आना वा सोभन्दा बढी क्षेत्रफलका टुक्रे जग्गाहरु बिक्रीमा राखिएको छ । मोटर बाटोको पहुँच भएको यी घडेरीको मूल्य प्रतिआना १६ लाख रुपैयाँ भनिएको छ ।

५) ललितपुरको लामाटारमा तीन आना वा त्यसभन्दा बढी क्षेत्रफलका टुक्रे जग्गाहरु बिक्रीमा छन् । १३ फिटको बाटोको पहुँच भएको यी घडेरीको मूल्य १५ लाख ५० हजार रुपैयाँ प्रतिआना तोकिएको छ ।

 ६) काठमाडौंको सुन्दरीजलमा १३ फिट बाटोको पहुच भएको चार आना एक पैसा आवासीय जग्गा बिक्रिमा  छ, जसको मूल्य प्रतिआना १७ लाख रहेको छ ।

७) काठमाडौं उपत्यका नजिकै रहेको जिल्ला काभ्रेको पाँचखालमा बत्तीस रोपनी क्षेत्रफलमा फैलिएको प्लटिङमा घडेरी बिक्रीमा छन् । १३ फिट ढलान बाटोको सुविधा रहेको घडेरीहरुको मूल्य प्रतिआना ६ लाख राखिएको छ ।

८) काठमाडौंको किर्तीपुरस्थित चोभारमा २२ फिटको बाटोसँगै जोडिएको चौतिस रोपनी जग्गा बिक्रीमा छ । विविध प्रयोजनको लागि उपयुक्त हुने सो जग्गाको मूल्य प्रतिआना १८ लाख रुपैयाँ भनिएको छ ।

९) ललितपुरको गोदावरीमा २० फिट बाटोको पहुच रहेको छ रोपनी जग्गा बिक्रीमा उपलब्ध छ । शान्त र रमणीय वातावरणमा अवस्थित सो जग्गाको मूल्य प्रतिआना १६ लाख ५० हजार तोकिएको छ ।

१०) काठमाडौंको फुटुङ तारकेश्वरमा १० फिट बाटोको पहुच भएको चार आना आवासीय जग्गा बिक्रिमा राखिएको छ । दक्षिण मोहडा फर्किएको यस जग्गाको मूल्य प्रतिआना १८ लाख रहेको छ ।

११) काठमाडौंकै काभ्रेस्थलीमा उत्तर–पूर्वी मोहडा फर्किएको तीन रोपनी दुई आना जग्गा बिक्रीमा छ । १३ फिटको बाटो जोडिएको सो जग्गाको मूल्य प्रतिआना ९ लाख ५० हजार रुपैयाँ राखिएको छ ।

 १२) भक्तपुरको खड्का गाँउमा दक्षिण मोहडा फर्किएको दुई रोपनी चार आना जग्गा बिक्रीमा रहेको छ । २० फिट बाटोको पहुच भएको सो जग्गाको मूल्य २० लाख प्रतिआना राखिएको छ ।

 

 

फेरी घट्यो बैंकको ब्याजदर, अशोजमा २ बैंकले मात्र बढाए

निर्माण क्षेत्र तंग्रिन नसक्दा चितवनका सबै इँटा उद्योग बन्द

बागलुङमा साढे १८ सय रोपनी जग्गामा चक्लाबन्दी, बाँझो जग्गा हराभरा

तनहुँमा एक अर्ब लगानीमा खुल्यो ‘सिद्धार्थ होटल दमौली’

आक्रमक फैलिदै भाटभटेनी, तीन दिनको अन्तरमा दुई स्टोर शिलन्यास, तीन अर्ब लगानी हुँदै

जग्गा वर्गीकरणका लागि ११ महिना समय थप, ०८२ असार मसान्तसम्म टुंग्याउनुपर्ने

कंक्रिटका घरले फेरिँदै मनाङको मौलिकता

खोला किनारामा नयाँ मापदण्डको फैसला गर्ने न्यायाधीशलाइ महाअभियोग लगाउन माग

5A6F53E8DF8ED9C-1726373707-N4NeI.jpg

बागलुङमा साढे १८ सय रोपनी जग्गामा चक्लाबन्दी, बाँझो जग्गा हराभरा

F795B99112758A6-CB93765BE37C685-BD6F306C9069F5C-Land-Plooting-final.jpg

कित्ताकाटमा सहजीकरण गर्न महासंघको माग

99E28BE37D67682-Gundu.jpeg

२१% पालिकाको भूमिमात्रै पूर्ण वर्गीकरण, ६२० पालिकामा फेरी रोकियो कित्ताकाट