‘गैरबैंकिङ सम्पत्ति’ले थिचिँदै बैंक, धितो बिक्री नहुँदा बैंकमा थुप्रिए घरजग्गा, वर्षमै दोब्बरले बृद्धि

बैंक तथा वित्तीय संस्थाहरुमा ०८० साउनमा १९ अर्बको ‘गैरबैंकिङ सम्पत्ति’ रहेकोमा ०८१ साउनसम्म आइपुग्दा बढेर ३७ अर्बको पुगेको छ

367B408218B985F-icon.png
390views
5090E65F3898D1A-NPA.png

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमा गैरबैंकिङ सम्पत्ति (ननबैंकिङ एसेट-एनपीएल) डरलाग्दो गरी थुप्रिन थालेको छ । घरजग्गा धितो राखेर कर्जा दिएका बैंकहरुका लागि त्यहि सम्पत्ति बोझ बन्न थालेको हो ।

बैंकहरुले कर्जा असुल नभएका ऋणीहरुको धितो लिलाम बिक्री गर्न नसकेपछि पछिल्लो एक वर्षमै गैरबैंकिङ सम्पत्ति दोब्बरले बढेको राष्ट्र बैंकको रिपोर्टले देखाएको छ । 

०८० साउनमा बैंक तथा वित्तीय संस्थाहरुमा १९ अर्ब नौ करोड रुपैयाँ बराबरको ‘गैरबैंकिङ सम्पत्ति’ थुप्रिएकोमा ०८१ साउनसम्म आइपुग्दा बढेर ३६ अर्ब ९२ करोड रुपैयाँको पुगेको छ ।

अझ आर्थिक वर्ष ०७६/७७ मा बैंक तथा वित्तीय संस्थहरुमा यस्तो सम्पत्ति ६ अर्ब १३ करोड रुपैयाँको मात्र थियो । पाँच वर्षको अवधिमा ६ गुनाले बढेको देखिन्छ । 

विगतमा बढी मुल्यांकन गरेर राखेको धितो (घरजग्गा) लिलाम बिक्री नभएर थुप्रिदा गैरबैकिङ सम्पत्ति बैंक तथा वित्तीय संस्थाहरुका लागि गलपासो बन्दै गइरहेको देखाउँछ । विगतमा बैंक तथा वित्तीय संस्थाहरुले घरजग्गाको बढी मुल्यांकन गरेर ऋणीलाई अन्धाधुन्ध कर्जा दिँदै आइरहेका थिए ।

तर, अहिले घरजग्गा कारोबारमा मन्दी छाएपछि धितोमा राखेको घरजग्गा लिलाम बिक्री हुन सकेका छैनन् । एकातिर मन्दीका कारण ऋणीले कर्जा तिर्न सकेका छैनन् भने अर्कोतिर ऋण नतिर्ने ऋणीको धितो बिक्री नभएर बैंक तथा वित्तीय संस्थाहरु आफैले सकार्नुपर्ने अवस्था छ ।

अहिले वाणिज्य बैंकहरुमा ३१ अर्ब ३६ करोड रुपैयाँ बराबरको गैरबैंकिङ थुप्रिएको छ । यस्तै, विकास बैंकमा तीन अर्ब ५९ करोड र फाइनान्स कम्पनीमा एक अर्ब ९७ करोडको गैरबैंकिङ सम्पत्ति थुप्रिएको राष्ट्र बैंकले जनाएको छ । यस्तो सम्पत्ति ०८० सानमा वाणिज्य बैंकको १५ अर्ब ५१ करोड, विकास बैंकको दुई ३९ करोड र फाइनान्स कम्पनीको एक अर्ब १९ करोडको थियो ।

ग्लोबल आइएमईको सबैभन्दा धेरै

सञ्चालनमा रहेका बैंक तथा वित्तीय संस्थाहरुमध्ये सबैभन्दा धेरै गैरबैंकिङ ग्लोबल आइएमई बैंकमा रहेको छ । ग्लोबल आइएमईमा पाँच अर्ब ६ करोडको गैरबैंकिङ सम्पत्ति थुप्रिएको छ ।

एनआइसी एशिया बैंकमा चार अर्ब ३० करोडको गैरबैंकिङ सम्पत्ति थुप्रिदा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा तीन अर्ब एक करोडको गैरबैंकिङ सम्पत्ति थुप्रिएको देखिन्छ ।

हिमालयन बैंकमा दुई अर्ब ७३ करोडको गैरबैंकिङ थुप्रिएको छ भने कुमारीमा र्दु ६० करोड, नबिलमा दुई अर्ब ५९ करोड, प्राइममा एक अर्ब ८५ करोड, लक्ष्मीमा एक अर्ब ६१ करोड, माछापुच्छ्रेमा एक अर्ब १५ करोड, प्रभु बैंकमा एक अर्ब दुई करोडको गैरबैंकिङ सम्पत्ति थुप्रिएको छ ।

अरु बैंकहरुमा गैरबैंकिङ सम्पत्ति एक अर्बभन्दा कम छ । स्टान्डर्ड चार्टर्ड बैंकमा गैरबैंकिङ सम्पत्ति शून्य रहेको छ । नेपाल बैंकमा २० करोड, राष्ट्रिय वाणिज्य बैंकमा ३० करोड, नेपाल एसबिआइ बैंकमा ३४ अर्ब, एभरेष्टमा ५० करोड, सानिमामा ६७ करोड, सनराइजमा ७० करोड, सिटिजन्समा ८१ करोड, एनएमबिमा ८९ करोड र कृषि विकास बैंकमा ९५ करोडको गैरबैंकिङ सम्पत्ति थुप्रिएको छ ।

भदौमा ६१ हजारमात्रै कित्ताकाट, डेढ वर्षयताकै न्यून

‘गैरबैंकिङ सम्पत्ति’ले थिचिँदै बैंक, धितो बिक्री नहुँदा बैंकमा थुप्रिए घरजग्गा, वर्षमै दोब्बरले बृद्धि

भदौमा ९ महिनायताकै कम घरजग्गा किनबेच, ब्याजदर घटेपनि बढेन कारोबार

घरजग्गा क्षेत्रको कुल कर्जामध्ये एनआइसी एशियाको मात्रै १३.४४% हिस्सा ! कुन बैंकको कति लगानी ?

पानीको मुहान सुकेपछि रित्तियो मुस्ताङको ध्ये गाउँ

फेरी घट्यो बैंकको ब्याजदर, अशोजमा २ बैंकले मात्र बढाए

निर्माण क्षेत्र तंग्रिन नसक्दा चितवनका सबै इँटा उद्योग बन्द

बागलुङमा साढे १८ सय रोपनी जग्गामा चक्लाबन्दी, बाँझो जग्गा हराभरा

8B1AF5B687C5257-1.jpeg

घरजग्गा क्षेत्रको कुल कर्जामध्ये एनआइसी एशियाको मात्रै १३.४४% हिस्सा ! कुन बैंकको कति लगानी ?

7EA66F528AC39BA-banking-kaja.jpg

फेरी घट्यो बैंकको ब्याजदर, अशोजमा २ बैंकले मात्र बढाए

B4B430A8C6A26B1-Machhapuchhre-bank-MBL.jpg

माछापुच्छ्रे बैंकले बेसरेटमा ०.५% प्रिमियम ब्याजदरमै घरकर्जा दिने