भदौमा लगनखेल मालपोतबाट १२, डिल्लीबजार मालपोतबाट चार, चाबहिल र कलंकी मालपोतबाट ३/३, टोखा मालपोतबाट दुई अपार्टमेन्ट किनबेच भएका छन्
काठमाडौं । साउनको तुलनामा भदौमा अपार्टमेन्ट किनबेच बढेको छ । घरजग्गा किनबेच, राजश्व संकलन र कित्ताकाट घटेको बेलामा अपार्टमेन्ट किनबेच सामान्य बढेको हो ।
भदौमा देशभर २४ युनिट अपार्टमेन्ट किनबेच भएको भूमि व्यवस्थापन विभागले जनाएको छ । साउनमा १६ युनि अपार्टमेन्ट किनबेच भएका थिए ।
असारको तुलनामा भदौको अपार्टमेन्ट किनबेच अत्यन्तै न्यून हो । असारमा देशभर ७१ युनिट अपार्टमेन्ट किनबेच भएका थिए । यस्तै, गत वर्षको भदौमा पनि ४५ युनिट अपार्टमेन्ट किनबेच भएको तथ्यांक छ ।
भदौ महिनामा ललितपुरमा १२ अपार्टमेन्ट किनबेच भएका छन् भने डिल्लीबजार मालपोतबाट चार, चाबहिल र कलंकी मालपोतबाट ३/३, टोखा मालपोतबाट दुई अपार्टमेन्ट किनबेच भएको विभागले जनाएको छ ।