शनिबार बिहान बाजुराको जगन्नाथ गाउँपालिका–५, गोत्रीलाई केन्द्र बिन्दू बनाएर शनिबार विहान ४ः१४ बजे ५.२ रेक्टर स्केलको भूकम्प गएको थियो
काठमाडौं । शनिबार बिहान बाजुरामा गएको भूकम्पले करिव पौने दुई सय घरमा क्षति पुगेको छ । जसमध्ये २० घर पूर्णमा भत्किएका छन् भने डेय सयभन्दा बढी घरमा आंशिक क्षति भएको जिल्ला प्रशासन कार्यालयले बाजुराले जनाएको छ ।
बाजुराको जगन्नाथ गाउँपालिका–५, गोत्री दर्जीटोललाई केन्द्र बिन्दू बनाएर शनिबार विहान ४ः१४ बजे ५.२ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पले मानवीय क्षति भने नभएको बताइएको छ ।
पूर्ण रुपमा भत्किएका स्थानीयहरु कतिपय रातभर बाहिर बाहिरै बसे भने कतिपय आफन्त, गोठमा बसेका छन् । अरु घरहरु भने सामान्य चर्किएको बताइएको छ । आंशिक क्षति भएकै कतिपय घरमा मानिस बसेका छन् ।