५८ शहर अलपत्र पारेर सरकारले फेरी गर्‍यो अर्को ‘हाइटेक सिटी’ बनाउने घोषणा

बिहीबार सार्वजनिक गरिएको ‘संयुक्त सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम’मार्फत केन्द्रबिन्दू पारेर ‘हाइटेक सिटी’ बनाउने घोषणा गरिएको हो ।

367B408218B985F-icon.png
4670views
9D717FBF7858301-High-tech-city-final.jpg

–सरकारले देशको मध्यभागमा पर्ने गरी एउटा ‘हाइटेक सिटी’ निर्माणका लागि सम्भाव्यता अध्ययन गर्ने 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्डं नेतृत्वको सरकारले देशको मध्यभागमा पर्ने गरी एउटा ‘हाइटेक सिटी’ निर्माणका लागि सम्भाव्यता अध्ययन गर्ने भएको छ ।

बिहीबार सार्वजनिक गरिएको ‘संयुक्त सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम’मार्फत केन्द्रबिन्दू पारेर ‘हाइटेक सिटी’ बनाउने घोषणा गरिएको हो ।

तर, हाइटेक सिटी कहाँ बनाउने भनेर बताइएको छैन । देशको मध्यभागमा पर्ने गरी भनिएको हुनाले हेटौंडा, चितवन, नवलपरासीदेखि बटुवलसम्मको भू–भागमध्ये कुनै ठाउँ पर्न सक्ने देखिन्छ ।

हालसम्म ५८ नयाँ शहर घोषणा

यसअघि पनि सरकारले देशका विभिन्‍न ठाउँमा स्मार्ट सिटी, अत्याधुनिक नयाँ सहर निर्माण गर्ने घोषणा गरिसकेको छ । तर, मध्यपहाडी (पुष्पलाल) राजमार्गमा १२ वटा शहर निर्माण गर्ने घोषणा गरिएको छ । यस्तै, हिमाली भेग र तराईका हुलाकी रामार्गलगायत ठाउँहरुमा पनि नयाँ शहर निर्माण गर्ने योजना छ ।

यस्तै, काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा ४ वटा नयाँ शहर बनाउने घोषणा भएकोमा अहिले विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार भइसकेर पनि अलपत्र परेको छ ।

अहिलेसम्म देशका विभिन्‍न ५८  ठाउँमा अत्याधुनिक सेवा सुविधासहितका नयाँ शहरहरु बनाउने घोषणा भएको छ । तर, नयाँ शहरहरु निर्माण गर्ने घोषणा भएपनि कार्यान्वयन पक्ष भने निरासाजनक देखिएको छ । 

सरकारले दर्जनौं ठाउँमा नयाँ शहर निर्माण गर्ने घोषणा गरेता पनि काम भने अ‍ेपेक्षित हुन नसकेको भन्दै महालेखा परिक्षकको कार्यालयले आफ्नो ५९औं वार्षिक प्रतिवेदनमा प्रश्‍नसमेत खडा गरेको छ ।

महालेखाले भनेको छ, ‘चालु आयोजनाहरुको काम सम्पन्‍न नहुँदै अर्को नयाँ नयाँ शहरी आयोजना थप्दै जाने प्रवृत्तिले वर्षौंसम्म आयोजनाहरुको काम अधुरो रहने गरेको छ ।’ 

महालेखाले सुरु भइसकेका नयाँ शहर आयोजनाको काम सम्पन्‍न भइसकेपछि मात्र नयाँ कार्यक्रम सञ्‍चालन गर्न सुझाव दिएको छ । तर, घोषणा भएका सहर निर्माण सम्पन्‍न गर्ने भन्दा पनि नयाँ सहर घोषणा गर्नेतर्फ प्रतिस्पर्धा देखिन्छ । 

यस्तो प्रतिस्पर्धाले ठाउँ ठाउँमा सुविधा सम्पन्‍न एकीकृत वस्ती÷शहर विकास गरी बसाई सराई रोक्ने सरकारको पवित्र कामले मुर्तता पाउन सकेको छैन ।

मध्यपहाडी लोकमार्गमा १० स्थानमा २०८६/८७ सम्म प्रतिशहर कम्तीमा एक लाख जनसंख्या बसोबास गर्न सक्ने अत्याधुनिक, सेवा सुविधा र पूर्वाधारयुक्त शहरहरु विकास गर्ने उद्देश्यले आर्थिक वर्ष २०६६/६७ देखि नयाँ शहर आयोजना सुरु गरिएको थियो ।

सरकारले बसाइ सराइलाई रोक्ने अवधाराणासहित तराई, पहाडदेखि हिमालसम्म सुविधा सम्पन्‍न नयाँशहर विकास गर्ने रणनीति बनाएको छ । 

तर, अहिलेसम्म एउटै नयाँ शहरको काम सम्पन्‍न भएको छैन् । नयाँ शहरलाई राजनीतिक दल, मन्त्री र नेताहरुले चुनावी एजेन्डा बनाउँदा अन्धाधुन्ध परियोजनाहरु थपिएका हुन् । तर, कार्यान्वयन पक्षमा भने कसैले ध्यान दिन नसकेको देखिन्छ ।

हुलाकी राजमार्ग र आसपासका १५ स्थान र अन्य विभिन्‍न १३ शहरलाई स्मार्ट शहरको रुपमा विकास गर्ने, लुक्लासहित उच्च हिमाली भेगमा रहेका १० वस्तीहरुलाई ट्रान्स हिमालयन सिटीका रुपमा विकास गर्ने कार्यक्रम छ ।

हालसम्म ५ हिमाली वस्तीको सम्भाव्यता अध्ययन गरी मोर्फोलोजिकल रिटेनमेन्ट एन्ड इन्हेन्समेन्ट प्लानको अन्तिम प्रतिवेदन र १३ स्मार्ट सिटीको गुरुयोजना सहितको अन्तिम प्रतिवेदन स्वीकृत भएको छ ।
 

कसरी छान्ने गुणस्तरीय निर्माण सामाग्री ? सुरक्षित भण्डारण कसरी गर्ने ?

नवरात्रको छैटौँ दिन: आज स्कन्दमाताको पूजा आराधना गरिँदै

भूकम्पको इपिसेन्टर बारपाकमा देखिन छाडे परम्परागत ढुंगाका घर

आश्विन शुक्ल चौथी तिथिः आज पनि कुष्माण्डा देवीको पूजा गरिँदै

धादिङको मासटारमा खुल्यो ट्रिपल क्राउन रिसोर्ट

घर कस्तो ठाउँमा बनाउने ? कहाँ नबनाउने ?

नेपाल बैंकमा पाइन्छ ७.७० प्रतिशत ब्याजदरमै घरकर्जा

नदी र खोला किनारका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने सरकारको निर्णय

07E61350F75178F-2BE72C71445B602-E8688A935C27BD7-home.jpg

वर्ष ०८१ः तीन महिनामा डेढ लाखभन्दा धेरै घरजग्गा किनबेच, सवा १३ अर्ब राजश्व संकलन

71DCB519601F218-unnamed (1).png

मन्दीमा फसेको घरजग्गा कारोबार बढ्न थाल्नुका १२ कारण

4AD97C431B6596F-Tea-state.jpg

यस्तो थियो ‘गिरीबन्धु टि स्टेट’को जग्गा सट्टापट्टा गर्न दिने ‘ओली सरकार’को निर्णय