थाहा पाइराख्नुहोस् घर बनाउँदा इञ्जिनियरको महत्व

घर वा भवन निर्माण गर्दा डिजाइनर, निर्माण व्यवसायी र सुपरिवेक्षण परामर्शदाताले तपाइँलाइ आकर्षक, बलियो र सुविधायूक्त घर बनाउन सहयोगी भूमिका खेल्छन्

367B408218B985F-icon.png
276views
9138701D7F97280-22.png

काठमाडौं । घर वा भवन निर्माण गर्दा घरधनीले डिजाइनर, निर्माण व्यवसायी र सुपरिवेक्षण परामर्शदातासँग सम्झौता गर्नुपर्छ । यी सबैको आ–आफ्नै भूमिका रहेको हुन्छ ।

डिजाइनरले भवन निर्माणको लागि घरधनीको आवश्यकता र चाहना अनुसार विद्यमान निर्माण मापदण्ड, भवन संहिता र अन्य प्रचलित कानूनको परिधिभित्र रही डिजाइन र नक्सा तयार गर्छ । निर्माण व्यवसायीले स्वीकृत नक्सा अनुसार निर्माण कार्य गर्छ ।

सुपरिवेक्षण परामर्शदाताले निर्माण सही तरिकाले भइरहेको छ कि छैन भनेर सुनिश्चित गर्न सुपरिवेक्षण गर्दछ र सुपरिवेक्षण प्रतिवेदनहरू तयार गरी नगरपालिकामा पेश गर्छ । 

घरधनीलाई आधारभूत निर्माणकार्य सम्बन्धी जानकारी भएमा निर्माण व्यवसायी र सुपरीवेक्षण परामर्शदाताले सही ढंगले काम गरेको छ वा छैन भनी जाँच गर्न सक्छ । 
डिजाइनरले नक्सा तयार गरेर अस्थायी निर्माण अनुमति प्राप्त गरे पनि स्वीकृत नक्साअनुसार उपयुक्त सामग्री प्रयोग गरी र सही विधि अनुसार निर्माण नभएसम्म भवन भूकम्प प्रतिरोधी हुँदैन ।

शहरी विकास मन्त्रालयअन्तर्गतको शहरी विकास तथा भवन निर्माण विभागले तयार पारेको ‘घरधनीहरुका लागि भवन निर्माणसम्बन्धि सहयोग पुस्तक’ लाई आधार बनाएर घर तथा भवन निर्माण कार्यमा इञ्जिनियरको भूमिका र महत्व के हुन्छ भन्ने जानकारी गराउँदै छौं ।

इन्जिनियरको महत्व

निर्माण कार्यमा इन्जिनियरद्वारा गरिने सुपरिवेक्षण महत्वपूर्ण हुन्छ । भवन निर्माण गर्दा इन्जिनियरले डिजाइन तथा सुपरिवेक्षण गरेमा भवन बलियो र भूकम्प प्रतिरोधी हुन्छ ।

१) इन्जिनियरले नेपाल राष्ट्रिय भवन संहिता र भवन निर्माण मापदण्डको पूर्ण रूपमा पालना गरी नक्सा डिजाइन गर्ने भएकोले नक्सा पास प्रक्रिया सरल हुन्छ ।

२) इन्जिनियरले नक्सा अनुसार भवन निर्माण भएको÷नभएको जाँच र सुपरिवेक्षण गर्ने भएकोले निर्माण गरिएका घरहरू भूकम्प प्रतिरोधी हुन्छन् ।

३) इन्जिनियरले नक्साअनुसार भवन निर्माण भएको सुनिश्चित गर्ने भएकोले नगरपालिकाबाट हुने अन्तरिम र अन्तिम निरीक्षण प्रक्रिया सजिलो हुन्छ ।

४) इन्जिनियरले समयबद्ध रूपमा निर्माण कार्य संचालन गर्नुका साथै स्रोत र साधनहरू प्रभावकारी रूपमा प्रयोग भएको सुनिश्चित गर्छन् ।

५) इन्जिनियरले सम्भावित जोखिमको पहिचान र उचित व्यवस्थापन गर्ने भएकोले सुरक्षित भवन निर्माण हुन्छन् ।

६) इन्जिनियरले लागत अनुमान तयार गर्ने हुँदा घरधनीलाई भवन निर्माण प्रक्रियामा आवश्यक बजेट व्यवस्थापन गर्न मद्दत पुग्छ ।

७) इन्जिनियरले गुणस्तरीय निर्माण सामग्रीको छनोट गर्ने भएकोले त्यस्ता सामग्रीहरू प्रयोग गरी निर्माण हुने भवनहरू भूकम्पको बेला सुरक्षित हुन्छन् ।

थाहा पाइराख्नुहोस् घर बनाउँदा इञ्जिनियरको महत्व

साउनमा घरजग्गा क्षेत्रमा कर्जा प्रवाह सुस्त

यस्तो बन्दैछ बुढानिलकण्ठमा ‘रोयल टुलिप’ रिसोर्ट, पौने दुई अर्ब लगानी

घट्यो सिमेन्ट निर्यात

भदौमा २४ युनिट अपार्टमेन्ट किनबेच

भदौमा ६१ हजारमात्रै कित्ताकाट, डेढ वर्षयताकै न्यून

‘गैरबैंकिङ सम्पत्ति’ले थिचिँदै बैंक, धितो बिक्री नहुँदा बैंकमा थुप्रिए घरजग्गा, वर्षमै दोब्बरले बृद्धि

भदौमा ९ महिनायताकै कम घरजग्गा किनबेच, ब्याजदर घटेपनि बढेन कारोबार

938AAA0ED984AB8-images.jpeg

साउनमा घरजग्गा क्षेत्रमा कर्जा प्रवाह सुस्त

F13291C3F3E60B4-Nepali-cement-quality_202001191102431682231740.jpg

घट्यो सिमेन्ट निर्यात

C7AB64F5E4D263A-apartmant2023-08-04-06-34-25.gif

भदौमा २४ युनिट अपार्टमेन्ट किनबेच