वर्ष ०८१ः तीन महिनामा डेढ लाखभन्दा धेरै घरजग्गा किनबेच, सवा १३ अर्ब राजश्व संकलन

तीन महिनाको अवधिमा कुल १२९ युनिट अपार्टमेन्ट किनबेच भएका छन्, जसमध्ये वैशाखमा २८, जेठमा ३० र असारमा ७१ युनिट अपार्टमेन्ट किनेबच भएका हुन्

367B408218B985F-icon.png
1033views
07E61350F75178F-2BE72C71445B602-E8688A935C27BD7-home.jpg

काठमाडौं । वर्ष ०८१ रियल इस्टेट क्षेत्रका लागि सुखद बन्ने देखिएको छ । यस वर्षको सुरुवाती महिनाहरुमा घरजग्गा किनबेचसँगै राजश्व संकलन पनि बढेको हो ।

०८१ को पहिलो तीन महिना वैशाख, जेठ र असारमा एक लाख ५७ हजार घरजग्गा किनबेच भएका छन् । जुन अघिल्लो वर्षको यसै अवधिको तुलनामा बढी हो । 

०८० को पहिलो तीन महिनामा एक लाख ४६ हजार ३०१ र ०७९ को पहिलो तीन महिनामा एक लाख ४६ हजार ३४१ घरजग्गाको लिखत पारित भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक छ । 

घरजग्गा किनबेच बढेसँगै राजश्व असुली पनि बढेको छ । ०८१ को पहिलो तीन महिनामा देशभरका मालपोत कार्यालयले १३ अर्ब २२ करोड ६६ लाख रुपैयाँ राजश्व उठाउन सफल भएका छन्, जुन अघिल्लो वर्षको यसै अवधिको तुलनामा करिव दुई अर्ब ९ करोड रुपैयाँले धेरै हो ।

०८० को पहिलो तीन महिनामा देशभरबाट ११ अर्ब १३ करोड ५१ लाख रुपैयाँ राजश्व उठेको विभागले जनाएको छ । 

यस वर्ष वैशाख महिनामा ४९ हजार ७८२ घरजग्गाको लिखत पारित हुँदा जेठमा ६१ हजार १६१ र असारमा ४६ हजार १७९ घरजग्गाको लिखत पारित भएका छन् । 

यस्तै, वैशाखमा तीन अर्ब ८६ करोड ६४ लाख रुपैयाँ राजश्व उठेकोमा जेठमा बढेर चार अर्ब ३३ करोड ९२ लाख र असारमा झनै बढेर पाँच अर्ब २३ करोड ६० लाख रुपैयाँ राजश्व उठेको विभागको तथ्यांक छ ।

यस वर्षको पहिलो तीन महिनामा चार लाख ३२ हजार १३४ कित्ताकाट भएका छन् भने एक लाख १३ हजार ९१६ घरजग्गा रोक्का हुँदा ८८ हजार ९५७ घरजग्गा फुकुवा भएको देखिन्छ । 

यस्तै, तीन महिनाको अवधिमा कुल १२९ युनिट अपार्टमेन्ट किनबेच भएको छन् । वैशाखमा २८, जेठमा ३० र असारमा ७१ युनिट अपार्टमेन्ट किनेबच भएको तथ्यांकले देखाउँछ ।

कसरी छान्ने गुणस्तरीय निर्माण सामाग्री ? सुरक्षित भण्डारण कसरी गर्ने ?

नवरात्रको छैटौँ दिन: आज स्कन्दमाताको पूजा आराधना गरिँदै

भूकम्पको इपिसेन्टर बारपाकमा देखिन छाडे परम्परागत ढुंगाका घर

आश्विन शुक्ल चौथी तिथिः आज पनि कुष्माण्डा देवीको पूजा गरिँदै

धादिङको मासटारमा खुल्यो ट्रिपल क्राउन रिसोर्ट

घर कस्तो ठाउँमा बनाउने ? कहाँ नबनाउने ?

नेपाल बैंकमा पाइन्छ ७.७० प्रतिशत ब्याजदरमै घरकर्जा

नदी र खोला किनारका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने सरकारको निर्णय

7FB98387A46D196-63d0fdae871e645f96601c50_VrdfRizXgXp0CmlzLIvAh_laFuP5RCSbgkcl4erHzYfevIensfbsEHZC4TTEjyzjFxgQimz8Y21BxH8-JuXZxEmPn9pfGo_CfXtBLqxzHPnX_rE1n6vvRDkyiVbfEeUl-bGJzVKDaDfY4sch9njrukoNm_IHxA5qIzagurIJR6pkUkcBl3gYuYDB.jpeg

कसरी छान्ने गुणस्तरीय निर्माण सामाग्री ? सुरक्षित भण्डारण कसरी गर्ने ?

9019A7574F7E066-khurkot-bajar-in.jpg

घर कस्तो ठाउँमा बनाउने ? कहाँ नबनाउने ?

625B8AC935B31CE-4d59f9a5-a084-4be1-9eba-bf1e9f8a08da.jpeg

कुन कुन हाउजिङ र अपार्टमेन्ट डुवानमा परे ?