लिजेन्डले भक्तपुरको पलासे, सिपाडोल, चाँगुनारायण नगरपालिकाको कलामशे, दक्षिणकाली नगरपालिका चाल्नाखेल, काभ्रेको बालुवा र पोखरामा आफ्नो आयोजना विस्तार गरिरहेको छ
काठमाडौं । लुम्बिनी विकास बैंकले लिजेन्ड प्रोपर्टीले विकास गरेका व्यवस्थित घडेरी र घर खरिद गर्ने ग्राहकलाई सहजै सस्तो ब्याजदरमा कर्जा दिइने भएको छ ।
लुम्बिनी विकास बैंक र लिजेन्ड प्रोपर्टिजबीच भएको व्यवसायिक सम्झौताअनुसार लिजेन्डले निर्माण गरेको प्रपर्टी खरिद गर्न चाहनेले बैंकको शाखाबाट सुलभ व्याजदर तथा सरल प्रकृयामार्फत आवास कर्जा उपलब्ध गराइने भएको हो ।
सम्झौतामा बैंकका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुमन आचार्य र लिजेन्ड प्रोपर्टिजका उपाध्यक्ष पुर्ण बहादुर लिम्बुले हस्ताक्षर गरेका छन् ।
लिजेन्डले सरकारी मापदण्ड पूरा गर्दै शहरी विकास मन्त्रालयअन्तर्गतको उपत्यका विकास प्राधिकरण र स्थानीय निकायसँग स्वीकृति प्राप्त गरि विभिन्न ठाँउमा व्यवस्थित एवं योजनाबद्घ रुपमा घडेरी तथा आवास निर्माण गरी बिक्रीमा राखेको छ । सोही घडेरी तथा आवासीय घरहरु खरिद गर्ने ग्राहकहरुलाई यस्तो सुविधा मिल्नेछ ।
लिजेन्डले काठमाडौं उपत्यकामा भक्तपुरको पलासे, सिपाडोल, चाँगुनारायण नगरपालिकाको कलामशे, दक्षिणकाली नगरपालिका चाल्नाखेल, काभ्रेको बालुवा र कास्कीको पोखरामा आफ्नो आयोजना विस्तार गरिरहेको छ ।
देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरि कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंकको विभिन्न स्थानमा गरी ८९ वटा शाखा कार्यालय तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउन्टर) रहेको छ ।