पुसमा यस आर्थिक वर्षकै धेरै अपार्टमेन्ट किनबेच

पुसमा कलंकी मालपोतबाट ५३ युनिट, डिल्लीबजार मालपोतबाट पाँच युनिट, चावहिल मालपोतबाट चार युनिट, लगनखेल मालपोतबाट पाँच युनिट अपार्टमेन्ट किनबेच भएका छन् ।

367B408218B985F-icon.png
365views
72ABF49D5AE9D25-apartment1614176585.jpg

काठमाडौं । पुस महिनामा अपार्टमेन्ट किनबेच पनि बढेको छ । बैंकको कर्जा प्रवाह र घरजग्गा कारोबार बढेसँगै अपार्टमेन्ट कारोबार पनि बढ्न थालेको हो ।

पुसमा विभिन्न ठाउँमा ७१ युनिट अपार्टमेन्ट किनबेच भएका छन् । यो कारोबार संख्या चालु आर्थिक वर्षकै सबैभन्दा धेरै हो ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार आर्थिक वर्षको पहिलो महिना साउनमा १६ युनिट अपार्टमेन्ट किनबेच भएका थिए भने भदौमा २४, अशोजमा २३, कार्तिकमा २९, मंसिरमा ६३ युनिट अपार्टमेन्ट किनबेच भएका थिए ।

पुसमा कलंकी मालपोतबाट ५३ युनिट, डिल्लीबजार मालपोतबाट पाँच युनिट, चावहिल मालपोतबाट चार युनिट, लगनखेल मालपोतबाट पाँच युनिट अपार्टमेन्ट किनबेच भएका छन् । 

उपत्यकाबाहिर पर्सा (बिरगञ्ज)मा तीन युनिट अपार्टमेन्ट किनबेच भएका छन् भने कास्कीमा एक युनिट अपार्टमेन्ट किनबेच भएको देखिन्छ ।

पछिल्लो समय घरजग्गा कारोबार बढ्न थालेको छ । समग्र घरजग्गा कारोबार बढ्दा अपार्टमेन्ट किनबेच पनि स्वतः बढ्ने व्यवसायी बताउँछन् । यतिबेला नयाँ अपार्टमेन्ट भन्दा पनि पुरानै अपार्टमेन्ट किनबेच भइरहेका छन् ।

विदेशीलाई अपार्टमेन्ट खरिद गर्न पाउने व्यवस्था गर्न नेपाली कांग्रेसलाई चेम्बरको सुझाव

नारायणगढ–बुटवल सडकः दाउन्नेमा रातका समयमा सवारी आवागमन वैशाख ३१ सम्म रोकिने

यस्ता छन् व्यवस्थित शहर तथा वस्ती विकासमा ‘खनाल आयोग’ले औंल्याएका १९ समस्या र चुनौतीहरु

वैशाख कृष्ण औंसी: आज आमाको मुख हेर्ने पर्व मनाइँदै

ग्लोबल वार्मिङले मुस्ताङमा सुक्न थाल्यो खानेपानीका मुहान

भूकम्पको दशक: भत्किएका संरचनाहरू अझै अधुरा

बालेनको ८ बुँदे खुलासा : यसरी हुन्छ महानगरलाई काठमाडौं टावरमा अर्बौं क्षति

काठमाडौंमा किन बनेनन् नयाँ घर ?

136A5B82547A933-74AAED69AE5164D-4d714748c6afc4a5d9f0d0c1437e8037e4177215.jpg

काठमाडौंमा किन बनेनन् नयाँ घर ?

C6D4A91FA5B5C50-gharjagga-770x515.jpg

०८१ लाई फर्केर हेर्दाः घरजग्गा किनबेच, राजश्व असुलीदेखि कित्ताकाटसम्म वृद्धि

E3A9775C7C9314F-605E5DEFD398608-_123891123_land.jpg

चैतमा घरजग्गा कारोबार र राजश्व संकलन बढ्यो, देखियो सुधारको शंकेत