मंसिरमा पाँच महिनायताकै धेरै कित्ताकाट, धनगढी बन्यो पहिलो

मंसिरमा सबैभन्दा धेरै कित्ताकाट हुने क्षेत्रमा कैलालीको धनगढी पहिलो बनेको छ

367B408218B985F-icon.png
130views
63AAEC59CAE2199-B4B0F531F2F6C6B-kittakaat-final.jpg

काठमाडौं । मंसिर महिनमा घरजग्गा किनबेच बढेसँगै जग्गाको कित्ताकाट पनि बढेको छ । एक महिनामा ४६ हजार २९६ कित्ता जग्गा कित्ताकाट गरी एक लाख एक हजार ७४१ टुक्रा पारिएको छ ।

मंसिरमा साउनयताकै उच्च कित्ताकाट भएको भूमि व्यवस्थापन विभागको तथ्यांकले देखाउँछ । अघिल्लो महिना कार्तिकमा ७३ हजार ६८ कित्ताकाट भएका थिए ।

घरजग्गा कारोबार मन्दीमा फस्नुका साथै अधिकांश पालिकाहरुमा कित्ताकाट समेत रोकिँदा साउनयता कित्ताकाट घटेको थियो । जग्गाको वर्गीकरण टुंग्याउन नसकेका पालिकामा साउनदेखि कित्ताकाट ठप्प भएपछि भूमि व्यवस्था मन्त्रालयले भदौमा भूउपयोग नियमावली संशोधन गरेर कित्ताकाट खुला गरेको छ ।

भूमि व्यवस्था मन्त्रालयका असारमा एक लाख ३६ हजार कित्ताकाट भएकोमा साउनमा घटेर ९६ हजारमा सिमित भएका थिए । भदौमा झन घटेर ६१ हजार मात्रै कित्ताकाट भए । सरकारले भूउपयोग नियमावली संशोधन गरेर कित्ताकाट खुला गरेपछि अशोज र कार्तिकमा करिव समान ७३ हजार कित्ताकाट भएको थियो ।

उपत्यकामा साढे सात हजार कित्ताकाट

मंसिरमा काठमाडौं उपत्यकामा सात हजार ४२७ कित्ताकाट भएका छन् । यो संख्या अघिल्लो महिना कार्तिको तुलनामा धेरै भए पनि अरु महिनाको तुलनामा कम हो ।
भूमि विभागका अनुसार लगनखेलबाट २१ सय ९८, गोटीखेलबाट ३४, भक्तपुरबाट १६ सय ४६, डिल्लीबजारबाट २०५, चावहिलबाट ६९५, कलंकीबाट एक हजार ८०, साँखुबाट ७७६, मनमैंजुबाट ५०१ र टोखा मालपोतबाट २९२ कित्ताकाट भएका छन् ।

विभागको तथ्यांकले उपत्यकाको काँठ क्षेत्रमा धेरै कित्ताकाट भइरहेको देखाउँछ ।  

धनगढी बन्यो पहिलो 

मंसिरमा सबैभन्दा धेरै कित्ताकाट हुने मालपोत कार्यालयमा कैलालीको धनगढी पहिलो बनेको छ । धनगढीबाट एक महिनामा चार हजार २३२ कित्ताकाट भएका छन् ।
झापाको भद्रपुरबाट २९ सय ५७ कित्ताकाट हुँदा मोरङको बेलवारीबाट २७ सय ३३, धनुषाबाट २६ सय ३२, सुनसरीको इनरुवाबाट २३ सय ५३, लगनखेलबाट २१ सय ९८, सर्लाहीको मलंगवाबाट २१ सय ९३ कित्ताकाट भएका छन् ।

यस्तै, बाँकेको नेपालगञ्जबाट दुई हजार ९९, काभ्रेबाट दुई हजार १३, पर्सामा १९ सय ९८, कञ्चनपुरको महेन्द्रनगरबाट १९ सय ५६, कोहलपुरबाट १८ सय १७, रुपन्देहीको बुटवलबाट १७ सय ४२, सिराहाबाट १६ सय ७१, भक्तपुरबाट १६ सय ४६ कित्ताकाट भएको विभागको तथ्यांक छ ।

मंसिरमा पाँच महिनायताकै धेरै कित्ताकाट, धनगढी बन्यो पहिलो

मंसिरमा घरजग्गा कारोबार सुधारोन्मुख, साढे ४३ हजार लिखत पारित

रियल इस्टेटमा छैन उत्साह, चार महिनामा सवा दुई अर्बले खुम्चियो प्लटिङ कर्जा

बसाइँसराइले रित्तियो लिमीको जाङ गाउँ

एउटै ब्यांक्वेटमा डेढ अर्ब लगानी ! पुल्चोकमा खुल्यो आलिशान मल्टिभेन्यु ‘द प्लाजा’

आज 'य:मरी पुन्ही' धुमधामले मनाइँदै, यस्ताे छ सांस्कृतिक र धार्मिक महत्व

ललितपुरको बालकुमारीमा खुल्यो ब्यांक्वेट हर्ष बाटिका

यी हुन् इमाडोलमा बिक्रीमा राखिएका दुई करोडदेखिका घरहरु

8B848B5DA946A7C-manahunkot.jpg

मंसिरमा घरजग्गा कारोबार सुधारोन्मुख, साढे ४३ हजार लिखत पारित

3F26078EF96E19F-cover.jpg

ललितपुरको बालकुमारीमा खुल्यो ब्यांक्वेट हर्ष बाटिका

DB6D31E93C46517-house in Imadol.jpg

यी हुन् इमाडोलमा बिक्रीमा राखिएका दुई करोडदेखिका घरहरु