घट्यो सिमेन्ट निर्यात

नेपालबाट पाल्पा, सिजी पाल्पा, अर्घाखाँची, सर्वोत्तम, सौर्य, बालाजी लगायत उद्योगहरुले सिमावर्ती भारतीय बजारमा सिमेन्ट र क्लिंकर निर्यात गर्दै आएका छन् ।

367B408218B985F-icon.png
444views
F13291C3F3E60B4-Nepali-cement-quality_202001191102431682231740.jpg

काठमाडौं । निर्यात व्यापारमा आशा बढाउँदै गइरहेको सिमेन्ट र क्लिंकर निर्यात घट्न थालेको छ । चालु आर्थिक वर्षको पहिलो दुई महिना भदौ र असोजमा सिमेन्ट र क्लिंकरको निर्यात २०.४१ प्रतिशतले घटेको छ । 

यस वर्ष दुई महिनाको अवधिमा ३३ करोड ३१ लाख रुपैयाँ बराबरको सिमेन्ट र क्लिंकर भारततर्फ निर्यात भएको भन्सार विभागले जनाएको छ । जबकी, गत वर्षको सोही अवधिमा ४१ करोड ८५ लाख रुपैयाँ बराबरको सिमेन्ट र क्लिंकर निर्यात भएको थियो ।

दुई महिनाको अवधिमा ६ करोड रुपैयाँको १० हजार ८३६ टन क्लिंकर निर्यात भएको छ भने २७ अर्ब २३ करोड रुपैयाँको एक लाख २२ हजार टन तयारी सिमेन्ट निर्यात भएको छ ।

यस वर्ष अर्धप्रशोधित सिमेन्ट (क्लिंकर)को निर्यात घटेपछि समग्र सिमेन्ट निर्यात नै घटेको छ । नेपालबाट क्लिंकर आयात गरेर भारतीय ग्रान्डिङ युनिटले सिमेन्ट उत्पादन गर्ने गर्छन् ।

नेपालबाट पाल्पा, सिजी पाल्पा, अर्घाखाँची, सर्वोत्तम, सौर्य, बालाजी लगायत उद्योगहरुले सिमावर्ती भारतीय बजारमा सिमेन्ट र क्लिंकर निर्यात गर्दै आएका छन् । 

थाहा पाइराख्नुहोस् घर बनाउँदा इञ्जिनियरको महत्व

साउनमा घरजग्गा क्षेत्रमा कर्जा प्रवाह सुस्त

यस्तो बन्दैछ बुढानिलकण्ठमा ‘रोयल टुलिप’ रिसोर्ट, पौने दुई अर्ब लगानी

घट्यो सिमेन्ट निर्यात

भदौमा २४ युनिट अपार्टमेन्ट किनबेच

भदौमा ६१ हजारमात्रै कित्ताकाट, डेढ वर्षयताकै न्यून

‘गैरबैंकिङ सम्पत्ति’ले थिचिँदै बैंक, धितो बिक्री नहुँदा बैंकमा थुप्रिए घरजग्गा, वर्षमै दोब्बरले बृद्धि

भदौमा ९ महिनायताकै कम घरजग्गा किनबेच, ब्याजदर घटेपनि बढेन कारोबार

9138701D7F97280-22.png

थाहा पाइराख्नुहोस् घर बनाउँदा इञ्जिनियरको महत्व

938AAA0ED984AB8-images.jpeg

साउनमा घरजग्गा क्षेत्रमा कर्जा प्रवाह सुस्त

C7AB64F5E4D263A-apartmant2023-08-04-06-34-25.gif

भदौमा २४ युनिट अपार्टमेन्ट किनबेच