के तपाई घरजग्गा किन्दै हुनुहुन्छ ? भूमि विभागका यी १० सुझाव अनिवार्य मनन गर्नुहोस्

हामी घरजग्गा खरिद गर्दा धेरै कुरामा पहिल्यै सचेत हुनुपर्छ । अर्थात्, घरजग्गा खरिद प्रकृयाको सामान्य जानकारी अनिवार्य हुनुपर्छ ।

367B408218B985F-icon.png
6779views
9F83C43B4F139A7-Ghar-Jagga-final.jpg

काठमाडौं । घरजग्गा खरिद गर्दा अलिकति हसियार नभए ठगिन सकिन्छ । कतिपय असंगठित घरजग्गा कारोवारीहरु ठग्‍नकै लागि पनि सक्रिय हुन्छन् । यदि बेलैमा सचेत नभए हामीले जीवनभर मिहेनत गरेर कमाएको पैसा फस्‍न सक्छ ।

हामी घरजग्गा खरिद गर्दा धेरै कुरामा पहिल्यै सचेत हुनुपर्छ । अर्थात्, घरजग्गा खरिद प्रकृयाको सामान्य जानकारी अनिवार्य हुनुपर्छ । नत्र, घरजग्गा किन्दा दलालकाे फन्दामा पर्न सकिन्छ ।

भूमि व्यवस्था मन्त्रालय अन्तर्गतको भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गा खरिद गर्दा विभिन्‍न विषयमा सजग रहन सेवाग्राहीलाई अनुरोध गरेको छ ।

१) सबैभन्दा पहिला आफुले खरिद गर्न लागेको जग्गाको नक्सा, फिल्ड, बुक, क्षेत्रफल अनुसारको जग्गा फिल्डमा छ छैन यकिन गर्ने ।

२) मोठ, श्रेस्ता कायम छ छैन र जग्गा रोक्का छ छैन यकिन हुनुपर्छ । जग्गा कुन व्यहोराले जग्गाधनीको स्वामित्वमा आएको हो ? सरकारी एवं सार्वजनिक र अरु व्यक्तिको जग्गा घुसेको छ छैन ? घरजग्गा धनी एकिन गर्ने र अधिकृत वारेसनामाबाट लिखत पारित गर्ने भए सोको आधिकारिकता यकिन गर्ने ।

३) अंशियार वा हकवाला छन् छैनन्, यदि भए साक्षी राख्‍ने ।

४) घर–टहराको समेत स्वामित्व हस्तान्तरण हुने हो भने सोको व्यहोरा लिखतमा स्पष्‍ट खुलाउने ।

५) प्लटिङ गरिएको जग्गा भए डेभलपरले स्वीकृति लिए–नलिएको र मापदण्ड अनुरुप छ छैन एकिन गर्ने ।

६) लिखतमा वास्तविक कारोबार मूल्य लेख्‍ने ।

७) लिखतमा लेखिएको व्यहोरा राम्ररी अध्ययन गरी कार्यालयको कर्मचारीको रोहवरमा मात्र सहि छाप गर्ने ।

८) रजिष्‍ट्रेसन दस्तुर, सेवा शुल्क, पुँजीगत लाभकर लगायतका दस्तुर बैंक वा सम्बन्धित कर्मचारीलाई बुझाई रसिद अनिवार्य रुपमा लिने र सुरक्षित राख्‍ने ।

९) आर्थिक कारोबार बैंकमार्फत गर्ने ।

१०) लिखत लेख्दा र पारित भएपछि पुर्जा लिँदा जग्गाधनी पूर्जामा आफ्नो नाम, थर, वतन र घरजग्गाको विवरण ठिक छ छैन हेर्ने ।

नदि किनारामा थप २० मिटर क्षेत्रभित्र भवन बनाउन नदिने निर्णयप्रति चौतर्फी विरोध

कित्ताकाटमा सहजीकरण गर्न महासंघको माग

डुम्रे नयाँ सहर आयोजनामा आठ वर्षमा ९५ करोड रुपैयाँ लगानी

बडागुरुको दरबारभित्र रैथाने खाना र संस्कृतिको संगम 'भोजन गृह'

कमर्सियल कम्लेक्स र आवासीय अपार्टमेन्ट निर्माणमा सवा ३३ अर्ब कर्जा प्रवाह

२१% पालिकाको भूमिमात्रै पूर्ण वर्गीकरण, ६२० पालिकामा फेरी रोकियो कित्ताकाट

भरतपुरमा महानगरीय चक्रपथको काम ९०% सम्पन्न, डेढ अर्बमा ८८.६ किमी सडक बन्दै

पूर्वी नाकाबाट एक वर्षमा ३२ करोड ६६ लाखको सिमेन्ट निर्यात

4FFE4DD1BBC7380-0FA11CE8ECCDC5D-lalitpur-land.jpg

साउनमा ८ महिनायताकै सबैभन्दा कम कित्ताकाट

BF7210B3BE171E3-F8A93EB659BD4B0-sunrise apartment.jpg

साउनमा १६ युनिट अपार्टमेन्ट किनबेच

A1B779B4F27B537-land cover image news.jpg

काठमाडौं भ्यालीमा २० लाखमुनिका जग्गा खोज्दै हुनुहुन्छ ? यी हुन सक्छन् उपयुक्त विकल्प